काठमाडौं । संविधान संशोधनका लागि गठन गरिएको बहसपत्र तयारी कार्यदलको कार्यशैली र उद्देश्यप्रति विभिन्न राजनीतिक दलहरूले गम्भीर असन्तुष्टि जनाएका छन्।

काठमाडौं  । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद कुमार साहले सुनसरी–४ मा वर्षायामसँगै बाढी, डुबान र पानी निकासको समस्या गम्भीर बन्दै गएको भन्दै तत्काल पूर्वतयारी गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ।

काठमाडौं । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले वीरगञ्ज महानगर क्षेत्रमा बजार तथा सडक व्यवस्थापनका नाममा भइरहेको संरचना भत्काउने कार्यप्रति गम्भीर आपत्ति जनाएका छन्।

काठमाडौं । कमन जेनजी नेपाल (Common Gen-Z Nepal)को केन्द्रीय कमिटी पुनर्गठन गरिएको छ । विभिन्न घटकलाई एकीकृत गर्दै कमन जेनजी नेपालको पुनर्गठन गरिएको हो ।

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो १०० दिनलाई सुशासन र संस्थागत सुधारको प्रयास प्रारम्भिक चरणमा रहेको ब्याख्या गर्दै सरकारको वास्तविक परीक्षा अब त्यसको कार्यान्वयन र त्यसबाट प्राप्त हुने परिणाममा निर्भर हुने टिप्पणी गरेका छन्।

काठमाडौं । आम जनता पार्टी (आजपा) ले वर्तमान सरकार १०० दिनको अवधिमा अधिकांश क्षेत्रमा असफल भएको निष्कर्ष निकालेको छ ।

सर्लाही । मधेश मुक्ति अभियानद्वारा सर्लाही जिल्लाको कौडेना गाउँपालिकामा आयोजित अन्तरक्रिया कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

जनकपुरधाम । मानव अधिकारको क्षेत्रमा कार्यरत अन्तर्राष्ट्रिय संस्था Amnesty International Youth-57 जनकपुरधाम समूहको ३५औँ साधारण सभाले आगामी दुई वर्षे कार्यकालका लागि मनिष झा श्रीओमलाई अध्यक्ष (संयोजक) मा सर्वसम्मत रूपमा निर्वाचित गरेको छ।

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता सर्वेन्द्रनाथ शुक्लाले सरकारको सय दिनको कार्यसम्पादनबारे प्रतिक्रिया जनाउँदै जनतामा आशा त जागेको भए पनि भरोसा गर्ने बलियो आधार अझै निर्माण हुन बाँकी रहेको बताएका छन्।

काठमाडौं । नेपाल सरकारले उद्यमशीलता प्रवर्द्धन तथा लगानी वातावरण सुधार गर्ने उद्देश्यका साथ ‘स्टार्टअप फास्ट ट्र्याक (Startup Fast Track) कार्ययोजना, २०८३’ कार्यान्वयनमा ल्याएको छ।

जनकपुरधाम । मधेश प्रदेशका पूर्वमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता सुरेश मण्डलले वर्तमान राजनीतिक परिस्थितिलाई दृष्टिगत गर्दै संघीयता, लोकतन्त्र र समावेशिताको रक्षाका लागि राष्ट्रिय राजनीतिक सम्मेलन आयोजना गर्न प्रस्ताव गरेका छन्।

काठमाडौं । प्रतिनिधिसभा सदस्य इन्जिनियर दीपक कुमार साहले सुनसरी निर्वाचन क्षेत्र नं. ४ मा गुणस्तरीय मोबाइल तथा इन्टरनेट सेवा सुनिश्चित गर्न सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाको ध्यानाकर्षण गराएका छन्।

काठमाडौं । रौतहटको मौलापुर नगरपालिकालाई प्रमुख प्रशासकीय अधिकृत विहीन बनाएर प्रधानमन्त्री वालेन शाह नेतृत्वको सरकारले बजेट फ्रिज गर्न लागेको गम्भिर आरोप मेयर रिना साहले लगाएकी छन् ।

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले क्षणिक राजनीतिक स्वार्थका लागि सङ्घीयता, गणतन्त्र, लोकतन्त्र, धर्मनिरपेक्षता र समानुपातिक समावेशीता जस्ता संविधानका मूल चरित्र भत्काउन खोजे मुलुक गम्भीर जातीय तथा क्षेत्रीय द्वन्द्व र अशान्ति तर्फ धकेलिने चेतावनी दिएका छन् ।

काठमाडौँ । सांसद ई.दीपक कुमार साहले प्रतिनिधिसभा बैठकमा स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३ माथिको छलफलमा भाग लिँदै संस्थागत स्वायत्तता, पारदर्शी नियुक्ति प्रक्रिया र प्रभावकारी स्वास्थ्य बीमा प्रणालीको आवश्यकता औंल्याएका छन्।

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले राष्ट्रपति रामचन्द्र पौडेललाई पदीय गरिमा कायम गर्न नसकेको भन्दै जिम्मेवारीबाट अलग हुन आग्रह गरेका छन् ।

रौतहट । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले किसानलाई पेन्सनको व्यवस्था गर्नुपर्ने मा सरकारसंग गरेका छन् ।

काठमाडौं । प्रतिनिधि सभाकी उपसभामुख रुबी कुमारी ठाकुरले राष्ट्रिय धान दिवस (असार १५) का अवसरमा किसानहरूसँगै खेतमा धान रोपेर शुभकामना व्यक्त गरेकी छन्।

काठमाडौं । पिछडावर्ग (OBC) का अधिकार र पहिचानका विषयमा संघर्षरत राष्ट्रिय पिछडावर्ग महासंघले आफ्नो आन्दोलनलाई थप सशक्त बनाउने तयारी गरेको छ।

रौतहट । गौरमा जनअधिकार पार्टीका नेता तथा कार्यकर्ताले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको पुत्ला दहन गर्दै विरोध प्रदर्शन गरेका छन्।

नेपालगन्ज । मधेश मुक्ति अभियानले आफ्नो संगठन विस्तार अभियानलाई तीव्र बनाउने क्रममा बाँके जिल्लाको नेपालगञ्जमा युवा केन्द्रित बैठक सम्पन्न गरेको छ।

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालको संविधान २०७२ का प्रमुख उपलब्धिहरूको संरक्षण र प्रभावकारी कार्यान्वयनमा सरकार गम्भीर हुनुपर्ने बताएका छन्।

जनकपुरधाम। मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सतीशकुमार सिंहले सङ्घीयता कुनै व्यक्ति, दल वा शक्तिको कृपा, दान वा उपहारस्वरूप नेपालमा नआएको बताएका छन्।

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चितवन महाधिवेशनबाट प्रदेशसभा खारेज गर्ने निर्णय फिर्ता लिन आम जनता पार्टी (आजपा)ले माग गरेको छ ।

काठमाडौं । आम जनता पार्टी (आजपा) निकटको आईटी आर्मीको केन्द्रीय कमिटी पुनर्गठन गरिएको छ ।

ट्रेन्डिङ