काठमाडौं, २० जेठ । जनता समाजवादी पार्टी नेपालका सांसद प्रमोद साहले संविधान संशोधनमार्फत् आफूहरुको माग सरकारले सम्बोधन गर्यो भने मात्र सरकारको प्रस्तावमा मतदान गर्ने बताएका छन् ।
वीरगन्ज, १९ जेठ । बन्दाबन्दीमा विकास योजनाले तिब्रता लिएपछि निम्नवर्गलाई राहत प्रदान गरेको छ । कारोना महामारीको कारण दुई महिनादेखि लागु रहको बन्दाबन्दीले दैनिक ज्यालादारी गरेर जिवन व्यक्तिहरुलाई सास्ती बढेको थियो ।
जनकपुरधाम, १९ जेठ कोरोना महामारी नियन्त्रण तथा उपचारका लागि प्रदेश २ सरकारले स्थापना गरेको कोरोना कोषबाट प्रदेशका विभिन्न अस्पतालले ८ करोड २३ लाख २५ हजार रुपैया पाएको छ । प्रदेश सरकारले पछिल्लो चरणमा मात्र विभिन्न अस्पताललको लागि ५ करोड १३ लाख ७५ हजार निकासा गरेको हो ।
काठमाडौं, १९ जेठ । नेपाली कांग्रेसका सांसद अभिषेक प्रताप शाहले चीनले सगरमाथामा गरिरहेको गतिविधिबारे प्रश्न उठाएका छन् ।
नयाँदिल्ली । पाकिस्तानका दुई कूटनीतिक अधिकारीले जासुसी गरेको आरोप लगाउँदै भारतले उनीहरूलाई देशबाट निष्कासित गर्ने घोषणा गरेको छ ।
काठमाडौं, १९ जेठ । कञ्चनपुर जिल्लाका विभिन्न इँटा भट्टालगायतका क्षेत्रमा काम गर्दै आएका एक हजारभन्दा बढी भारतीय नागरिक सीमा नाका हुँदै भारत गएका छन् ।
काठमाडौं, १९ जेठ । कोरोना भाइरसको संक्रमणको विषयलाई लिएर चीनसंग विश्वका चार ठूला राष्ट्रहरु रिसाएका छन् । कोरोनामा चीनको भूमिकालाई लिएर ती राष्ट्रहरु रिसाएका हुन् । उनीहरुले चीनसंग कोरोनाको अन्तर्राष्ट्रिय जाँचको माग गरिसकेका छन् ।
कैलाली, १९ जेठ । चुरे गाउँपालिका–३ स्थित पातली खोलामा सोमबार बिहान आएको बाढीले बेगाई सोही खोला नजिक बस्दै आएका २ जना बेपत्ता भएका छन् ।
बाँके, १९ जेठ । राप्ती सोनारी गाउँपालिका–२ ठोरी जंगलस्थित सडकमा सल्यानतर्फ जाँदै गरेको बा.५ ख ५९९५ नम्बरको फोर्स गाडी आइतबार राति दुर्घटना हुँदा गाडीमा सवार १२ जनाको मृत्यु भएको छ ।
कैलाली, १८ जेठ । लम्कीचुहा नगरपालिका–१० बस्ने ३३ वर्षीय अमित चौधरीको मिस्त्री काम गर्ने क्रममा घर माथिबाट लडेर आइतबार बिहान मृत्यु भएको छ ।
काठमाडौं, १८ जेठ । राष्ट्रिय जनता पार्टी (राजपा)नेपालले सरकारले ल्याएको संविधान संशोधन प्रस्तावको पक्षमा मतदान नगर्ने निर्णय गरेको छ । सो पार्टीको बसेको संसदीय दलको बैठकले त्यस्तो निर्णय गरेको हो ।
काठमाडौं, १८ जेठ । भारतमा कोरोना भाइरसको जोखिम रोक्न पछिल्लो पटक लकडाउनको अवधि एक महिना लम्ब्याइए पनि केही खुकुलो गरिएको छ ।
बर्दिया, १८ जेठ । बर्दियाको मधुवन नगरपालिकासँग जोडिएका सम्पूर्ण खुला सीमा बन्द हुने भएको छ । नगरपालिकाको बसेको सर्वदलीय एवं सर्वपक्षीय बैठकले भारतसँग जोडिएका सबै सीमा बन्द गर्ने निर्णय गरेको हो ।
जनकपुरधाम, १८ जेठ । प्रदेश २ मा कोरोना भाइरस संक्रमण बढ्दै गएको छ । आइतबार ६० कोरोना संक्रमित थपिएका छन् । सबैभन्दा बढी रौतहटमा २९ जना कोरोना संक्रमित थपिएका छन् ।
काठमाडौं, १८ जेठ । जनता समाजवादी पार्टी नेपालका नेता राजेन्द्र महतोले दिनहुँ मान्छे मरिरहेका छन् तर, यहाँ सत्तामा बसेकाहरु ठूलठूला भाषण गर्नै व्यस्त रहेको आरोप लगाएका छन् ।
काठमाडौं, १८ जेठ । लिपुलेक, लिम्पियाधुरा र कालापानीसहित नक्सा संसदबाट सर्वसहमतिले पारित गर्ने वातावरण बनाउन पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी नेपालका नेता डा.बाबुराम भट्टराईले सरकारसँग आग्रह गरेका छन् ।
बिर्तामोड, १८ जेठ । पश्चिम रुकुममा जातीय भेद्भावका कारण भएको हत्याको विरुद्धमा पूर्वबाट आन्दोलन उठाउने तयारी भएको छ । त्यसका लागि झापामा सबै राजनीतिक दल संबद्ध दलित संघ संगठन, दलित अधिकारकर्मी, संघ संस्था र विभिन्न सार्वजनिक निकाय एकजुट भएको नेकपाका युवा नेता टिकाराम मंग्रातीले जानकारी दिए ।
काठमाडौं, १७ जेठ । रुकुमको जौरजहारी घटनाप्रति राष्ट्रिय जनता पार्टी नेपालको ध्यानाकर्षण भएको छ । सो घटनाको छानविन गर्न राजपाले संसदीय समिति गठनको माग गरेको छ ।
काठमाडौं, १७ जेठ । यस्ता धेरै घटनाहरू प्रकाशमा आएका छन् जहाँ विदेशमा रहेका पाकिस्तानी कूटनीतिज्ञहरू जघन्य अपराधमा संलग्न भएको पाइएको छ । जसले देशलाई लज्जित बनाएको छ ।
काठमाडौं, १७ जेठ । सरकारले भारत प्रवासमा रहेका नेपालीका लागि आउने आधिकारिक नाका तोकेको छ । भारतबाट आउनेमा कोरोना संक्रमण तीव्र गतिमा फैलिँदै गएपछि सरकारले यस्तो कदम चालेको हो ।
काठमाडौं, १७ जेठ । राष्ट्रिय जनता पार्टी नेपालले संसदमा आफ्नो प्राइभेट बिलको रुपमा संविधान संशोधन विधेयक दर्ता गराउन खोज्दा संसदका महासचिवले दर्ता गर्न मानेन । शुक्रबार राजपाका महन्थ ठाकुरको नेतृत्वमा एक टोली संविधान संशोधन विधेयक दर्ता गर्न पुगेको थियो ।
राजविराज, १७ जेठ । प्रदेश २ का समाजिक विकासमन्त्री नवलकिशोर साहले गजेन्द्र नारायण सिँह अस्पताल तथा भिमदल गणलाई ७५ लाखको चेक हस्तान्तरण गरेका छन् ।
वीरगंज, १६ जेठ । सरकारले राष्ट्रिय गौरबको आयोजनाको रुपमा राखेको वीरगञ्ज–ठोरी हुलाकी सडक निर्माणको काम निर्माण सामग्री अभाबमा ठप्प भएको छ ।
जनकपुरधाम, १६ जेठ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना महामारीका कारण आफ्नो प्रदेशमा सिर्जित संकट प्रदेश सरकारले मात्र थेग्न सक्ने अवस्था नरहेको भन्दै संघीय सरकारका तर्फबाट विशेष सहयोग गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग माग गरेका छन् ।