काठमाडौं, ४ मंसिर । प्रधानसेनापति पूर्णचन्द्र थापा र नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राबीच बुधबार जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ ।
जनकपुर, ४ मंसिर । प्रदेश २ का विभिन्न जिल्लामा बुधबार ११ जना कोरोना संक्रमित थपिएका छन् भने २४ जना कोरोनामुक्त भएका छन् ।
काठमाडौं, ४ मंसिर । कोरोना भाइरसको सङ्क्रमणका कारण यस वर्ष राजधानीमा छठ पर्व भीडभाड नगरी विधिमात्र पूरा गरेर मनाइने भएको छ ।
रौतहट, ३ मंसिर । नेपाल कम्युनिष्ट पार्टीका नेता तथा सांसद प्रभु साहले गौर हत्याकाण्डका अपराधीहरुलाई कारवाही गर्न विलम्ब गर्न नहुने बताएका छन् ।
महोत्तरी, ३ मंसिर । जिल्लाको मटिहानी नगरपालिकाका नगरप्रमुखसहित विभिन्न कार्यकर्ताहरुमाथि स्थानीय प्रशासनले लगाएको झुठा मुद्दा खारेजीको माग गर्दै जनता समाजवादी पार्टी नेपालले बुधबार जलेश्वरमा वृहत प्रदर्शन गरेको छ ।
काठमाडौं, ३ मंसिर । भारतको उत्तराखण्डस्थित पिथौरागढ जिल्लाका ब्यापारीहरुले नेपालसँग व्यापार पुनः सुचारु गर्न माग गर्दै सिमानामा रहेको पुल खोल्न माग गरेका छन् ।
काठमाडौं, ३ मंसिर । चीनले कोरोना भाइरसबारे समाचार लेख्ने एक पत्रकारलाई पाँच वर्ष जेल सजाय दिने भएको छ ।
नवलपरासी, ३ मंसिर । नेकपाबाट निर्वाचित वडा सदस्य विन्द्रावती राजभर सहित १५० जना विभिन्न पार्टी परित्याग गरि कांग्रेसमा प्रवेश गरेका छन् ।
वीरगन्ज, ३ मंसिर । जमिअत उल्माए नेपालद्वारा जिल्ला प्रशासन कार्यालय पर्सामा चीनविरुद्ध ज्ञापनपत्र बुझाएको छ ।
मलंगवा, ३ मंसिर । नेपाल–भारत सीमा नाका खोल्नुपर्ने माग राख्दै मलंगवामा स्थानीय जनप्रतिनिधिहरुहरुले सिमाना नजिकै पुगेर धर्ना दिएका छन् ।
वीरगन्ज, ३ मंसिर । मधेशी समुदायको सबैभन्दा ठूलो र महान पर्व छठको तयारी उत्साहका साथ सुरु भएको छ ।
काठमाडौं, ३ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पूर्वमन्त्री प्रभु साहले कम्युनिष्ट र कांग्रेस पार्टीको वाईप्रोडक्ट नै जसपा रहेको बताएका छन् ।
काठमाडौं, २ मंसिर । कोरोना भाइरसको विश्वव्यापी महामारीबीच आर्थिक अवस्थालाई कसरी सुधार गर्ने भन्ने विषयमा ब्राजिल, रुस, भारत, चीन, दक्षिण अफ्रिका (ब्रिक्स)का कार्यकारी प्रमुखहरु भर्चुअल बैठक गर्दैछन् ।
काठमाडौं, २ मंसिर । चीनसँगको विवादबीच मंगलबार क्वाड समूहमा आवद्ध भारत, जापान, अमेरिका र अस्ट्रेलियाले संयुक्त सैन्य अभ्यास गर्ने भएका छन् ।
बारा, २ मंसिर । कलैया उपमहानगरपालिका–२४ श्रीपुर बेलवाडीमा पिलुवाबाट कलैयातर्फ जाँदै गरेको ना.१ ज २८७९ नम्बरको सुमो अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किँदा एकको मृत्यु भएको छ ।
प्रदेश २ मा संसदीय दलको नेता छान्न सत्तारुढ जसपाभित्र किचलो बढेको छ ।समाजवादी पार्टी र राजपा मिलेर बनेको जनता समाजवादी पार्टी नेपाल (जसपा) मा प्रदेश २ को संसदीय दलको नेता बन्नका लागि आन्तरिक दौडधुप बढको छ भने विवाद पनि सहतमा आउन थालेको छ ।
काठमाडौं, २ मंसिर । दीपावली पर्व सकेर मैथिल अब लोकआस्थाको पर्व छठको तयारीमा जुटेका छन् । कात्तिक शुक्ल द्वितीयाका दिन ‘भरद्वितीया’ (भैयादुज, भ्रातृद्वितीया पनि भनिने भाइटीका) पर्वसँगै दीपावली (यमपञ्चक) सम्पन्न भएपछि मैथिल (मिथिलाका बासिन्दा) अब श्रद्धा र निष्ठापूर्वक मनाइने छठको तयारीमा जुटेका हुन् ।
काठमाडौं, १ मंसिर । बिहारको मुख्यमन्त्रीको रुपमा नितिशकुमारले शपथ ग्रहण गरेका छन् । राजभवनमा राज्यपाल फागू चौहानले उनलाई शपथ ग्रहण गराएका हुन् ।
मलङ्गवा, १ मंसिर । नेपाल–भारत सीमा नाका खोल्न सर्लाहीवासीले माग गरेका छन् । कोरोना सङ्क्रमण नियन्त्रणका लागि लामो समयदेखि बन्द रहेको नेपाल–भारत सो नाकाका कारण दुवै देशका सीमावर्ती क्षेत्रका बासिन्दाले आफूहरु समस्यामा परेको भन्दै नाका नखोलिए आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।
काठमाडौं, ३० कार्तिक । भारतको बिहार राज्यमा फेरि जनता दल युनाइटेड (एनडीए)को प्रमुख नितिशकुमार पुनः मुख्यमन्त्री बन्न लागेका हुन् । सोमबार उनले सातौंपटक बिहारको मुख्यमन्त्रीको रुपमा शपथ लिन लागेका हुन् ।
सर्लाही, ३० कार्तिक । छिमेकी २८ वर्षीय अजय पासवानलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा मलंगवा नगरपालिका–६ खुटौना बस्ने ३६ को बिनोद पासवानलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं, ३० कार्तिक । चीनले नेपालसँगको सिमाना हिल्साको किट क्षेत्रमा कर्णाली नदी किनारका नेपालपट्टीका ढुङ्गा लगरे आफ्नोतर्फ तटबन्धन निर्माण गरेको छ । जसको कारण उक्त तटबन्धनले नदीको पानीको बहाव नेपाली भूभागतर्फ फर्केको छ ।