रौतहट, ५ जेठ । जिल्लाको राजदेवी नगरपालिका ८ स्थित काँटाचोकबाटसशस्त्र प्रहरीले करीव १ लाख १७ हजार रुपैयाँ बराबरको मदिरा बरामद गरेको छ ।
महोत्तरी, ५ जेठ । मधेश प्रदेशका निवर्तमान प्रदेश प्रमुख डा.राजेश अहिराजले महोत्तरी जिल्लाको एक विद्यालयमा शैक्षिक सामग्री वितरण गरेका छन् ।
प्रेमचन्द्र झा, रौतहट, ५ जेठ । जिल्लामा खोज र खोप अभियानले तीव्रता पाएका छन् । असार मसान्तसम्म रौतहटलाई पूर्ण खोप जिल्लाको रुपमा घोषणा गराउने उदेश्यका साथ खोजौ र खौपौ अभियान चलिरहेको हो ।
नेपालगञ्ज, ४ जेठ । मुस्लिम जर्नलिस्ट क्लब नेपालले बिहीबार नेपालगञ्जमा आयोजना गरेको एक बृहत्त कार्यक्रमका बिच बाँकेका सातजना वरिष्ठ व्यक्तित्वलाई अन्तर्राष्ट्रिय सेवा सम्मानबाट सम्मानित गरिएको छ ।
काठमाडौं, ४ जेठ । भारत सरकारको अनुदान सहयोगमा स्वास्थ्य सेवा तथा शैक्षिक क्षेत्रमा दुईवटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको निर्माण कार्य अघि बढाउनका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
बाँके, ४ जेठ । नेपालगंज उपमहानगरपालिका–५ फुलटेक्रा बस्ने अकबर अलि खानको नुर जनरल अर्डर सप्लायर्सको सटरभित्र आगलागी भएको छ ।
पर्सा, ४ जेठ । छिपरमाई गाउँपालिका–५ भिस्वास्थित सडकमा बीआर ५ ए ८३३२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ ।
रूपन्देही, ४ जेठ । बुटवल उपमहानगरपालिका–९ नयाँ बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ सय ७० मिलिग्रामसहित सोही उपमहानगरपालिका–११ बस्ने ४२ वर्षीय नारायण प्रसाद सिंजापतिसमेत २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कपिलवस्तु, ४ जेठ । कृष्णनगर नगरपालिका वडा नम्बर १२ वडा अध्यक्ष प्रहलाद प्रसाद यादवले युवातीलाई भारतमा बेपत्ता पारेको आरोप लागेको हो ।
काठमाडौं, ३ जेठ । अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को १००औं सदस्यता प्राप्त गरेको नेपालले इन्टरपोलको शताब्दी वर्ष भव्यताका साथ मनाउने कार्यक्रम अन्तर्गत नेपाल प्रहरीको प्रतिनिधित्व गर्दै पहिलो पटक प्रहरी वरिष्ठ नायव निरीक्षक पुरूषोत्तम नेपालीले मंगलबार बिहान १०ः१५ बजे विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरेका छन् ।
काठमाडौं, ३ जेठ । पूर्वमन्त्री प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)को पूर्वनिर्धारित ‘जागरण यात्रा’ स्थगित भएको छ ।
बाँके, ३ जेठ । बाँकेको नरैनापुर गाँउपालिका –१ मा रहेको श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय महतिनियाँमा शैक्षिक सामग्री वितरण गरिएको छ ।
रौतहट, ३ जेठ । जिल्लाको बौधिमाई नगरपालिका ५ स्थित कोपवाबाट सशस्त्र प्रहरीले करीव २ लाख ६२ हजार रुपैयाँ बराबरको लत्ताकपडा तथा कस्मेटिक सामान र नक्कली गरगहना बरामद गरेको छ ।
विराटनगर, ३ जेठ । प्रदेश प्रमुख परशुराम खापुङसमक्ष मुख्यन्यायाधिवक्ताको कार्यालय, कोशी प्रदेशका मुख्यन्यायाधिवक्ता गजेन्द्र आचार्यले काम, कर्तव्य, अधिकार र सेवाका सर्तसम्बन्धि ऐन, २०७५ को दफा १२ बमोजिम कार्यालयको वार्षिक प्रतिवेदन (आर्थिक वर्ष ०७८/७९) पेश गरेका छन् ।
सर्लाही, ३ जेठ । जिल्लाको मलंगवा नगरपालिका ९ स्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले १ सय ६६ के.जी. गाँजा बरामद गरेको छ ।
काठमाडौं, ३ जेठ । मानव अधिकार तथा शान्ति समाजको प्रतिनिधिमण्डलले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटी नक्कली भुटानी शरणार्थी प्रकरणका मूल दोषीहरुमाथि कारबाही सुनिश्चित गर्न आग्रह गरेको छ ।
काठमाडौं, ३ जेठ । सर्वोच्च अदालतले रेशम चौधरीको जन्मकैद फैसला सदर गरेको विरोधमा नागरिक उन्मुक्ति पार्टीले आन्दोलन घोषणा गरेको छ ।
बर्दिया, ३ जेठ । भ्रष्टाचारमुक्त शासन प्रशासन हुनुपर्ने माग गर्दै बर्दियाका युवा अभियन्ताहरुले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुुझाएको छ ।
काठमाडौं, ३ जेठ । टीकापुर घटनामा जन्मकैद सजाय भोगिरहेका पूर्वसांसद एवं नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले सर्वोच्च अदालतको फैसलापछि आफ्नो वक्तव्य सार्वजनिक गरेका छन् ।
जनकपुरधाम, २ जेठ । मधेश प्रदेशसभाले प्रदेश खेलकुद विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक बहुमतले पारित गरेको छ ।
काठमाडौं, २ जेठ । सर्वोच्च अदालतले टीकापुर हत्याकाण्डमा जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीलाई उच्च अदालत दिपायलकै फैसला सदर गर्दै दोषी ठहर गरेको छ ।
रौतहट, २ जेठ । जिल्लाको राजपुर नगरपालिका १ स्थित पिप्रा भगवानपुरबाट सशस्त्र प्रहरीले करीव ३ लाख ३१ हजार रुपैयाँ बराबरको लत्ताकपडासहितको मोटरसाइकल नियन्त्रणमा लिएको छ ।
चितवन, २ जेठ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले मनसुनजन्य विपद् उद्धारका लागि तयारी हालतमा रहन निर्देशन दिएका छन् ।