काठमाडौं, ७ मंसिर । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले काठमाडौंको आँखीझ्यालबाट चियाएर मधेशीलाई देखाएर भूतप्रेत भनेर परिचय नगराउन आग्रह गरेका छन् ।
रुपन्देही, ६ मंसिर । ओमसतीया गाउँपालिका–१ ठूटीपिपलस्थित सडकमा लु.१ क ३६६२ नम्बरको बसको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ ।
जनकपुरधाम, ६ मंसिर । ‘आफ्नो संस्कृति, आफ्नो पहिचान’ नारासहित जनकपुरमा अन्तर्राष्ट्रिय नाट्य एवं लोककला महोत्सव शुरु भएको छ ।
बुटवल, ५ मंसिर । तिनाउ र दानव नदी किनारबाट अवैध रुपमा नदीजन्य सामग्री चोरी निकासी हुने गरेको पाइएको छ । बुटवल उपमहानगरपालिका–१७, हरिहरपुर नाकाबाट अवैध रुपमा सामग्री निकालेर लुकाइ राखेको अवस्थामा फेला परेपछि यस्तो रहस्य बाहिर आएको हो ।
विराटनगर, ५ मंसिर । प्रदेश १ का धार्मिक तथा पर्यटकीय स्थलको भ्रमणका लागि हवाई सेवा सुरु गरिने भएको छ । ताप्लेजुङको पाथिभरा मन्दिर, खोटाङको हलेसी महादेव मन्दिर समेतका धार्मिक तीर्थस्थल र अन्य पर्यटकीय स्थललाई लक्षित गरेर सेवा सुचारु गर्न लागिएको हो ।
कैलाली, ५ मंसिर । सुदुरपश्चिम प्रदेशको महान्यायधिवक्ताको कार्यालयले प्रदेश प्रमुख शर्मिलाकुमारी पन्तसमक्ष आफ्नो वार्षिक प्रतिवेदन पेश गरेको छ ।
काठमाडौं, ५ मंसिर । नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयश त्रिपाठीले पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै उनले संघीय निजामती सेवा ऐन छिटोभन्दा छिटो जारी गर्ने बताएका छन् ।
कैलाली, ५ मंसिर । गोदाबरी नगरपालिका–२ स्थित पहाडरोडमा से–१ ज ७३९ नम्बरको जिपको ठक्करबाट सोही ठाउँ बस्ने पैदलयात्री ३४ वर्षीय देबराम टमाटाको मृत्यु भएको छ ।
काठमाडौं, ४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिपरिषद्मा हृदयेश त्रिपाठी, रामेश्वर राय यादव लगायत सहभागी भएका छन् ।
जनकपुरधाम, ४ मंसिर । विभिन्न स्थानबाट चोरिएका ६ मोटरसाइकलसहित त्यसमा संलग्नको आरोपमा प्रहरीले धनुषाबाट ७ जनालाई पक्राउ गरेको छ ।
पोखरा, ४ मंसिर । नेपाल–भारत सीमा सुरक्षा बैठक पोखराको दोबिल्लामा रहेको माउन्ट ग्लोरी रिसोर्टमा शुरु भएको छ । बुधबाबाट सुरू भएको बैठक तीन दिनसम्म चलनेछ ।
वीरगंज ४ मङ्सिर । एका बिहानै नेपाली कांग्रेसका प्रदेशसभा सदस्य र नगर कमिटी अध्यक्षबीच चिया पसलमै कुटाकुट भएको छ ।
वीरगंज, ४ मंसिर । सत्तानिकट केही स्थानीय नेताको राजनीतिक स्वार्थका कारण वीरगञ्ज–ठोरी हुलाकी मार्गअन्तर्गत निर्माणाधीन तिलावे पुलको काम अघि बढ्न सकेको छैन ।
महोत्तरी, ३ मंसिर । महोत्तरीको एकडारा गाउँपालिका २ बेलाका एक युवकको हत्या भएको दुई महिना बितिसक्दासमेत अपराधी कारवाहीको दायरामा नआएपछि मानवअधिकारकर्मीहरु यस घटनाको चर्चा प्रदेशस्तरमा गरेका छन् ।
मोरङ, ३ मंसिर । जिल्लाको जहदा गाउँपालिका–१ का कार्यवाहक वडाअध्यक्ष उमेशकुमार साह घुस लिँदालिँदै पक्राउ परेका छन् ।
काठमाडौं, ३ मंसिर । संघीय सरकारविरुद्ध प्रदेश नं. २ को सरकारले सर्वोच्च अदालतमा रिट दायर गराएको छ । संघीय सरकारले प्रदेशको अधिकार मिचेको भन्दै सर्वोच्चमा रिट दायर गरिएको हो ।
कपिलवस्तु, ३ मंसिर । पश्चिम क्षेत्रको पुरानो शहर तथा ऐतिहासिक महत्व बोकेको कपिलवस्तुको सदरमुकाम तौलिवहवा क्षेत्रमा सडक व्यवस्था कमजोर भएको विषयप्रति नगरपालिकाले तत्काल समाधान गर्ने निर्णय गरेको छ ।
नेपालगन्ज, ३ मंसिर । पछिल्लो समयमा बाँकेमा क्षयरोगीको संख्यामा वृद्धि भईरहेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । जिल्लामा क्षयरोगका बिरामी बढ्न थालेपछि विभिन्न निकायको सहयोग र सहकार्यमा न्यूनीकरणको अभियान सुरू गरिएको सो कार्यलयका प्रमुखले जानकारी दिए ।
रौतहट, ३ मंसिर । जिल्लाको गौर भन्सारबाटै सेटिङमा भारतीय प्याज भित्रिन थालेको छ । गौरमा रहेका बिचौलिया र भन्सार कर्मचारीको मिलेमतोमा प्याज नेपाल भित्रिन थालेको हो ।
काठमाडौं, ३ मंसिर । अमेरिका भ्रमणमा रहेका प्रदेश नं. २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दी र मुख्य न्यायाधिवक्ता दिपेन्द्र झालाई न्युयोर्क अल्बानी मधेशी समाजका संयोजक प्रशान्त साह एवं विजय चन्द्रले दोसल्ला ओढाई सम्मान गरेका छन् ।
रौतहट, ३ मंसिर । भूमि सुधार तथा मालपोत कार्यालय रौतहटका प्रमुख सीताराम थापा महिनौंदेखि कार्यालयमा नआएको कारण सेवाग्राहीहरुको कामकाज प्रभावित भएको छ ।
सुनसरी, ३ मंसिर । इटहरी उपमहानगरले रानी विराटनगर–इटहरी–धरान सडक सुधार आयोजनासँग आवश्यक सबै कागजपत्र उपलब्ध गराइदिन माग गरेको छ ।