काठमाडौं, २९ असार । जनता समाजवादी पार्टी, नेपाल सम्बद्ध संघीय कानून व्यवसायी एसोसिएशनको राष्ट्रिय सम्मेलन आह्वान गरिएको छ ।

जनकपुरधाम, २८ असार । राष्ट्रिय एकता अभियानमा आवद्ध युवाहरुको समुहले आज धनुषाका सीडीओलाई ज्ञापन पत्र वुझाउँदै गैरकानुनी धर्म परिवर्तन रोक्न ध्यानाकर्षण गराएको छ ।

काठमाडौं, २८ असार । अव्यवस्थित एवं फोहोरको डम्पिङ साइट जस्तै देखिने नेपाल कृषी अनुसन्धान परिषद (नार्क)लाई व्यवस्थित बनाउँने काम भईरहेको छ ।

रौतहट, २८ असार । जिल्लाको मौलापुर नगरपालिकामा विविन्न ठाउँमा वृक्षारोपण गरिएको छ ।

काठमाडौं, २८ असार । सन् २०२२ को फेव्रवरी २४ का दिन रुसले युक्रेनमाथि आक्रमण गरे पश्चात शुरु भएको रुस–युक्रेन युद्धको ५०५ औँ दिन मानव अधिकार तथा शान्ति समाजले तत्काल युद्ध अन्त्य गर्न रुसलाई आग्रह गर्दै काठमाण्डौस्थित रुसी राजदुतावास अगाडि प्रदर्शन गरेको छ ।

काठमाडौं, २८ असार । संघीयता कार्यान्वयनपछि तीन तहको सरकारमा मात्रृभाषालाई सरकारी कामकाजको भाषा बनाउने विषय कार्यान्वयनमा नआएको आदिवासी सम्बद्ध सङ्घ–संस्थाहरूले गुनासो गरेका छन् ।

बाँके, २८ असार । जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका–१५ जमुनाह स्थित शर्मा गल्लीबाट सशस्त्र प्रहरीले २० लाख नेपाली रुपैयाँसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।

काठमाडौं, २८ असार । थाइल्याण्ड लाने भनी झुक्याई जबरजस्ती म्यानमार पुर्‍याई बन्धक बनाएर अनलाइन स्क्यामिङ गराएको अभियोगमा चिनियाँ नागरिक चीनको ज्ञानसु प्रान्त घर भई काठमाडौं महानगरपालिका–१५ बिजेश्वरीमा अस्थायी रुपमा बस्ने ४२ वर्षीय जोहन्सन नाम बताउने लियाङ जु लाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

कैलाली, २८ असार । कपडाको होलसेल पसलमा आगलागी हुँदा लाखौंको धनमाल जलेर नष्ट भएको छ ।

काठमाडौं, २७ असार । आम जनता पार्टी (आजपा) निकटको आम बुद्धिजीवी मोर्चाको केन्द्रीय कमिटी विस्तार गरिएको छ । नविन महतोको संयोजकतत्वमा ६७ सदस्यीय केन्द्रीय कमिटी विस्तार गरिएको छ ।

काठमाडौं, २७ असार । नागरिकता वितरणमा देखिएका अस्पष्टता र जटिलता निराकरण गर्न तराई–मधेश लोकतान्त्रिक पार्टीले माग गरेको छ ।

काठमाडौं, २७ असार । नेपाललाई ब्रिटिस साम्राज्यको अंग देखाउने तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको जन्मस्थान नेपालको नक्साबाट गायव गर्ने एमाले नेतृ रेखा झालाई कारबाही गर्न माग गरिएको छ ।

काठमाडौं, २७ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको निधनप्रति मधेश प्रदेशका निवर्तमान प्रदेश प्रमुख डा.राजेश अहिराजले दुःख व्यक्त गरेका छन् ।

पर्सा, २७ असार । वीरगंज महानगरपालिका १६ स्थित भन्सार मेनगेट ईलाकाबाट अन्दाजी १५ केजी चरेश र एउटा मोटरसाईकलसहित दुई जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

काठमाडौं, २७ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको निधनप्रति छिमेकी मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले समवेदना प्रकट गरेका छन् ।

काठमाडौं, २७ असार । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले प्रधानमन्त्री पत्नी सीता दाहालको निधनप्रति समवेदना प्रकट गरेका छन् ।

रौतहट, २७ असार । गरुडा नगरपालिका–८ स्थित पाल पेट्रोल पम्प नजिक सडकमा म्याजिकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

सिरहा, २७ असार । सडक डिभिजन कार्यालय लहानका लेखा अधिकृत पदम विनोद पोखरेल रु एक लाख घुस रकमसहित पक्राउ परेका छन् ।

काठमाडौं, २७ असार । प्रधानमन्त्री प्रचण्ड पत्नी एवं नेकपा माओवादी केन्द्रको सल्लाहकार सीता दाहालको निधनबाट पार्टी, जनता र राष्ट्रका लागि अपूरणीय क्षति भएको जनाएको छ ।

काठमाडौं, २७ असार । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ ।

सप्तरी, २६ असार । रुपनी गाउँपालिका–१ रुपनी चोकस्थित सडकमा को.१ क १०८४ नम्बरको ट्रकको ठक्करबाट साईकलयात्रीको मृत्यु भएको छ ।

बारा, २६ असार । जितपुरसिमरा उपमहानगरपालिका–२२ चरिया माई मन्दिर नजिक सडकमा रहेको ना.१ क ३२०५ नम्बरको ट्रकबाट अवैध लागूऔषध गाँजा १ सय ५ किलोग्राम प्रहरीले बरामद गरेको छ ।

काठमाडौं, २६ असार । राष्ट्रिय एकता अभियानकी निवर्तमान उपाध्यक्ष सुनिता साह समतामूलक समाज निर्माण महाअभियानमा प्रवेश गरेकी छन् ।

काठमाडौं, २६ असार । सोलुखुम्बुमा भएको मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परी ६ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

काठमाडौँ, २६ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वविद्यालयहरूले वैज्ञानिक अनुसन्धान र नवीनतम् प्रविधिको प्रयोगलाई केन्द्रमा राखेर कृषि वैज्ञानिक उत्पादनमा केन्द्रित हुनुपर्ने बताएका छन् ।

ट्रेन्डिङ