जनकपुरधाम, १५ जेठ । रामजानकी अन्तर्राष्ट्रिय रङ्गशालामा सोमबारदेखि सुरु भएको राष्ट्रिय स्तरको क्रिकेट प्रतियोगितामा मधेश प्रदेशको विजयी सुरुवात भएको छ ।
रुपन्देही, १५ जेठ । बुटवलको बमघाटबाट पाल्पाको वसन्तपुरसम्म चल्ने लुम्बिनी केबलकार सोमबारदेखि सञ्चालनमा आएको छ ।
काठमाडौं, १५ जेठ । सरकारले आगामी आर्थिक वर्षका लागि रु १७ खर्ब ५१ अर्ब ३१ करोड बराबरको बजेट प्रस्तुत गरेको छ ।
काठमाडौं, १५ जेठ । गणतन्त्र दिवसको अवसरमा टीकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका पूर्वसांसद एवं नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरी रिहा भएका छन् ।
सप्तरी, १५ जेठ । सप्तरी जिल्लाको खडक नगरपालिकाका भूमीहिन, दलित, सुकुम्बासीलाई लालपूर्जा वितरण गर्नको लागि नगरले आइतबारदेखि निस्सा प्रदान गर्न सुरु गरिएको छ ।
शिवा शर्मा, बर्दिया, १४ जेठ । गैर सरकारी संस्था महासघ नेपाल जिल्ला शाखा बर्दियाले मुनाफारहित कार्य गर्ने संघ संस्थाहरुको कर, भ्याटका समस्या समाधान गरी पाउँ भन्दै ज्ञापनपत्र बुझाएको छ ।
कैलाली, १४ जेठ । धनगढी उपमहानगरपालिका–२ त्रिनगर ब्यारेलबाट अवैध लागूऔषध ब्राउनसुगरसहित एक युवक पक्राउ परेका छन् ।
काठमाडौं, १४ जेठ । टीकापुर घटनामा जन्मकैदको साजय भोगिरहेका पूर्वसांसद एवं नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई आममाफी दिन सरकारले राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
विराटनगर, १४ जेठ । कोशी प्रदेश नामाकरणको विरोधमा विराटनगरमा प्रदर्शन हुँदा आन्दोलनकारी र प्र्रहरीबीच झडप भएको छ ।
काठमाडौं, १४ जेठ । मानव अधिकार तथा शान्ति समाजले १६औं गणतन्त्र दिवसको पूर्वसन्ध्यामा काठमाडौंमा आयोजना गरेको धर्ना प्रदर्शनबाट प्रहरीले १७ जना अधिकारकर्मीलाई गिरफ्तार गरेको छ ।
शिवा शर्मा, बर्दिया, १४ जेठ । बारबर्दिया नगरपालिकाको समन्वयमा प्रदेशस्तरीय प्रारम्भिक बाल विकास रणनीति निर्माणका लागि परार्मश गोष्ठी सम्पन्न भएको छ ।
कमल राज पौडेल देवकमल, बर्दिया, १४ जेठ । बर्दियाको गुलरिया नगरपालिका वडा नं. ४ अन्तर्गत रहेको दिगोपन सामाजिक उद्यमी महिला सहकारी संस्थाले केरा पकाउने च्याम्बर निर्माण कार्यको शिलान्यास गरेको छ ।
जनकपुरधाम, १४ जेठ । जनकपुरधामको रजौलमा रहेको रामजानकी अन्तर्राष्ट्रिय रङ्गशालामा भोलि सोमबारदेखि राष्ट्रिय स्तरको क्रिकेट प्रतियोगिता हुने भएको छ ।
काठमाडौं, १४ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही जेठ १७ देखि २० गतेसम्म छिमेकी मित्रराष्ट्र भारतको औपचारिक भ्रमण गर्ने भएका छन् ।
विराटनगर, १३ जेठ । जिल्ला प्रशासन कार्यालय मोरङले कोशी प्रदेशको राजधानी विराटनगरमा धर्ना, विरोधसभा र ¥याली गर्न निषेध गरेको छ ।
कैलाली, १३ जेठ । जिल्लाको धनगढी उपमहानगरपालिकाबाट अवैध लागूऔषध ब्राउनसुगर र चरेससहित तीन जना पक्राउ परेका छन् ।
काठमाडौं, १३ जेठ । नवलपरासी (पश्चिम) रामग्राम नगरपालिका–१८ धरमपुरबाट संरक्षित वन्यजन्तु गैंडाको खाग (आखेटोपहार) जस्तो देखने वस्तु १ थानसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं, १३ जेठ । आम जनता पार्टी (आजपा) निकटको आईटी आर्मीले बैदेशिक रोजगारीमा ठगिएका आम नेपालीको हकहित एवं अधिकारका लागि आवाज उठाउने भएको छ ।
जनकपुरधाम, १३ जेठ । तराई–मधेश लोकतान्त्रिक पार्टीले राष्ट्रपति कार्यालयको दराजमा बन्द नागरिकता विधेयकलाई प्रमाणिकरण गर्न सरकारले राष्ट्रपतिलाई आग्रह गरेकोमा सोको स्वागत गर्दै अब राष्ट्रपतिले यसलाई तत्काल प्रमणिकरण गर्नु पर्ने बताएको छ ।
सप्तरी, १२ जेठ । राजबिराज नगरपालिका–५ बस्ने १६ वर्षीय पेशालाल नन्दन यादवको करेन्ट लागेर शुक्रबार बिहान मृत्यु भएको छ ।
पर्सा, १२ जेठ । कालिकामाई गाउँपालिका–१ बाट अवैध लागूऔषध चरेश १० किलोग्रामसहित सोही ठाउँ बस्ने २१ वर्षीय अनिल पासवानलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
काठमाण्डु, १२ जेठ । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले सार्वजनिक रुपमा झुट बोलेका छन् । सेनापति शर्माले चीनबाट हतियार ल्याउने समाचार गलत भएको भन्दै झुट बोलेका हुन् ।