जनकपुरधाम, ८ जेठ । राष्ट्रिय एकता अभियानका नेता मनिष पुर्वेमाथि आईतवार राती जनकपुर जाने क्रममा अज्ञात समुहले आक्रमण गरेको छ।
काठमाडौं, ८ जेठ । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं सांसद प्रभु साहले देशका केही मुट्ठीभर मान्छेले हालीमुहाली गरेको आरोप लगाएका छन् ।
काठमाडौं, ८ जेठ । सामाजिक सुरक्षा कोष र आइएमईबीच वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिहरुको सामाजिक सुरक्षा योजनाअन्तर्गत सामाजिक सुरक्षा कोषमा योगदान गर्ने प्रयोजनका लागि विदेशमा रहेका योगदानकर्ताहरुबाट रकम संकलनको सेवा प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ ।
रौतहट, ८ जेठ । मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री ई.बसन्त कुशवाहाले किसानको समस्या समाधान गर्न हरपल अग्रसर हुन मन्त्रालय मातहतका कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।
रुपन्देही, ७ जेठ । रोहिणी गाउँपालिका–३ स्थित रोहिणी एग्रो ईन्ड्रस्टिज प्रालिमा बिद्युतको तार सर्ट भई आगलागी हुँदा ३० लाखभन्दा बढीको क्षति भएको छ ।
चितवन, ७ जेठ । भरतपुर महानगरपालिका–१२ टिकौली जंगलबाट ना.४ ख ६६७४ नम्बरको ट्रकले बागमती प्रदेश ०३–००२प ७६८८ नम्बरको स्कुटरलाई आइतबार बिहान ठक्कर दिँदा स्कुटर चालक भरतपुर महानगरपालिका–११ बस्ने २० वर्षीय सागर तामाङको मृत्यु भएको छ ।
मोरङ, ७ जेठ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले वडा प्रहरी कार्यालय विराटनगरको नव–निर्मित कार्यालय भवनको आइतबार आयोजित एक कार्यक्रमबीच उद्घाटन गरेका छन् ।
कैलाली, ७ जेठ । टिकापुर नगरपालिका–५ प्रेमनगर बस्ने १७ वर्षीय अमृत चौधरीको नदीमा डुबेर मृत्यु भएको छ ।
काठमाडौं, ७ जेठ । जनमत पार्टीले आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिको काम सन्तोषजनक रहे÷नरहेको बारे जनमत संग्रह गर्ने भएको छ ।
काठमाडौं, ६ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उत्पादन वृद्धि र रोजगार सृष्टिमा सरकार दृढ रहेको बताएका छन् ।
सिन्धुली, ६ जेठ । हराएको कुल र वंशको रक्षा गर्ने मुल उदेश्यले पछिल्लो समयमा सिन्धुली जिल्लामा कुल जगाउने कार्यमा मुडुला कार्की क्षेत्रीहरु क्रियाशिल हुन थालेका छन् ।
काठमाडौं, ६ जेठ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदी अन्तर सरकारी समन्वय प्रभावकारी बनाउन सक्रिय रुपमा लागेका छन् ।
जनकपुरधाम, ६ जेठ । तराई–मधेश लोकतान्त्रिक पार्टीले नेपाली काँग्रेस, माओवादी, जसपा सम्मिलित गठबन्धनीय सरकारले चैत्र ६ गते, २०७८ मा लाल आयोगको प्रतिवेदन सार्वजनिक नगर्ने उद्देश्यले मन्त्री परिषदको निर्णय गरी सर्वोच्च अदालतमा सरकारको तर्फबाट रीट निवेदन दिएको तथ्य प्रकाशमा आएपछि खेद व्यक्त गरेको छ ।
कैलाली, ६ जेठ । कैलारी गाउँपालिका–३ ओमनगर शिविर बस्ने ३२ वर्षीय कुन्कु चौधरीको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको छ ।
काठमाडौं, ६ जेठ । समाजवादी प्रेस संगठन नेपाल, काठमाडौं जिल्ला शाखाको प्रथम जिल्ला अधिवेशन आज सम्पन्न भएको छ । सम्पन्न जिल्ला अधिवेशनले भीम लामाको अध्यक्षतामा नयाँ कार्य समिति सर्वसम्मत निर्वाचित भएको छ ।
काठमाडौँ, ६ जेठ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले घोषणा गरेको नेपाल बन्दको कार्यक्रम फिर्ता लिएको छ ।
काठमाडौँ, ५ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेश गरेका छन् ।
काठमाडौं, ५ जेठ । चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा नेकपा (माओवादी केन्द्र)को एक प्रतिनिधिमण्डल शुक्रबार चीन प्रस्थान गरेको छ ।
काठमाडौं, ५ जेठ । दक्षिण एशियाली मुलुकबीच आपसी सद्भाव र सहकार्य वृद्धि गरी साझा समृद्धि हासिल गर्नुपर्ने निचोडसहित ‘इन्डो–नेपाल–बङ्गलादेश मिडिया कन्क्लेभ–२०२३’ सम्पन्न भएको छ ।
नवलपरासी, ५ जेठ । सरकारले मिटरब्याज पीडितहरूको उजुरी दर्ता गरिरहेको समयमा अहिलेसम्म सबैभन्दा बढी उजुरी नवलपरासीमा परेको छ ।