काठमाडौं । संघीय हिन्दू गणतन्त्र स्थापनार्थ राष्ट्रिय एकता अभियानका युवा विभाग प्रमुख दिवस पटेल त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरअन्तर्गत प्राणीशास्त्र केन्द्रिय विभागको ’नेपाल प्राणीशास्त्र विद्यार्थी संघ’ (ZOOSAN) को चुनावमा अध्यक्ष पदमा विजयी भएका छन् ।
पोखरा । रौतहटको मौलापुर नगरपालिका शिक्षा क्षेत्रमा उत्कृष्ट अवार्डबाट आज पुरस्कृत भएको छ । प्रिन्सिपल एशोसिएशन अफ नेपाल (पान)द्धारा मौलापुर नगरपालिकाका मेयर रिनाकुमारी साहलाई शिक्षा क्षेत्रमा उत्कृष्ट काम गरेको भन्दै उत्कृष्ट अवार्डबाट पुरस्कृत गरिएको हो ।
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी ११३ औं अन्तराष्ट्रिय श्रम सम्मेलनमा भाग लिन जेनेभा प्रस्थान गरेका छन् ।
बाँके । कोहलपुरमा सरसफाई हिरो सम्मान सामुदायिक स्तरमा रहि कोहलपुर नगरपालिकालाई सरसरफाईयुक्त पालिका बनाउन महत्वपूर्ण भुमिका निर्वाह गर्ने एक सरसफाईकर्मीलाई सरसफाई हिरो सम्मान प्रदान गरिएको छ ।
काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि रुसी महासंघका राजदूत एलेक्सी नोभिकोभले लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा बिहीबार शिष्टाचार भेटवार्ता गरेका छन् ।
काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले जसपा नेपाल बर्दिया जिल्ला कार्यसमितिको एकताको प्रथम अधिवेशनको उद्घाटन गरेका छन् ।
जनकपुरधाम । मधेश प्रदेश सरकारले शुक्रबार संसद्मा नीति तथा कार्यक्रम ल्याउँदै छ । मधेशको प्रदेश सभामा प्रदेश प्रमुख सुमित्रा भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका छ ।
जनकपुरधाम । मधेश प्रदेश सरकारले सार्वजनिक वित्तीय व्यवस्थापन मूल्यांकनको अन्तिम चरणमा पुगेको छ । यो मूल्यांकन एशियन डेभलपमेन्ट बैंक (एडीबी) को प्राविधिक सहयोगमा स्वमूल्यांकन विधिबाट अगाडि बढाइएको हो।
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले संयुक्त अरब ईमिरेटस (युएइ) जाने कामदारका लागि १ हजार दिराम भन्दा कम तलब सुविधा भए मागपत्र प्रमाणिकरण नहुने बताएका छन् ।
काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवसहितका केन्द्रीय नेतृत्व लुम्बिनी प्रदेशका तीन वटा जिल्लाको अधिवेशन सम्पन्न गराउन नेपालगञ्ज पुगेका छन् ।
नेपालगंज । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले भिजिट भिसा प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओलीको षड्यन्त्रको शिकार गृहमन्त्री रमेश लेखक भएको बताएका छन् ।
रौतहट । पूर्व–पश्चिमको महेन्द्र राजमार्गअन्तर्गत रौतहटको चन्द्रपुर–१ मङ्गलपुरमा सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का महासचिव मनिषकुमार मिश्रलाई केन्द्रीय प्रवक्ता पदमा मनोनयन गरेको छ ।
जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले लैंगिकमैत्री तथा समावेशी उद्यमको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक विकास मन्त्री शरत सिंह भण्डारीले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको समस्या समाधानका लागि गैर आवासीय नेपाली संघ (एनआरएनए) सँग सहकार्य गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले काठमाडौंमा शान्तिपुर्ण प्रदर्शनमा रोक लगाउनु लोकतन्त्रको उपहास भएको टिप्पणी गरेका छन् ।
मलेसिया । मलेसिया भ्रमणमा रहनु भएका जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव र मलेसियाको लागि नेपाली राजदूत डा. नेत्रप्रसाद तिमल्सेनाबीच नेपाली श्रमिकको समस्यामा केन्द्रित भएर बारे छलफल भएको छ।
नेपालगञ्ज । बास नेपालको सहजीकरण र गेरुवा गाउँपालिकाको आयोजनामा पालिकाका जनप्रतिनिधिहरु र कर्मचारीहरुलाई स्थानिय कानुन निर्माण र गाउँ सभा सञ्चालन विषयमा तालिम सम्पन्न भएको छ ।
इमरान खान, कपिलवस्तु । आठौ नगरस्तरीय मेयर कप क्रिकेट उपाधि कपिलवस्तु नगरपालिका वडा नम्बर २ ले जितेको छ ।
मलेसिया । मलेसियाको क्वालालम्पुरमा बसेको नेपाली समाज मलेसियाको विशेष भेलाले नयाँ कार्यसमिति चयन गर्नुका साथै, एक भव्य संस्थागत शुभकामना तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ।
काठमाडौं । पूर्वगृह राज्यमन्त्री मो.रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी पार्टी नेपालको केन्द्रीय बैठकले तीनबुँदे महत्वपूर्ण निर्णयहरु सार्वजनिक गरेको छ ।
भरतपुर । उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.को आयोजनामा श्री रामजानकी बालिका आश्रम (कन्यागुरुकुलम)मा आश्रित बालिकाहरुलाई स्टेशनरी तथा सरसफाई सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ ।