काठमाडौं, २९ कार्तिक । राष्ट्रिय एकता, राष्ट्रियता र मधेशवादप्रति समर्पित रही १५ वर्षदेखि निरन्तर प्रकाशित हुँदै आएको राष्ट्रिय साप्ताहिक मधेशवाणी पुनः राष्ट्रिय ‘क’ वर्गमा पर्न सफल भएको छ ।
विराटनगर, २८ कार्तिक । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले विकास र समृद्धिको प्रमुख आधार कृषि भएको बताएका छन् । विराटनगरमा आयोजित साना, भूमिहिन तथा सिमान्तकृत किसानहरुसँग अन्तक्र्रिया कार्यक्रममा मुख्यमन्त्री राईले प्रदेश सरकारले कृषिलाई प्राथमिकतामा राखेको बताए ।
रौतहट, २८ कार्तिक । रौतहट जिल्लाको उत्कृष्ट मेलाको रुपमा लाग्ने सामाचकेवा महोत्सव संन्तपुरमा बुधबारदेखि शुरु भएको छ । चन्द्रपुर नगरपालिका वडा नं ८ सन्तपुरमा विगत वर्षझैं यस वर्ष समेत मेला लागेको हो ।
बाँके, २८ कार्तिक । नेपालगन्ज उपमहानगरपालिका–४ गणेशपुरबाट कटुवा पेस्तोल १ थान सहित डडुवा गाउँपालिका–४ उचामसाह बस्ने ३२ वर्षीय मेराज अली सैयदलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
कपिलवस्तु, २८ कार्तिक । मंसिर १४ गते हुने उपनिर्वाचनको लागि कपिलवस्तुमा १२ जनाको उम्मेदवारी परेको छ । जिल्लाको शिवराज नगरपालिका वडा नं. १० लालपुरमा उप निर्वाचनका लागी १२ जनाले उम्मेदवारी दिएका हुन् ।
मोरङ, २७ कार्तिक । बुढिगंगा गाउँपालिका–४ स्थित भगवती काब्रोहाइड्रेड फ्याक्ट्रीबाट चोरी गरेका सामान सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं, २७ कार्तिक । भारत सरकारको तर्फबाट भारतीय निर्यात–आयात बैंक (एक्जिम) ले नुवाकोट र गोर्खा जिल्लामा आवास निर्माणका लागि भारत सरकारले प्रदान गरेको तेस्रो किस्ताको शोधभर्नाका लागि सहुलियत क्रण व्यवस्थामार्फत ने.रु. ३ अर्ब १० करोड नेपाल सरकारलाई प्रदान गरेको छ ।
सुनसरी, २७ कार्तिक । धरान उपमहानगरपालिका–१८ स्थित दिल्ली पब्लिक स्कुलको गेटमा गत भदौ २० गते भएको बम बिष्फोट गराउने कार्यमा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बाँके, २७ कार्तिक । नेपालगंज उपमहानगरपालिका–१५ जमुनाह चोकबाट दाङ घोराही उपमहानगरपालिका–१५ बस्ने २० वर्षीय आईस न्यौपानेलाई ब्राउन सुगरसहित पक्राउ गरिएको छ ।
काठमाडौं, २७ कार्तिक । सिख धर्मका संस्थापक एवम् प्रथम गुरु गुरुनानक देवको ५५० औं जयन्ती काठमाडौंमा धुमधामका साथ मनाइएको छ । नेपालका सिख समुदायले पनि धुमधामका साथ यो पर्व मनाएको छ ।
वीरगन्ज, २७ कार्तिक । नेकपा वीरगन्ज महानगर कमिटीको आयोजनामा वडा नं. ३० लाल पर्साको वडा कार्यालयमा नेकपा जनसम्पर्क समिति महानगर अध्यक्ष कमरेड रहबर अन्सारीको अध्यक्षतामा ५ सदस्यीय समिति एक कार्यक्रम बीच गठन गरिएको छ ।
जनकपुरधाम, २७ कार्तिक । प्रदेश नं. २ को सरकारले संचालनमा ल्याएको महत्वाकाँक्षी कार्यक्रम बेटी बचाउ, बेटी पढाउ अभियानप्रति अमेरिकी सरकारले चासो व्यक्त गरेको छ ।
धनुषा, २७ कार्तिक । विदेशबाट आई चारैतिर घुम्ने, राम्रो लुगा लगाउने, खाने, ऐश्वर्य जीवन जिउने प्रायजसोको सोच हुन्छ ।
सप्तरी, २७ कार्तिक । तिलाठीकोईलाडी गाउँपालिका अध्यक्ष सतिश कुमार सिँहले उपाध्यक्ष सुचिता यादबले लगाएको आरोप प्रमाणित गरेर देखाए जस्तोसुकै कार्यवाही भोग्न तयार रहेको बताएका छन् ।
भैरहवा, २७ कार्तिक । पछिल्लो समय बुद्ध जन्मस्थल लुम्बिनी भ्रमणमा आउने चिनियाँ र म्यानमारका पर्यटक बढ्दै गएका छन् ।
कपिलवस्तु, २६ कार्तिक । कपिलवस्तु जिल्लाको ठूलो र ऐतिहासिक रामघाट मेला गर्न श्रद्धालु भक्तजनको घुँइचो लागेको छ ।
रौतहट, २६ कार्तिक । ईशनाथ नगरपालिका–४ स्थित प्रहरी चौकी मठीया रौतहटमा डिउटीमा रहेका प्रहरी जवानलाई लक्षित गरी मंगलबार दिउँसो सुतली बम प्रहार गरेको घटनामा संलग्न भारत ढाका घर भएका २५ वर्षीय चन्दन कुमारलाई प्रहरीले पक्राउ गरेको छ ।
पर्सा, २६ कार्तिक । धोबिनी गाउँपालिका–२ आशवारीस्थित नहरमा ना.२१ प १५७९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार बिहान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
जनकपुरधाम, २६ कार्तिक । राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्षमण्डलको बैठक मंगलबार जनकपुरमा बस्दै छ ।
जनकपुरधाम, २६ कार्तिक । प्रदेश नं. २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दी अमेरिका जाने भएका छन् ।
काठमाडौं, २६ कार्तिक । जनगणतान्त्रिक बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद काठमाडौँ आइपुगेका छन् । उनी विशेष विमानबाट मंगलबार दिउँसो काठमाडौं उत्रिएका हुन् ।
काठमाडौं, २६ कार्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले शिख धर्मावलम्बीहरूको विशेष पर्व गुरू नानक जयन्तीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण शिख धर्मावलम्बीहरूमा हार्दिक शुभकामना व्यक्त गरेकी छन् ।
वीरगन्ज, २६ कार्तिक । वीरगन्ज महानगरपालिका वार्ड नम्बर १५ भिषवा निवासी केदार तिवारीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । नेपाल टेलिकमका सवारी चालक समेत रहेका तिवारीलाई प्रहरीले सार्वजनिक अपराधको अभियोगमा पक्राउ गरेको हो ।
नेपालगन्ज, २६ कार्तिक । बाँकेको कोहलपुर ‘सडक मानवमुक्त नगर’ बन्नेको छ । कोहलपुर नगरपालिकालाई सोमबार कोहलपुर नगरपालिकामा आयोजित एक औपचारिक कार्यक्रममा सडक मानवमुक्त नगर घोषणा गरिएको हो ।