सिरहा, २२ असार । भगवानपुर गाउँपालिका–४ ठाडी बसपार्कबाट नियन्त्रित लागूऔषध नाइट्राभेट ३० ट्याब्लेट र स्पाक्सोप्रोक्सिमन ३२ ट्याब्लेटसहित दुई जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं, २२ असार । प्रचलित कानुनको अधिनमा रही मुलुकभर सुदृढ शान्ति–सुव्यवस्था कायम राख्ने, अपराध रोकथाम तथा नियन्त्रण गर्ने विशिष्टिकृत तथा वैज्ञानिक अपराध अनुसन्धान क्षमता अभिवृद्धि एवं प्रहरी सेवा प्रवाहको गुणस्तरमा व्यवसायिक सुदृढिकरण गरी समग्र प्रहरी संगठनको दीर्घकालीन विकास तथा रूपान्तरण गर्ने सन्दर्भमा तयार गरिएको नेपाल प्रहरीको कार्ययोजना–२०८० सार्वजनिक गरिएको छ ।
सप्तरी, २२ असार । बिष्णुपुर गाउँपालिका–७ बिष्णुपुर टोल बस्ने ७० वर्षीय राम प्रसाद रामको चट्याङ लागेर मृत्यु भएको छ ।
धनुषा, २२ असार । गणेशमान चारनाथ नगरपालिका–३ भरतपुरस्थित सबैला बिरेन्द्रबजारस्थित सडकमा ज.७ प ४३४८ नम्बरको मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
मोरङ, २२ असार । रंगेली नगरपालिका–७ स्थित सिद्ध आइसा होटलबाट अवैध लागूऔषध ब्राउसुगर जस्तो देखिने पदार्थसहित एकजना पक्राउ परेका छन् ।
महोत्तरी, २२ असार । मटिहानी नगरपालिकाको नौ वटै वडाका हरेक घर परिवारलाई निःशुल्क रुपमा दुईवटा आँपको विरुवा उपलब्ध गराउने कुरा कृषि शाखाका प्रमुख टंक प्रसाद उपाध्यायले बताएका छन् ।
कपिलवस्तु, २१ असार । कृष्णनगर नगरपालिका–९ बहादुरगंज बस्ने ३२ वर्षीया सारदा केवटको करेन्ट लागेर बिहीबार दिउँसो मृत्यु भएको छ ।
रूपन्देही, २१ असार । सिद्धार्थनगर नगरपालिका–८ बिद्युत कार्यालय नजिक सडकमा भैरहवाबाट बुटवलतर्फ जाँदै गरेको लु.८३ प ४१९३ नम्बरको मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।
बारा, २१ असार । कोल्हवी नगरपालिका–५ स्थित सोनाभार बस्ने जितेन्द्र चौधरीको घरबाट अवैध लागूऔषध गाँजा करिब १ सय ६८ केजी बिहीबार बिहान प्रहरीले बरामद गरेको छ ।
महोत्तरी, २१ असार । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वडा नं. ६ स्थित राष्ट्रिय जनता आधारभूत प्राथमिक विद्यालयका छात्र छात्राहरुलाई मटिहानी नगरपालिका नगर प्रमुख हरिप्रसाद मण्डलले झोला बितरण गरेका छन् ।
काठमाडौं, २१ असार । दैलेख जिल्लामा भारत सरकारको सहयोगमा निर्माण भएको ४ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु उद्घाटन भएको छ ।
वीरगंज । नेकपा एमालेका केन्द्रीय सचिव एवं मधेश प्रदेशका इन्चार्ज योगेश भट्टराईले अहिलेको सरकारले किसानको समस्यालाई बेवास्ता गरेको आरोप लगाएका छन् ।
नेपालगन्ज, २० असार । बाँके र बर्दियाका विभिन्न युनिटमा आबद्ध नेपाली सेनालाई सर्पदंश सम्बन्धि प्रशिक्षण दिइएको छ । श्री अर्जुनबाण गण ओभरी ब्यारेकमा सर्पदंश सम्बन्धि सचेतनामूलक प्रशिक्षण दिइएको हो ।
सर्लाही, २० असार । जिल्लाको बसबरीया गाउँपालिका वडा नं ३ को मुसहर बस्तीका मुसहर महिलाहरूलाई पशु वितरण गरिएको छ ।
काठमाडौं, २० असार । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले आफू भ्रष्टाचारविरोधी लडाइँमा सतिसालझैं उभिने बताएका छन् ।
काठमाडौं, २० असार । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले काठमाडौं जिल्लाको बुढानीलकण्ठ नगरपालिका–३ मा निर्मित बुढानीलकण्ठ धर्मशाला (अतिथि गृह) को उद्घाटन गरेका छन् ।
काठमाडौं, २० असार । श्रीलंका भ्रमणमा रहेका नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले बुधबार राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटवार्ता गरेका छन् ।
नवलपरासी (पश्चिम), २० असार । बर्दघाट नगरपालिका–४ बर्दघाट बजारस्थित आशिष फोटो स्टुडियोमा आगलागी हुँदा लाखौंको धनमाल जलेर नष्ट भएको छ ।
सुनसरी, २० असार । ईटहरी उपमहानगरपालिका–६ बिरेन्द्र चोकस्थित सडकमा ना.१ ख ९१०७ नम्बरको टिपरले को.१४ प ५२६ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार २ जनाको मृत्यु भएको छ ।
महोत्तरी, २० असार । रामगोपालपुर नगरपालिका–१ लक्ष्मीपुर बस्ने ३८ वर्षीय कौशल मण्डललाई पेस्तोल १ थान र गोलीको खोका ३ थानसहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
सप्तरी, २० असार । आफ्नै श्रीमतीको ३२ वर्षीया किरण कुमारी चौधरीको हत्या गरेको अभियोगमा सम्भुनाथ नगरपालिका–५ मोहनपुर बस्ने ईनरदेव चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।