काठमाडौं । रौतहटको मौलापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेशबाबु घिमिरेमाथि नगरपालिकाको खाताबाट करोडौँ रुपैयाँ अनियमित रूपमा झिकेको आरोप लागेको छ।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद इन्जिनियर दीपक कुमार साहले सुनसरी–४ अन्तर्गत पर्ने कोशी टापु र चिलिया टापु क्षेत्रमा बसोबास गर्ने नागरिकहरू दशकौँदेखि आधारभूत सेवाबाट वञ्चित रहेको विषय प्रतिनिधि सभामा उठाएका छन्।

काठमाडौँ । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले गणेश नेपालीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै घटनालाई राज्य व्यवस्थाका लागि गम्भीर चेतावनीका रूपमा लिन आग्रह गरेका छन्।

काठमाडौं। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले गणेश नेपालीको उपचारका क्रममा भएको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै उक्त घटनालाई लोकतान्त्रिक एवं कानूनी राज्यका लागि गम्भीर चेतावनी भएको टिप्पणी गरेका छन्।

काठमाडौं । रौतहटको मौलापुरमा प्रधानमन्त्री वालेन्द्र शाह (वालेन)को पुतला दहन गरिएको छ । वालेन प्रधानमन्त्री भएपछि पहिलो पटक रौतहटको मौलापुरमा उनको पुतला दहन भएको छ ।

काठमाडौं । विकास निर्माणका कार्यलाई तिब्रता दिनुपर्ने समयमा रौतहटको मौलापुर नगरपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन भएको छ ।

काठमाडौं । संविधान संशोधनका लागि गठन गरिएको बहसपत्र तयारी कार्यदलको कार्यशैली र उद्देश्यप्रति विभिन्न राजनीतिक दलहरूले गम्भीर असन्तुष्टि जनाएका छन्।

काठमाडौं  । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद कुमार साहले सुनसरी–४ मा वर्षायामसँगै बाढी, डुबान र पानी निकासको समस्या गम्भीर बन्दै गएको भन्दै तत्काल पूर्वतयारी गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ।

काठमाडौं । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले वीरगञ्ज महानगर क्षेत्रमा बजार तथा सडक व्यवस्थापनका नाममा भइरहेको संरचना भत्काउने कार्यप्रति गम्भीर आपत्ति जनाएका छन्।

काठमाडौं । कमन जेनजी नेपाल (Common Gen-Z Nepal)को केन्द्रीय कमिटी पुनर्गठन गरिएको छ । विभिन्न घटकलाई एकीकृत गर्दै कमन जेनजी नेपालको पुनर्गठन गरिएको हो ।

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो १०० दिनलाई सुशासन र संस्थागत सुधारको प्रयास प्रारम्भिक चरणमा रहेको ब्याख्या गर्दै सरकारको वास्तविक परीक्षा अब त्यसको कार्यान्वयन र त्यसबाट प्राप्त हुने परिणाममा निर्भर हुने टिप्पणी गरेका छन्।

काठमाडौं । आम जनता पार्टी (आजपा) ले वर्तमान सरकार १०० दिनको अवधिमा अधिकांश क्षेत्रमा असफल भएको निष्कर्ष निकालेको छ ।

सर्लाही । मधेश मुक्ति अभियानद्वारा सर्लाही जिल्लाको कौडेना गाउँपालिकामा आयोजित अन्तरक्रिया कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

जनकपुरधाम । मानव अधिकारको क्षेत्रमा कार्यरत अन्तर्राष्ट्रिय संस्था Amnesty International Youth-57 जनकपुरधाम समूहको ३५औँ साधारण सभाले आगामी दुई वर्षे कार्यकालका लागि मनिष झा श्रीओमलाई अध्यक्ष (संयोजक) मा सर्वसम्मत रूपमा निर्वाचित गरेको छ।

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता सर्वेन्द्रनाथ शुक्लाले सरकारको सय दिनको कार्यसम्पादनबारे प्रतिक्रिया जनाउँदै जनतामा आशा त जागेको भए पनि भरोसा गर्ने बलियो आधार अझै निर्माण हुन बाँकी रहेको बताएका छन्।

काठमाडौं । नेपाल सरकारले उद्यमशीलता प्रवर्द्धन तथा लगानी वातावरण सुधार गर्ने उद्देश्यका साथ ‘स्टार्टअप फास्ट ट्र्याक (Startup Fast Track) कार्ययोजना, २०८३’ कार्यान्वयनमा ल्याएको छ।

जनकपुरधाम । मधेश प्रदेशका पूर्वमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता सुरेश मण्डलले वर्तमान राजनीतिक परिस्थितिलाई दृष्टिगत गर्दै संघीयता, लोकतन्त्र र समावेशिताको रक्षाका लागि राष्ट्रिय राजनीतिक सम्मेलन आयोजना गर्न प्रस्ताव गरेका छन्।

काठमाडौं । प्रतिनिधिसभा सदस्य इन्जिनियर दीपक कुमार साहले सुनसरी निर्वाचन क्षेत्र नं. ४ मा गुणस्तरीय मोबाइल तथा इन्टरनेट सेवा सुनिश्चित गर्न सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाको ध्यानाकर्षण गराएका छन्।

काठमाडौं । रौतहटको मौलापुर नगरपालिकालाई प्रमुख प्रशासकीय अधिकृत विहीन बनाएर प्रधानमन्त्री वालेन शाह नेतृत्वको सरकारले बजेट फ्रिज गर्न लागेको गम्भिर आरोप मेयर रिना साहले लगाएकी छन् ।

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले क्षणिक राजनीतिक स्वार्थका लागि सङ्घीयता, गणतन्त्र, लोकतन्त्र, धर्मनिरपेक्षता र समानुपातिक समावेशीता जस्ता संविधानका मूल चरित्र भत्काउन खोजे मुलुक गम्भीर जातीय तथा क्षेत्रीय द्वन्द्व र अशान्ति तर्फ धकेलिने चेतावनी दिएका छन् ।

काठमाडौँ । सांसद ई.दीपक कुमार साहले प्रतिनिधिसभा बैठकमा स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३ माथिको छलफलमा भाग लिँदै संस्थागत स्वायत्तता, पारदर्शी नियुक्ति प्रक्रिया र प्रभावकारी स्वास्थ्य बीमा प्रणालीको आवश्यकता औंल्याएका छन्।

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले राष्ट्रपति रामचन्द्र पौडेललाई पदीय गरिमा कायम गर्न नसकेको भन्दै जिम्मेवारीबाट अलग हुन आग्रह गरेका छन् ।

रौतहट । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले किसानलाई पेन्सनको व्यवस्था गर्नुपर्ने मा सरकारसंग गरेका छन् ।

काठमाडौं । प्रतिनिधि सभाकी उपसभामुख रुबी कुमारी ठाकुरले राष्ट्रिय धान दिवस (असार १५) का अवसरमा किसानहरूसँगै खेतमा धान रोपेर शुभकामना व्यक्त गरेकी छन्।

काठमाडौं । पिछडावर्ग (OBC) का अधिकार र पहिचानका विषयमा संघर्षरत राष्ट्रिय पिछडावर्ग महासंघले आफ्नो आन्दोलनलाई थप सशक्त बनाउने तयारी गरेको छ।

ट्रेन्डिङ