काठमाडौं, २५ असोज । चिकित्सा शिक्षामा सुधारको माग गर्दै आमरण अनसनरत् डा. गोविन्द केसीले २८औं दिनमा अनशन तोडेका छन् ।
बाँके, २५ असोज । कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट नेपालगञ्जको भेरी अस्पतालमा उपचाररत थप दुई जनाको मृत्यु भएको छ ।
रुपन्देही, २५ असोज । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट रुपन्देहीका चार जनाको मृत्यु भएको छ ।
काठमाडौं, २५ असोज । स्वास्थ्य तथा शिक्षा क्षेत्रमा सुधारको माग राख्दै विगत २७ दिनदेखि आमरण अनसनरत् डा.गोविन्द केसीसँग मध्यरातमा सरकारले ८ बुँदे सहमति गरेको छ ।
काठमाडौं, २४ असोज । जनता समाजवादी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक कार्तिक ३ र ४ गते दुईदिने बैठक आह्वान भएको छ ।
काठमाडौं, २४ असोज । जनता समाजवादी पार्टी नेपाल देशको विविधताको परिचायक रहेको अध्यक्ष महन्थ ठाकुरले बताएका छन् ।
पर्सा, २४ असोज । वीरगंज महानगरपालिका–२५ सिर्सिया खल्वाटोला बस्ने राजकुमार पटेलको अन्दाजी ३ वर्षीय छोरा सुमित कुमार पटेलको घर अगाडि कलको पानी जम्मा हुने खाल्टोमा डुबेर शनिबार बिहान मृत्यु भएको छ ।
मोरङ, २४ असोज । बेलबारी नगरपालिका–४ गर्जुराम टोल बस्ने अशोक राईको घरमा जुवा खेलिरहेको अवस्थामा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कैलाली, २४ असोज । धनगढी उपमहानगरपालिका–३ चटकपुरबाट सोही नगरपालिका–१३ बस्ने २६ वर्षीय बालगोबिन्द राना सहित ३ जनालाई ब्राउनसुगरसहित पक्राउ गरिएको छ ।
वीरगन्ज, २४ असोज । नेपाल कम्युनिष्ट पार्टी पर्साद्वारा वृहत पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ ।
काठमाडौं, २३ असोज । सरकारले १ कात्तिकदेखि भारतको दिल्ली उडान खुलाउने तयारी गरेको छ । गत चैतदेखि बन्द भारतको दिल्ली उडान खुलाउन नेपाल र भारत दुवै पक्षले पहल गरिरहेका छन् ।
हुम्ला, २३ असोज । हुम्लामा सीमा स्तम्भ अनुगमन गरेर फर्कन थालेको नेपाली टोलीमाथि चिनियाँ सुरक्षाकर्मीले टियर ग्यास प्रहार गरेका छन् ।
काठमाडौं, २३ असोज । सांसद हरिनारायण रौनियारको निलम्बित पद फुकुवा गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ । रौनियार विवादास्पद पप्पु कन्ट्रक्सनका मालिकसमेत हुन् ।
काठमाडौं, २३ असोज । भारतका केन्द्रीय मन्त्री रामविलास पासवानको निधन भएको छ । ७४ वर्षको उमेरमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।
काठमाडौं, २३ असोज । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईसँग नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले शिष्टाचार भेट गरेका छन् ।
बाँके, २३ असोज । कोहलपुर नगरपालिका–२ आनन्दनगरबाट ४ तोला कस्तुरीको बिना सहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं, २३ असोज । गत आर्थिक वर्षको तुलनामा यस वर्ष प्रदेश २ को बेरुजु ११ गुणाले वृद्धि भएको छ । आर्थिक वर्ष ०७५/७६ मा प्रदेश २ सरकारको बेरुजु १ अर्ब ८२ करोड ५३ लाख ९९ हजार रहेको छ ।
रौतहट, २३ असोज । जिल्ला प्रशासन कार्यालय रौतहटले चर्को स्वरमा संचालन गरिने डिजे साउन्ड सिस्टममाथि प्रतिबन्ध लगाएको छ ।
कैलाली, २२ असोज । भारत सरकारको ने.रु.३.३ करोड आर्थिक सहयोगमा निर्माण गरिएको कैलाली जिल्लाको टीकापुर स्थित श्री सरस्वती माध्यमिक विद्यालयको नवनिर्मित भवनको काठमाडौं स्थित भारतीय राजदूतावास, जिल्ला समन्वय समिति तथा विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि र स्थानीय प्रतिनिधिहरुद्वारा संयुक्त रुपमा उद्घाटन गरिएको छ ।
काठमाडौं, २२ असोज । भारतले नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा सुरक्षा फौज थपेको छ ।
काठमाडौं, २२ असोज । गत आर्थिक वर्षको तुलनामा यस वर्ष प्रदेश २ को बेरुजु ११ गुणाले वृद्धि भएको छ ।
काठमाडौं, २२ असोज । सिरहाको नवराजपुर गाउँपालिका–५ की मुर्तीदेवी यादवलाई बोक्सी आरोपमा कुटपिट गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।