भारतका विदेश सचिव हर्षवद्र्धन श्रींगलाको दुई दिने नेपाल भ्रमण अत्यन्त चासोका साथ हेरिएको छ । यद्यपी यो भ्रमण दुई छिमेकी मुलुकबीचको उच्चस्तरीय भ्रमणको निरन्तरता भएपछि पछिल्लो समय नेपाल र भारतबीच बढेको कटुताकाबीच यो भ्रमण अत्यन्त महत्वपूर्ण मानिएको छ ।
छठपूजाले मनोकामना पुरा हुने विश्वासले जुनसुकै तह, तप्का र क्षेत्रका व्यक्ति तथा समुदायमा आस्था दिनानुदिन बढेको पाइन्छ । त्यसैले छठपर्वलाई आस्था र विश्वासको पर्वस“गै सद्भावको पर्व पनि भनिन्छ ।
दशैंको पन्ध्रौं दिनमा आउने ठूला पर्वहरूमध्ये तिहार अर्थात् दिपावली पनि एक हो । यो पर्व कात्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको नामले शुरू भएर कात्तिक शुक्ल पक्षको द्वितीया तिथिको भाइटीकासम्म अर्थात् पाँच दिन मनाइन्छ ।
भारतीय सेनाप्रमुख मनोज मुकुन्द नरवणे तीनदिने नेपाल भ्रमणका क्रममा अहिले काठमाडौंमा छन् । नेपाल र भारतबीच पछिल्लो चरणमा उत्पन्न सीमा विवादपछि उच्चतहका पहिलो औपचारिक भ्रमण पनि हो यो । सीमा विवादको आरम्भ भारतीय सेनाको राजनीतिक र सैनिक नेतृत्वबाट भयो भने समाधानको पहल पनि उही नेतृत्वबाट हुँदै गरेको देखिँदै छ ।
नेपाल र भारतका सेना प्रमुख एक–अर्का देशको मानार्थ महारथी हुने हुँदा सेनाले केही गर्दैन भन्ने चाहीं होइन तर भारतीय सेनाध्यक्षको भ्रमणका बेला केही भए यो भ्रमण दुई देशबीचको सम्बन्धमा एउटा ‘टर्निङ प्वाइन्ट’ बन्न सक्छ ।
दशैंको भीडभाडमा कोरोना संक्रमण अवश्य बढ्छ । मेडिकल साइन्सले दशैंलाई चिन्दैन । नेपालीहरुलाई दशैं–तिहार लागेको रहेछ है भनेर कोरोना भाइरस संक्रमण नभई चुप लागेर बस्दैन । त्यसैले दशैंमा भीडभाड कम गर्नु र संक्रमणको जोखिमबाट जोगिनुको विकल्प देखि“दैन ।
प्रदेश ५ ले आफ्नो नाम र प्रदेश राजधानी तोकेसँगै ७ प्रदेश मध्ये ५ वटाको नाम र राजधानी तोकिएको छ । अब प्रदेश १ र २ ले मात्र नाम र राजधानी तोक्ने काम बाँकी रहेको छ ।
मुलुकको कानून कार्यान्वयन गर्ने निकाय नेपाल प्रहरीमा समायोजन प्रक्रिया रोकि“दा प्रदेश प्रहरीहरू केन्द्रकै कमान्डमा सञ्चालन भइरहेका छन् । संघीयता कार्यान्वयनमा आएको लामो समयसम्म पनि प्रहरी संगठन संघीयताको विपरीत रहनु आफैमा लाजमर्दो कुरो हो ।
नेपाल र भारतबीच सीमाका विषयमा विवाद हुँदा धेरै बहस र चर्चा हुनेगर्छ । यस्ता विषयमा सीमा मिचिएका समाचार वर्षैभरी आइरहन्छन् । भारतसँगको सीमा विवादमा हरेक दल, नेता र व्यक्ति आफूलाई ठूलो राष्ट्रवादी भएको देखाउँछन् । सरकार पनि त्यहि रुपमा आफूलाई प्रस्तुत गर्छ ।
वास्तविक रुपमा यो संविधानप्रति मुलुकको बहुसंख्यक समुदायको ठूलो गुनासो रहेको छ । मधेशीहरू अहिले पनि आफूलाई यो संविधानमा ठगिएको महसुस गरेका छन् । संविधान जारी भइरहेको बेलामा मधेशका जिल्लामा प्रहरीले चलाएको गोली लागेर दर्जनौ“ले सहादत प्राप्त गरेका थिए ।
प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको १०७ औँ जन्मजयन्ती विभिन्न कार्यक्रम बुधवार देशभर मनाइएको छ । यस पटक कोरोना महामारीका कारण नेपाली काँग्रेसले बीपी कोइरालाको १०७ औं जन्मजयन्ती भर्चुअल रुपमा मनाएको छ ।
यस वर्ष नेपालमा विशेष गरी तीनवटा विपद् आइपरेको छ । पहिलो जनस्वास्थ्यसँग सम्बन्धित छ । गत चैतबाट नेपालमा असर पारेको कोरोना विषाणु अर्थात् कोभिड १९ । यो नेपालमा मात्र होइन, विश्वभर तीव्ररूपमा फैलिने क्रम अझै रोकिने छाँट छैन ।
बिहीबार साँझसम्म प्रदेश २ मा २ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएर संक्रमितको संख्या ९ हजार ४ सय २७ पुगेको छ । प्रदेश २ मा दिनदिनै संक्रमितको संख्या बढ्दै गइरहँदा यसले भयावह अवस्थाको चित्रण गरेको छ । यसै कारण प्रदेशका सबै ८ वटै जिल्ला ‘लकडाउन’ गरिएको छ ।
प्रदेश २ को सरकार पूर्णरुपमा असफल देखिएकोले नेतृत्वले गहिरो समीक्षा गर्नुपर्ने आवश्यकता छ । जसपाका केन्द्रीय नेतृत्वले आगामी कार्यकालका लागि सकभर महिलालाई एक पटक अवसर दिनुपर्ने आवाजहरु पनि उठिरहेका छन् । प्रदेश २ मा एकसे एक योग्य र सक्षम महिलाहरु सरकार चलाउन सक्ने छन् ।
अगस्ट १२ का दिन संसारभर अन्तर्राष्ट्रिय युवा दिवस भनाइन्छ । यस वर्ष बुधबार नेपालमा पनि ‘विश्व अभियानका लागि युवा सहभागिताः रोजगारी प्रवद्र्धन र वातावरण संरक्षणमा युवा संलग्नता’ भन्ने नाराका साथ दिवस मनाइएको छ ।
मदिरा सेवनले एकातिर आफ्नो ज्यान सिध्याउने काम भइरहेको छ भने अर्कोतिर हिंसालाई पनि बढावा दिइरहेको छ ।
वर्तमान संकटमा पनि नेपाल–भारतको सहकार्यले दुबै देशमा कोराना संक्रमण नियन्त्रण गर्दै आपसी मित्रताको सन्देश दिन सकिने चुनौती र अवसर आएको छ ।
मधेशको अति उत्पादनशील मत्स्यपालन, पशुपन्छी पालनको प्रवद्र्धन गर्नुपर्ने हुन्छ । कृषिलाई मर्यादित, नाफामूखी बनाउन कृषकहरूको समूह, सहकारी, संगठन तथा निजी क्षेत्रको माध्यम आवश्यक पहल गरिनु जरूरी छ ।
हन्दू धर्मावलम्बीको प्रमुख धार्मिकस्थल रामायण, बुद्ध सर्किटजस्ता पुरातात्विक तथा ऐतिहासिक मौलिकता बोकेको स्थानलाई किटान गरी पर्यटन प्रवद्र्धनलाई बढाबा दिन सकिन्छ ।
बाहिर संविधान संशोधन भन्दैछन् तर उनीहरूले ओलीबाट ‘संविधान संशोधन हुन्छ’ भन्ने वाक्यबाटै प्रभावित भएर सरकारमा सहभागी हुन खुट्टा उचालेका छन् ।
कृषि क्षेत्रमा भारतले प्रदान गर्ने अनुदान र समग्र कार्यक्रमको नेपालमा असर पर्ने देखिन्छ । तर पनि यसको प्रभाव नेपालको कृषि क्षेत्रलाई संकटमै पार्न सक्ने हुने सम्भावना निक्कै कम छ ।
यो सरकारले चाहेमा संविधान संशोधनका लागि कुनै अप्ठयारा छैनन् र यसका लागि उसले मधेशी दललाई सरकारमा ल्याउनै पर्छ भन्ने पनि छैन ।
माद्ध ५ गते एक दिन बलिदानी दिवस मनाएर मात्र शहिदको सपना पूरा हुँदैन । मधेश आन्दोलनका क्रममा सहिदहरूले देखाएको बाटोमा दलहरू नलागेको र सदैव कुर्सीको खेलमा लागेकोमा दुःखी छन् ।
उखु किसानले हरेक वर्ष झमेला र दुःख खेप्दै आएका छन् तर उनीहरूको सहारा राज्य पनि बन्दैन । राज्यले पनि किसानको श्रमको मूल्य बुझ्न सकिरहेको छैन ।