वीरगन्ज, ३० भाद्र । जनता समाजवादी पार्टी नेपालका संघीय सांसद र सुरक्षा निकायसहितको टोलीले पर्साको नेपाल–भारत सीमानाकाको निरीक्षण गरेको छ ।
काठमाडौं, ३० भाद्र । लामो समयदेखिको बन्दाबन्दीका कारण पूर्णरुपमा व्यवसाय ठप्प भएका नाई श्रमिकहरु आफ्नो व्यवसाय सञ्चालनको माग गर्दै काठमाडौंमा प्रदर्शन गरेका छन् ।
बाँके, ३० भाद्र । बैजनाथ गाउँपालिका–५ रामपुरस्थित गोठमा तास खेलिरहेको अवस्थामा सोही गाउँपालिका–६ बस्ने २५ वर्षीय कमल बस्नेत समेत ७ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
सप्तरी, ३० भाद्र । सप्तरी जिल्लामा लामो समयदेखि जारी रहेको निषेधाज्ञा जिल्ला प्रशासन कार्यालयले हटाएको छ ।
रुपन्देही, ३० भाद्र । एउटा सानो खिया लागेको टिनको होचो एककोठे घर, बर्खामासमा चुहिने, एउटा पुरानो खाट, केहि रित्ता भाडाहरु, पुरानो ग्यासचुल्हो, चामल राख्ने रित्तो ढोल, २ कलिला सन्तान लिएर पिढीको चोटामा उभिएकी तिलोत्तमा–१२, प्रगतीनगर निवासी ४२ बर्षिय शान्ता नेउपाने ।
सिरहा, २९ भाद्र । प्रदेश २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले विभिन्न व्यक्ति तथा संस्थाले अतिक्रमण गरेको वनको जग्गा चाँडै फिर्ता हुने बताएका छन् ।
काठमाडौं, २९ भाद्र । सशस्त्र प्रहरी बलले भारतसँग सीमा जोडिएको क्षेत्रमा आफ्नो उपस्थिति बढाउँदै गएको छ ।
जनकपुरधाम, २९ भाद्र । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम कायमै रहेको भन्दै धनुषामा जारी रहेको निषेधाज्ञालाई निरन्तरता दिइएको छ ।
काठमाडौं, २९ भाद्र । लोकतान्त्रिक प्राध्यापक संघका अध्यक्ष तथा उपप्राध्यापक डा.उदयकिशोर तिवारी र उपाध्यक्ष तथा सहप्राध्यापक गीता श्रेष्ठमाथि लगाइएको मुद्दा फिर्ता लिन जनता समाजवादी पार्टी नेपालले माग गरेको छ ।
रुपन्देही, २९ भाद्र । बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा एक कोभिड–१९ संक्रमित महिलाको मृत्यु भएको छ ।
विराटनगर, २९ भाद्र । मोरङ जिल्लामा उपचारको क्रममा एक जना कोरोना भाइरस (कोभिड–१९) संक्रमितको मृत्यु भएको छ ।
बाँके, २८ भाद्र । बैजनाथ गाउँपालिका–१ गाभरस्थित डेनियल कटेज एण्ड रेष्टुरेण्टबाट १ थान रेडपाण्डाको छालासहित सुर्खेत भेरी गंगा नगरपालिका-१२ छिन्चु बस्ने ३६ वर्षीय देव बहादुर बाठा लगायत ४ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
रौतहट, २८ भाद्र । रौतहट जिल्लाको मौलापुर नगरपालिकाले कोरोना संक्रमण तथा नियन्त्रणका लागि गरेको खर्च विवरण सार्वजनिक गरेको छ ।
काठमाडौं, २८ भाद्र । जेल जीवन बिताइरहेका प्रतिनिधिसभा सदस्य रेशमलाल चौधरीलाई यथाशीघ्र रिहा गर्न जनता समाजवादी पार्टी नेपालले माग गरेको छ ।
पर्सा, २८ भाद्र । वीरगन्ज क्षेत्रमा रहेर निष्पक्ष पत्रकारिता गरिरहेका पर्साका २४ जना पत्रकारलाई सम्मान गरिएको छ ।
काठमाडौं, २८ भाद्र । भारत सरकारको तर्फबाट नेपाल भारत महिलामैत्री समाजलाई आपतकालीन राहत सामग्री प्रदान गरिएको छ ।
रुपन्देही, २८ भाद्र । टिपरको ठक्करबाट स्कूटरमा सवार एक प्रहरी जवानको मृत्यु भएको छ एक प्रहरी जवान घाइते भएका छन् ।
विराटनगर, २८ भाद्र । आइसोलेसन केन्द्र व्यवस्थापनका लागि प्रदेश १ सरकारले स्थानीय तहलाई १ करोड १० लाख बजेट दिएको छ ।
सिरहा, २८ भाद्र । सिरहा जिल्लामा असोज १० गतेसम्मका लागि निषेधाज्ञा लम्ब्याइएको छ । जिल्ला प्रशासन कार्यालयले कोरोना नियन्त्रण तथा रोकथामका लागि असोज १० गतेसम्म निषेधाज्ञा थप गरिएको जनाएको छ ।
विराटनगर, २७ भाद्र । मोरङमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।
काठमाडौं, २७ भाद्र । काठमाडौ–रक्सौल रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) को काम थाल्न भारतले तयार भएको छ । एक पत्र लेखेर भारतले रेलमार्गको डीपीआरको काम अघि बढाउने इच्छा देखाएको हो ।
काठमाडौं, २७ भाद्र । कांग्रेस उपसभापति विमलेन्द्र निधिले भारतसँगको सम्बन्ध अत्यन्त जटिल मोडमा पुगेको बताएका छन् । बिपी कोइरालाको १०७औँ जन्मजयन्तीको अवसरमा केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा