11/3/2020

काठमाडौं, १९ कार्तिक । पूर्वसभामुख, प्रतिनिधि सभा सदस्य तथा नेपाल कम्युनिष्ट पार्टीका नेता कृष्णबहादुर महराकी पत्नी सीता महराको निधनप्रति अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समवेदना प्रकट गरेका छन् ।

11/3/2020

काठमाडौं, १९ कार्तिक । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले जनताले अब फेरि अर्को प्रतिगमनका विरुद्ध पनि सङ्घर्ष गर्नु पर्ने बताएका छन् ।

11/3/2020

काठमाडौं, १९ कार्तिक । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका सांसद तथा स्थायी समिति सदस्य मातृका प्रसाद यादवले अब उपरान्त ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्ने सरकारको निर्णयको भर्त्सना गरेका छन् ।

11/3/2020

काठमाडौं, १९ कार्तिक । परराष्ट्र सचिव भरतराज पौड्यालसँग नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले भेटघाट गरेका छन् ।

11/3/2020

काठमाडौं, १९ कार्तिक । छिमेकी मित्रराष्ट्र भारतका सेना प्रमुख जनरल मनोज मुकुन्द नरवणे आज नेपाल आउँदै छन् ।

11/3/2020

विराटनगर, १८ कार्तिक । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मोरङ जिल्लामा एकै आठ जनाको मृत्यु भएको छ ।

11/3/2020

काठमाडौं, १८ कार्तिक । अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राबीच भेटघात भएको छ ।

11/3/2020

सुनसरी, १८ कार्तिक । आफ्नै श्रीमती ३२ वर्षीया छाया थापा मगरको कुटपिट गरी हत्या गरेको अभियोगमा धरान उपमहानगरपालिका–१५ बस्ने ४२ वर्षीय गोपाल मगरलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

11/3/2020

मोरङ, १८ कार्तिक । जनता समाजवादी पार्टी निकट लिम्बूवान राष्ट्रिय समितिका उपाध्यक्ष गजेन्द्रबहादुर लिम्बु (इस्बो) को कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु भएको छ ।

11/3/2020

काठमाडौं, १८ कार्तिक । बुधबारदेखि हुन लागेको भारतका सेना प्रमुखको नेपाल भ्रमणले लामो समयदेखि दुई सेनाको बीचमा रहेको परम्परागत सम्बन्धलाई सुदृढ बनाउने दूतावासले बताएको छ ।

11/2/2020

काठमाडौं, १७ कार्तिक । भारतद्वारा नवलपुर जिल्लामा भिमसेन आदर्श उच्च माध्यमिक विद्यालय निर्माण नेपाल–भारत मैत्री विकास सहकार्य कार्यक्रम अन्तर्गत भारत सरकारको नेरु २.५८३ करोड आर्थिक सहयोगमा निर्माण भएको भिमसेन आदर्श उच्च माध्यमिक विद्यालयको नव निर्मित विद्यालय भवन उद्घाटन भएको छ ।

11/2/2020

वीरगन्ज, १७ कार्तिक । वीरगन्ज महानगरपालिका वडा नं.५ वडा समितिको सभाहलमा ३० दिने डल बनाउने कार्यक्रमको उद्घाटन गरिएको छ ।

11/2/2020

कैलाली, १७ कार्तिक । लम्कीचुहा नगरपालिका–१० तिघ्री बस्ने चन्द्र देबकोटाको घरमा तास खेलिरहेको अवस्थामा देबकोटा समेत १० जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

11/2/2020

रौतहट, १७ कार्तिक । कर्तव्य ज्यान मुद्दामा पक्राउ परेर प्रहरी हिरासतमा मृत्यु भएका १९ वर्षिय विजय रामको घटनाका सम्बन्धमा हालसम्म पनि कारवाहि नभएको भन्दै रौतहटका दलित समुदाय आन्दोलित भएका छन् ।

11/2/2020

काठमाडौं, १७ कार्तिक । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालले विश्व महामारीको रुपमा फैलिएको कोभिड–१९ का कारण संकटमा रहेका साना तथा मझौला व्यवसायलाई बचाउन महासंघको अबको नेतृत्व सबल र सक्षम हुनुपर्ने बताएका छन् ।

11/2/2020

काठमाडौं, १७ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को समायोजन प्रक्रिया पूरा नहुँदै बारम्बार विभाजनका रेखाहरु कोरिँदै आएका छन् । दुई फरक सिद्धान्त र विचारका कम्युनिष्टहरुबीचको एकता लामो समयसम्म जान नसक्ने भन्ने व्याख्या विश्लेषण पनि हुँदै आएका छन् ।

11/1/2020

सर्लाही, १६ कार्तिक । बलरा नगरपालिका–८ पावर हाउस चोकबाट करिब ५ लाख रुपैयाँ बराबरको विभिन्न पटाका आइतबार बिहान प्रहरीले बरामद गरेको छ ।

11/1/2020

मोरङ, १६ कार्तिक । विराटनगर महानगरपालिका–१६ दरैया बस्तीबाट नियन्त्रित लागूऔषध दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

11/1/2020

काठमाडौं, १६ कार्तिक । पहिचानमा आधारित संघीय गठबन्धनले संघीयता संस्थागत गर्न संविधानको धारा २७४ लगायत सम्पूर्ण पहिचानविरोधी धारा/उपधाराहरु र अनुसुची ४ संशोधन गर्नुपर्ने माग राखेको छ । गठबन्धनले सरकारलाई एक महिनाको अल्टिमेटम दिएको छ । त्यसबेलासम्मपनि माग पूरा नगरे देशव्यापी सशक्त आन्दोलन गर्ने गठबन्धनको चेतावनी छ ।

11/1/2020

नेपालगञ्ज, १६ कार्तिक । बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचाररत कोरोना सङ्क्रमित दुई जनाको मृत्यु भएको छ ।

11/1/2020

बारा, १६ कार्तिक । नेपाली कांग्रेसका महासमिति सदस्य मदन मण्डलको कोरोना संक्रमणका कारण निधन भएको छ ।

11/1/2020

बारा, १६ कार्तिक । बाराका थप एक कोरोना संक्रमितको वीरगञ्जमा मृत्यु भएको छ। निजगढ नगरपालिका–९ का ६३ वर्षीय पुरूषको नेशनल मेडिकल कलेजको आइसोलेसन सेन्टरमा मृत्यु भएको हो ।

11/1/2020

जनकपुरधाम, १६ कार्तिक । राष्ट्रवादी नागरिक समाजले मुलुकमा राजतन्त्र फर्काउन भन्दै महाअभियानको सुरुवात गरेको छ ।

11/1/2020

काठमाडौं, १६ कार्तिक । नेपाल–भारत तथा नेपाल–चीन सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलको सीमा सुरक्षा आउट पोष्ट (बीओपी) कार्यालयको सङ्ख्या १७७ पुगेको छ ।

11/1/2020

काठमाडौं, १६ कार्तिक । केरुङ– रसुवागढी नाकामा चीनले १० महिनादेखि चीनले अघोषित नाकाबन्दी गरेको छ । यो नाकाबन्दीको मारमा चीनबाट नेपाल सामान ल्याएर व्यापार गर्ने व्यापारी परेका छन् ।

ट्रेन्डिङ