11/15/2020

काठमाडौं, ३० कार्तिक । उइगुर मुस्लिम समुदायमाथि चीनले आफ्नो देशमा गर्दै आएको अत्याचारविरुद्ध नेपालको विभिन्न ठाउँमा प्रदर्शन भएको छ । नेपालमा रहेका मुस्लिम समुदायका प्रतिनिधिहरुले चीनमा उइगुर मुस्लिम समुदायमाथि अत्याचार गरी नरसंहार मच्चाएको भन्दै चीन सरकारको विरोधमा प्रदर्शन गरेका हुन् ।

11/14/2020

बाँके, २९ कार्तिक । नेपालगन्ज उपमहानगरपालिका वडा नं.१४ मा जनमत पार्टीको प्रथम वडा अधिवेशन सम्पन्न भएको छ ।

11/14/2020

काठमाडौं, २९ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा सांसद प्रभु साहले प्रदेश २ सरकारले बेथिति, भ्रष्टाचार र कुशासनको कीर्तिमान बनाएको आरोप लगाएका छन् ।

11/14/2020

जनकपुरधाम, २९ कार्तिक । प्रदेश २ सरकारले प्रदेशभरि ‘प्रदेश परिवहन’ बस सञ्चालन गर्न लागेको छ । वीरगन्ज र राजविराजलाई अस्थायी राजधानी जनकपुरसँग जोड्न प्रदेश सरकारले सरकारी बस सञ्चालन गर्ने भएको छ ।

11/13/2020

काठमाडौं, २८ कार्तिक । पाँचौं आयुर्वेद दिवस (धनवंतरी जयंती) को अवसरमा भारतीय दूतावासद्वारा आयुर्वेद क्याम्पस, ईन्स्टिच्युट अफ मेडिसिन, त्रिभुवन विश्वविद्यालयको सहयोगमा “कोविड–१९ को लागि आयुर्वेद” शिर्षकमा एक वेबिनारका साथै एक अन्तर्राष्ट्रिय निबंध प्रतियोगिता आयोजित गरेको थियो ।

11/13/2020

काठमाडौं, २८ कार्तिक । चीनको सिन्जियानमा रहेका उइगुर मुसलमानमाथि चीन सरकारले गरेको दमन र अत्याचार बन्द गर्नुपर्ने माग राख्दै काठमाडौंमा विरोध प्रदर्शन भएको छ ।

11/13/2020

काठमाडौं, २८ कार्तिक । सीमा विवादपछि उत्पन्न गतिरोध अन्त्यका लागि नेपाल–भारतबीच विभिन्न संयन्त्रको बैठक बस्ने तयारी भएको छ । त्यसका लागि काठमाडौं र नयाँदिल्ली आन्तरिक तयारीमा जुटेका छन् ।

11/13/2020

काठमाडौं, २८ कार्तिक । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाई दुबाईको उडानद्वारा दुबई जान लागेका तीन जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

11/13/2020

सिरहा, २८ कार्तिक । गोलबजार नगरपालिका–६ बाट १ हजार दरका ६ लाख ८४ हजार नक्कली नोट, १ थान ल्यापटप, १ थान प्रिन्टर, १ थान प्लाष्टिकको फोल्डिङ टेबल र च्यातिएको नक्कली नोट कागजका टुक्राहरु सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

11/12/2020

सिरहा, २८ कार्तिक । जिल्लाको नरहाँ गाउँपालिका वडा नं. १ गौरहाकी उषाकुमारी सदालाई वर्षौंदेखि दाहिने खुटाको हाड बाहिर आएकोले दिनहुँ पीडा खेप्दै अशक्त बनेकी किशोरीलाई हाडजोर्नी विशेषज्ञ डा.रामकेवल साहले सुनचाँदी घरमा ल्याउने धनतेरसकै दिन निःशुल्क उपचार गरी जीवनदान दिएका छन् ।

11/12/2020

बाँके, २८ कार्तिक । मूल धर्म भुलेर गरिने पत्रकारिताले व्यावसायिक पत्रकारहरु समेतलाई बदनाम गर्न थालेको चिन्ता एक कार्यक्रममा सहभागीहरुले गरेका छन् ।

11/12/2020

काठमाडौं, २८ कार्तिक । केरुङ–रसुवागढी नाकामा चीनले १० महिनादेखि चीनले अघोषित नाकाबन्दी गरेको छ । यो नाकाबन्दीको मारमा चीनबाट नेपाल सामान ल्याएर व्यापार गर्ने व्यापारी परेका छन् । नेपाली व्यापारीको सामान झण्डै ११ महिनादेखि नाकामा रोकिएको छ ।

11/12/2020

बारा, २७ कार्तिक । कलैया उपमहानगरपालिका–३ गंगापुर बस्ने ४० वर्षीय उपेन्द्र प्रसाद साहलाई घाँस काट्ने ग्रासी प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा सोही ठाउँ बस्ने ३५ वर्षीय बिजय पटेललाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

11/12/2020

जनकपुरधाम, २७ कार्तिक । कोरोना महामारी नियन्त्रणका लागि प्रदेश सरकारले तेस्रो चरणको तैयारी शुरु गरेको छ ।

11/12/2020

रौतहट, २७ कार्तिक । कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेको नेपाल–भारत सीमा नाका खुलाउन माग गर्दै रौतहटको गौरमा स्थानीयले प्रदर्शन गरेका छन् ।

11/12/2020

काठमाडौं, २७ कार्तिक । नेपाली कांग्रेसका नेता जीवनबहादुर शाहीले नेपाली भूमि मिचेको विषयलाई छाँयामा पार्न चिनियाँ पक्ष लागि परेको बताएका छन् ।

11/12/2020

नेपालगन्ज, २७ कार्तिक । भारत सरकारका वाणिज्य तथा उद्योगमन्त्री पियुष गोयल र नेपालका शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले अनलाइन समारोहमार्फत नेपालगञ्जस्थित एकीकृत जाँच चौकी (आइसीपी) को निर्माण शुभारम्भ कार्यक्रमको संयुक्त रुपमा अवलोकन गरेका छन् ।

11/11/2020

काठमाडौं, २६ कार्तिक । चीन सरकारको पत्रिका ग्लोबल टाइम्सले चीनले नेपालको सीमा मिचेको भनेर झुटो खबर फैलिएको दाबी गर्दै यस्तो समाचार फैलिनुमा नेपाली कांग्रेस, भारतीय र पश्चिमा मिडियाको हात रहेको आरोप लगाएको छ ।

11/11/2020

काठमाडौं, २६ कार्तिक । भारतको बिहार राज्यमा फेरि जनता दल युनाइटेड (एनडीए)को सरकार बन्ने निश्चित भएको छ ।

11/11/2020

काठमाडौं, २६ कार्तिक । चीनले एकतर्फी रुपमा सीमा बन्द गरेका कारण भएको समस्या समाधानमा सरकार गम्भीर नबनेको भन्दै नाकामै धर्ना बस्ने चेतावनी दिएका छन् ।

11/11/2020

काठमाडौं, २६ कार्तिक । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) नेपालका पूर्वकर्मचारी राजकुमार महतोलाई कार्यस्थलमा जातीय विभेद, उत्पीडन र अन्याय गरी जागीरबाट निकाल्ने कार्य गरेकोले नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, बागमती प्रदेश सरकार अन्तर्गतका मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सामाजिक विकास मन्त्रालय र वरिष्ठ जनस्वास्थ्य प्रशासक सतिश विष्टलाई सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।

11/11/2020

जलेश्वर, २६ कार्तिक । प्रदेश २ सहित तराई तथा पहाडका विभिन्न जिल्लामा बसोबास गर्ने कुम्हाले समुदायको माटाका भाँडा बनाउने पुर्ख्यौली पेशा हाल सङ्कटमा पर्न थालेको छ ।

11/11/2020

महोत्तरी, २६ कार्तिक । पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरीमा रहेका अधिकांश पक्की पुल जीर्ण बन्दै गएका छन् । जिल्लामा पर्ने सानाठूला नदी र खोल्साखोल्सीका पुल जीर्ण बनेको र समयमै मर्मत हुन नसक्दा थप जोखिमपूर्ण यात्रा गर्न यात्रु बाध्य भएका छन् ।

11/11/2020

बारा, २६ कार्तिक । आर्थिक वर्ष २०७६/७७ मा स्थानीय पूर्वाधार विकास साझेदारी अन्तर्गत बारा–३ मा २८ वटा योजना छनौट गरिएकोमा २० वटा सम्पन्न भएको छ ।

11/11/2020

काठमाडौं, २६ कार्तिक । भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणेको नेपाल भ्रमण सैनिक कूटनीतिमा मात्र सीमित नरही धार्मिक, सांस्कृतिक, पर्यटकीय र स्वास्थ्य कूटनीति प्रबद्र्धनका हिसाबले निकै महत्वपूर्ण सावित भएको छ ।

ट्रेन्डिङ