5/21/2020

काठमाडौं, ८ जेठ । लिम्पियाधुरालगायत भूभाग समेटेर नेपालले जारी गरेको नक्सा अस्वीकार्य हुने भारतले बताएको छ । मन्त्रिपरिषद् बैठकले गरेको निर्णयअनुसार नेपालले बुधबार लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गरेको थियो ।

5/21/2020

काठमाडौं, ८ जेठ । भारतमा २५ मेबाट आन्तरिक उडान खुला गर्ने घोषणा गरेको छ । लकडाउनलाई केही खुकुलो बनाईएको भारतमा आउँदो मे २५ बाट आन्तरिक उडान खुला हुने भएको हो ।

5/21/2020

काठमाडौं, ८ जेठ । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य गगन थापाले कृषि टेलिभिजनद्वारा ‘कोरोना बिर्साउने गफगाफ’ शीर्षकमा प्रसारित कार्यक्रमप्रति आपत्ति जनाएका छन् ।

5/20/2020

सुनसरी, ७ जेठ । सुनसरीको हरिनगर गाउँपालिका ३ गौतमपुरमा दलित बस्तीमा वडा कार्यालयले दमन गरेर बाटो विस्तार गरेको गुनासो आएको छ ।

5/20/2020

इनरुवा, ७ जेठे । प्रदेश १ का सामाजिक विकास मन्त्री जिवन घिमिरेले प्रदेश सरकार कोभिड १९ रोकथाम र नियन्त्रणका लागि गम्भिर भएर लागेको बताएका छन् ।

5/20/2020

बीरगञ्ज, ७ जेठ । वीरगन्जमा करिब ५० दिनदेखि रोकिएका १ सय ९८ भारतीयलाई भारतीय सरकारको जिम्मा लगाएर पठाइएको छ । वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा चैत दोश्रो सातादेखि राखिएका ९८ र वीरगन्जस्थित आफन्तको घरमा बसेका सय जनासहित १ सय ९८ जनालाई भारत सरकारको जिम्मा लगाइएको हो ।

5/20/2020

काठमाडौं, ७ जेठ । दाङका इँटा भट्टामा कार्यरत भारतीय मजदुरहरुले आफूहरुलाई स्वदेश फर्काइदिन माग गर्दै घोराहीमा प्रदर्शन गरेका छन् । हिन्दी भाषमा ‘नेपाल सरकार हामीलाई घर पठाऊ होइन भने यहीँ गोली हान्देऊ’ लेखिएका नारासहित उनीहरुले प्रदर्शन गरेका हुन् ।

5/20/2020

काठमाडौं, ७ जेठ । चीनले कालापानीको सीमा विवाद नेपाल र भारतको भएको बताएको छ । नियमित पत्रकार सम्मेलनमा सोधिएको एक प्रश्नमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजेनले कालापानीको सीमा विवाद नेपाल र भारतको भएको बताउँदै दुई देशले आपसी सम्वादबाट हल गर्ने विश्वास व्यक्त गरे ।

5/20/2020

मलंगवा, ७ जेठ । सर्लाहीका विभिन्न इट्टाभट्टामा कामगर्ने करिब ८ सय भारतीय मजदुर नेपाल भारत सीमा क्षेत्रमा अलपत्र परेका छन् ।भारतीय सुरक्षाकर्मीले भारत प्रवेश गर्न नदिएपछि उनीहरु सीमा क्षेत्रमा अलपत्र परेका हुन् ।

5/20/2020

काठमाडौं, ७ जेठ । सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको अद्यावधिक नक्सा औपचारिक रुपमै सार्वजनिक गरेको छ ।

5/19/2020

जनकपुरधाम, ६ जेठ । पूर्वमन्त्री तथा धनुषा निर्वाचन क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य रघुवीर महासेठले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण तथा रोकथामका लागि स्थानीय तहहरुलाई स्वास्थ्य सामग्रीहरु प्रदान गरेका छन् ।

5/19/2020

काठमाडौँ, ६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूमि भएको र यसलाई फिर्ता लिएर छाडिने बताएका छन् ।

5/19/2020

काठमाडौँ, ६ जेठ । सरकारले नेपालको कालापानी, लिम्पुयाधुरा र लिपुलेक क्षेत्र समेटिएको नक्सा पारित गरेको छ । मन्त्रिपरिषद्को बैठकले नेपालको नक्सा अद्यावधिक गरेको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयद्वारा प्रस्तावित नेपालको नक्सा बैठकले स्वीकृत गरेको हो ।

5/19/2020

काठमाडौं, ६ जेठ । प्रतिनिधिसभाका सदस्यहरुले भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायत नेपालको भूमि समेटेर नयाँ नक्सा सार्वजनिक गर्ने मन्त्रिपरिषद्को निर्णय स्वागतयोग्य रहेको उल्लेख गर्दै तत्कालै नक्सा सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् ।

5/19/2020

काठमाडौं, ६ जेठ । लिम्पियाधुरा–कालापानी विवादमाथि भारतीय सेनाध्यक्ष मनोज नरवानेको अभिव्यक्ति खण्डन गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ ।

5/19/2020

काठमाडौं, ६ जेठ । विश्वव्यापी महामारीको रुपमा फैलिएको नोवल कोरोना भाइरस ( कोभिड-१९ )ले सृजित लकडाउनका कारण समस्यामा परेका उपल्लो मुस्ताङको २ स्थानीय तहलाई उपलब्ध गराइएको चीनको तिब्बती राहत एकसाता अघिदेखि उत्तरी कोरलानाकामै थन्किएको छ ।

5/19/2020

काठमाडौं, ६ जेठ । चुरे क्षेत्रको वनजंगल तस्करीका साथै सीमावर्ती क्षेत्रका नेपाली नागरिक भारतीयबाट लुटिन थालेपछि डडेलधुराको महाकाली नदीसँग सीमा जोडिएका दुई स्थानमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट(बीओपी) स्थापना गरिएको छ ।

5/19/2020

काठमाडौं, ६ जेठ । सत्तारुढ नेकपाका प्रवक्ता एवं पूर्व परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रबारे भारतीय सेना प्रमुख नरवणेले दिएको अभिव्यक्ति सच्याउन आग्रह गरेका छन् ।

5/19/2020

काठमाडौं, ६ जेठ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले सीमामा अलपत्र परेका मानिसलाई स्वदेश ल्याउनुपर्ने बताएका छन् ।

5/19/2020

काठमाडौं, ६ जेठ । जनता समाजवादी पार्टी नेपालका नेता महेन्द्र राय यादवले सीमामा तारबार लगाउने विषय मधेशी जनताको हितमा नभएको टिप्पणी गरेका छन् ।

5/19/2020

काठमाडौं, ६ जेठ । पूर्वरक्षामन्त्री एवं प्रमुख विपक्षी कांग्रेसका सांसद भीमसेनदास प्रधानले सेनालाई सीमामा पठाउन सरकारलाई आग्रह गरेका छन् ।

5/19/2020

रौतहट, ६ जेठ । रौतहटको चन्द्रनिगाहपुरमा आइसोलेसन निर्माण कार्य तीव्र रुपमा भैरहेको छ । चन्द्रपुर नगरपालिका–२ स्थित शहिद स्मृती पार्कमा आईसोलेसेनको निर्माण कार्य थालिएको हो ।

5/19/2020

काठमाडौं, ६ जेठ । स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुले सोमबार सञ्चारग्राममा पत्रकारहरुको कोरोना परीक्षणका लागि स्वाब संकलन गरेको छ ।

5/19/2020

जलेश्वर, ६ जेठ । कोभिड–१९ सँग जोगिन शुरु गरिएको लकडाउनले करकाप, लोभलालच, पैसाकै लागि भारतीय बजारमा निकृष्ट श्रममा गएका एवं पठाइएका बालकहरु स्वदेश फर्किन थालेका छन् ।

5/19/2020

सुनसरी, ६ जेठ । सुनसरीको सदरमुकाम इनरुवा १० जल्पापुरमा राहत वितरणमा विभेद गरेको स्थानीयहरुले बताएका छन् । जल्पापुरमा वडा अध्यक्ष सुल्तान मियाँले आफ्नो नजिकका र पार्टीकालाई मात्रै राहत वितरण गरेको भन्दै स्थानीयहरुले विरोध गरेका छन् ।

ट्रेन्डिङ