परासी, २५ कार्तिक । पश्चिम नवलपरासीको विकट पहाडी क्षेत्रका बासिन्दा सञ्चार सेवाको सहज पहुँचमा पुगेका छन् । पश्चिम नवलपरासी तराई भए पनि यहाँ विकट पहाडी क्षेत्र पनि छ ।
काठमाडौं, २५ कार्तिक । दीपज्योती टुर्स एण्ड ट्राभल प्रालिले पहिलोपटक काठमाडौँबाट पर्यटकीय गन्तव्य जनकपुरसम्म पुग्नका लागि पर्यटकीय बस सेवा सञ्चालनमा ल्याएको छ ।
इनरुवा, २५ कार्तिक । छठ पर्व शुरु भएसँगै सुनसरीका मरिक समुदायलाई अहिले बासको सामग्री बनाउनका लागि भ्याइनभ्याइ छ ।
महोत्तरी, २५ कार्तिक । सेभ जलेश्वरमार्फत स्वच्छता महाअभियानलाई निरन्तर अगाडि बढाएको कदर गर्दै सेभ द हिस्टोरिकल जनकपुरधामले जलेश्वर क्षेत्रका अभियानी एवं पत्रकार राकेश प्रसाद चौधरीसहित तीन जनालाई सम्मान गरेको छ ।
जनकपुरधाम, २४ कार्तिक । प्रदेश सरकारलाई अघि बढ्न तथा नीति नियममा आवश्यक परिमार्जनका लागि धनुषा चेम्बर अफ कमर्सलाई सुझाब दिन प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले बताएका छन् ।
विराटनगर, २४ कार्तिक । प्रदेश नं. १ को सामाजिक विकास मन्त्रालयले छठ पर्वको अवसरमा सबै पर्वको सांस्कृतिक महोत्सव झल्किने गरी छठ महोत्सवको आयोजना गर्ने भएको छ ।
काठमाडौं, २४ कार्तिक । महापर्व छठ आज क्षेत्रीय वा राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय पर्व भइसकेको छ ।
वीरगंज, २४ कार्तिक । हिन्दू परिषद् नेपाल प्रदेश २ को बैठक वीरगंजस्थित गोपाल मण्डलीमा सम्पन्न भएको छ ।
चितवन, २४ कार्तिक । पूर्वी चितवनको राप्तीमा भएको छुट्टाछुट्टै घटनामा परेर दुई जनाको मृत्यु भएको छ । जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ भने सवारी ठक्करबाट अर्को एकजनाको मृत्यु भएको हो ।
बारा, २४ कार्तिक । निजगढ नगरपालिका–९ भमरापुलस्थित पुर्वपश्चिम राजमार्गमा ट्याक्सी र बोलेरो ठोक्किँदा तीन जनाको मृत्यु भएको छ ।
इनरुवा, २३ कार्तिक । सुनसरी सदरमुकाम इनरुवामा चाडपर्वका अवसरमा राष्ट्रिय तथा स्थानीय कलाकारलाई बोलाएर सांस्कृतिक कार्यक्रम गर्ने प्रतिस्पर्धा चलेको छ ।
बुटवल, २३ कार्तिक । नेपालमै पहिलो पटक हुन लागेको त्रिपिटक वाचन कार्यक्रमका लागि लुम्बिनी क्षेत्र सिँगार्न थालिएको छ ।
लहान, २३ कार्तिक । केही वर्षअघिसम्म समस्यै समस्यामा थलिएको सिरहाको कर्जन्हा नगरपालिका–९ को दलित बस्ती अहिले भने नमूना बनेको छ ।
बाँके, २३ कार्तिक । अब्दुल वाहिद मन्सुरी ‘चुन्ना’ मुस्लिम समुदायका व्यक्ति हुन् । नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका प्रथम उपाध्यक्षसमेत रहनुभएका चुन्ना मुस्लिम भए पनि हिन्दूका हरेक चाडबाडमा रमाउने गर्छन् ।
बनियानी, २३ कार्तिक । झापाको भद्रपुर नगरपालिकामा निर्माणाधीन शीत भण्डारगृहको निर्माण कार्य आठ वर्ष बित्न लाग्दा पनि सम्पन्न हुनसकेको छैन ।
बाँके, २३ कार्तिक । पश्चिम नेपालका मधेशी समुदायमा तिहारको अन्तिम दिन यम द्वितीय अर्थात् भैया दुईजमा भुर्की पुजन गरी आ–आफ्नो दाजुभाइलाई टीका लगाई चिउरा, भुर्की र मिठाई खुवाएका छन् ।
धनगढी, २३ कार्तिक । धनगढी उपमहानगरपालिका—४ स्थित बस बिसौनी परिसरमा ना४ख ४२६४ नं. को बसका सहचालक मोहन बोहरा मृत भेटिएका छन् ।
तौलिहवा, २२ कार्तिक । कपिलवस्तु शुद्धोधन गाउँपालिका–३ लवनीस्थित बेचन कलवारको घरमा बुधबार राति लक्ष्मी पूजाका लागि दीपावली गर्दा आगलागी भएको छ ।
विराटनगर, २२ कार्तिक । नेपाल संवत् ११३९ को उपलक्ष्यमा आज यहाँ मोटरसाइकल ¥याली निकालेका छन् ।
जनकपुरधाम, २२ कार्तिक । गाईगोरुमा लाग्ने अदृश्य रोगबाट बचाउन मिथिलाको ग्रामीण क्षेत्रमा आज किसानले हुर्राहुर्री पर्व मनाउँदै छन् ।
सर्लाही, २२ कार्तिक । सर्लाहीको मलङ्गवमा करेण्ट लागेर एक बालकको मृत्यु भएको छ । त्यस्तै ब्रहम्पुरी गाउँपालिकामा गाडीभित्रै जलेर एक बालकको मृत्यु भएको छ ।
काठमाडौं, २१ कार्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले देशको विकास एवं आर्थिक समृद्धिको यात्रालाई सफल तुल्याउन राजनीतिक दलहरू एकजुट हुनुपर्नेमा जोड दिएकी छन् ।
चितवन, २१ कार्तिक । भ्रमणबाट विद्यार्थी लिएर फर्किदै गरेको बस आज बिहान दुर्घटना हुँदा २६ जना घाइते भएका छन् ।
बर्दिवास, २१ कार्तिक । दिदीबहिनीले आफ्ना दाजुभाइलाई तिहारको निम्ता दिइरहेका बेला महोत्तरी बर्दिवास नगरपालिकाका सर्वसाधारणले भने आफ्ना जनप्रतिनिधिलाई सडकको धुलो खाने निम्ता दिएका छन् ।