धनगढी, १० जेठ । सुदूरपश्चिम प्रदेशमा कैलालीको गौरिफन्टा नाका भएर एकै दिन २ हजार ४ सय ८९ मानिस नेपाल भित्रिएका छन् ।
काठमाडौं, १० जेठ । नेपाली कांग्रेस निकट नेपाली जनसम्पर्क समिति, भारतले भारतमा रहेका नेपालीलाई यथास्थानमै सुरक्षित बस्न आग्रह गरेको छ ।
काठमाडौं, १० जेठ । नेपाल सरकारले भारतमा हालै आएको अंपुन चक्रवातका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ ।
काठमाडौं, १० जेठ । कोरोना भाइरस ‘कोभिड १९’ को विषयमा अमेरिका र चीनबीच तनाव उत्पन्न भएको समयमा अमेरिकाले चीनको ३३ कम्पनीलाई कालोसूचीमा राख्ने भएको छ ।
बुटवल, १० जेठ । रुपन्देहीको बेलहिया नाकाबाट झण्डै बाह्र सय जना नेपाली स्वदेश फर्किएका छन् । स्वदेश फर्किन पाउनुपर्ने माग गर्दै सयौं नेपालीले बेलहिया नाकामा आएर नाराबाजी गरेका थिए ।
सर्लाही, १० जेठ । सर्लाहीमा कोरोना संक्रमितको संख्या तीव्र रुपमा बढ्न थालेको छ । शनिबार मात्र जिल्लामा १३ जना संक्रमित थपिएका छन् । उनीहरू सबै भारतबाट आएका थिए । हाल गोडैता नगरपालिकाका १२ जना र कविलासी नगरपालिकाका एक जनामा संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए ।
काठमाडौं, १० जेठ । राष्ट्रिय मुस्लिम आयोगले ईदु–उल–फित्रका दिन घरमै बसेर नमाज पढन आग्रह गरेको छ । आयोगका अध्यक्ष समिम मिया अन्सारीले कोरोना भाइरसको जोखिम बढ्दै गएकाले घरमै बसेर ईदको नमाज आदा गर्न आग्रह गरेका हुन् ।
गौर, १० जेठ । रौतहटको विभिन्न स्थानमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीको पुतला दहन गरिएको छ ।
काठमाडौं, १० जेठ । नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय अनुसार भर्खरै दार्चुला जिल्लामा पर्ने लिम्पीयाधुरा, लिपुलेक र कालापानीको भौगोलिक क्षेत्र समेटेर जारी गरिएको नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा अनुरुप नेपालको संविधान संशोधनमा प्रदेशको नामांकन र सीमांकन हेरफेर गर्न माग गरिएको छ ।
काठमाडौं, १० जेठ । नेपाल सरकारले बिहीबार सार्वजनिक गरेको नेपालको अद्यावधिक (राजनीतिक/प्रशासनिक) नक्सा राष्ट्रपति, प्रधानमन्त्रीसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई हस्तान्तरण गरिएको छ ।
दाङ, ९ जेठ । दाङका इँट्टाभट्टामा काम गर्ने भारतीय मजदूरलाई नेपालगञ्जको जमुनाहा नाकामा लगेर छोडिएको छ । भारतीय सुरक्षा अधिकारीसँग कुरा भए पनि उनीहरूको घर फर्किन पाउनुपर्ने माग अनुसार बाँकेस्थित नेपाल–भारत सीमा नाकामा लगेर छोडिएको हो ।
काठमाडौं, ९ जेठ । घर फर्किन पाउनुपर्ने माग राख्दै सिंहदरबार अगाडि प्रदर्शन गर्ने क्रममा प्रहरीलाई कुटेको अभियोगमा पक्राउ परेका चिनियाँ नागरिक पाँच हजार धरौटीमा छुटेका छन् ।
कैलाली, ९ जेठ । भारतीय क्वारेन्टाइनमा रहेका नेपालीलाई नेपाल प्रवेश अनुमति दिइएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीको समन्वयमा उनीहरु नेपाल प्रवेश गरेका हुन् ।
काठमाडौं, ९ जेठ । भारतले विभिन्न देशमा अलपत्र आफ्ना नागरिकको उद्धार गरिरहेको छ । यसैबीच भारतले नेपालबाट एक सय ६५ नागरिकको उद्धार गरेको छ ।
काठमाडौं, ९ जेठ । भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणेले दिएको वक्तव्यबारे सरकारले आफ्नो तवरले अध्ययन गरिरहेको जनाएको छ ।
काठमाडौं, ९ जेठ । लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको सीमा विवादबारे नेपाल–भारत परराष्ट्रसचिव स्तरमा वार्ता अन्तर्राष्ट्रिय उडान खुले लगत्तै हुने भएको छ। नेपालले भारतसँग लगातार वार्ता मितिका लागि पहल गरेपछि भारतले तिथि स्पष्ट नभने पनि अन्तर्राष्ट्रिय उडान खुले लगत्तै वार्ता गर्ने अनौपचारिक जानकारी दिएको छ ।
काठमाडौं, ९ जेठ । सरकारले प्रदेश २ र प्रदेश ५ मा १०/१० जनाको चिकित्सक सहितको टोली पठाउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोना संक्रमित बढी रहेका क्षेत्रमा चिकित्सकको टोली पठाउने निर्णय गरेको बताए ।
जनकपुरधाम, ९ जेठ । कोरोना महामारी नियन्त्रण, रोकथाम तथा उपचारका लागि प्रदेश सरकारले स्थापना गरेको राहत कोषमा नेपाल बंगलादेश बैंकले पाँच लाखको सहयोग गरेको छ ।
जनकपुरधाम, ९ जेठ । कोरोना माहामारी रोकथाम , नियन्त्रणका लागि प्रदेश सरकारले वाचा गरे अनुरुप जनकपुर र राजविराजको लागि २ वटा पिसिआर मेसिन खरिद गरेर ल्याएको छ ।
नेपालगन्ज, ९ जेठ । बाँकेका २१ जना कोरोना संक्रमितहरु निको भएपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । बाँकेको खजुरास्थित शुशिल कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचार गराइरहेका २१ जनालाई शुक्रबार बिहान डिस्चार्ज गरिएको हो ।
काठमाडौं, ९ जेठ । संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता गर्ने निर्णय सरकारले गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले १३ गते संसद बस्नु अगाडि नै संविधान संशोधन प्रस्ताव दर्ता गर्ने निर्णय गरेको हो ।
महोत्तरी, ८ जेठ । छिमेकीको घाँटी थिचेर हत्या गरेको अभियोगमा सोन्मा गाउँपालिका–३ रघुनाथपुर बस्ने२७ वर्षीय जयनाथ यादवलाई बिहीबार बिहान पक्राउ गरेको छ ।
मोरङ, ८ जेठ । कोदालो प्रहार गरी आफ्नै बाबुको हत्या गरेको अभियोगमाविराटनगर महानगरपालिका–१४ झटिहाही बस्ने २९ वर्षीय रोहित चौहान र २६ वर्षीय नागेन्द्र चौहानलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
कैलाली, ८ जेठ । लामो समय सीमा क्षेत्रको भारतीय भूमिमा रोकिएका नेपालीलाई बुधबार स्वास्थ्य परीक्षण नगरी स्वदेश फर्किन दिइएको छ । भारतका विभिन्न क्षेत्रबाट आएका ८ सय ५८ नेपालीलाई उद्धार गरिएको हो ।