काठमाडौं । भारत सरकारको सहयोगमा नेपालमा निर्माण हुने ७ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
ललितपुर । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले महिला उद्यमशिलता व्यक्तिगत आर्थिक सशक्तिकरण मात्र नभई सामाजिक रूपान्तरण र राष्ट्रिय विकासको संवाहक भएको बताएका छन् ।
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक खरिदसम्बन्धी सूचनाहरू केवल सरकारी स्वामित्वका सञ्चार माध्यममार्फत मात्र प्रकाशन तथा प्रसारण गर्न दिएको निर्देशनले प्रेस स्वतन्त्रता र सूचनाको अधिकारमाथि गम्भीर प्रश्न उठाएको छ ।
राकेश यादव, रौतहट । रौतहट जिल्ला अदालत गौरमा करार सेवामा कार्यरत एक कर्मचारी मंगलवार घुसको रकम सहित पक्राउ परेका छन् ।
काठमाडौं । स्वास्थ्य क्षेत्रको एक खर्ब बजेटमा झण्डै आदा रकम भ्रष्टाचार हुने गरेको नेपाल स्वास्थ्य व्यवसायी संघका अध्यक्ष नवराज बस्नेतले दाबी गरेका छन् ।
बाँके । नरैनापुर गाउँपालिका बाँकेको चालु आ.ब. २०८२/०८३ को दोश्रो चौमासिक सार्वजनिक सुनुवाई बास नेपालको सहजिकरणमा सम्पन्न भएको छ ।
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले राज्य कानूनी र कल्याणकारी बन्दै जानुपर्ने बताएका छन् । पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे टिप्पणी गर्दै बस्नेतले उक्त टिप्पणी गरेका हुन् ।
राकेश यादव, रौतहट । रौतहट प्रहरीले जिल्लाको बिभिन्न स्थानबाट नियन्त्रणमा लिइएको बिना कागज पत्रको मोटर साइकल कार्यवाहीको लागि भन्सार चलान गरेको छ।
प्रेमचन्द्र झा, रौतहट । मधेश प्रदेशमा हरेक वर्ष झैं यसपालि पनि असार नजिकिँदै जाँदा विकासको भाष्य फेरि एकपटक प्रश्नको घेरामा परेको छ।
कपिलवस्तु । प्रारम्भिक कक्षाका बालबालिकामा साक्षरता सीप प्रवद्र्धन गर्ने उद्देश्यले रुम टु रिड संस्थाको आयोजना र पीस नेपालको समन्वयमा कपिलवस्तुमा सञ्चालन गरिएको मातृभाषामा आधारित सामग्री विकास कार्यशाला सफलतापूर्वक सम्पन्न भएको छ ।
काठमाडौं । नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौला पन्तले पार्टी सभापति गगनकुमार थापाको राजीनामा समस्या समाधान नभएको बताएकी छिन् ।
राकेश यादव, रौतहट । जिल्लाको चन्द्रपुर नगरपालिका–८ बसन्तपुरमा करेन्ट लागेर आइतवार एक जना महिलाको मृत्यु भएको छ ।
काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले हरेक वर्ष सामाजिक न्यायका लागि महत्वपूर्ण योगदान गर्ने व्यक्तिलाई प्रदान गर्दै आएको रु. १ लाख १० हजार राशीको कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार २०८२ सालमा ललिता दास तत्मा ‘विद्रोही’ लाई प्रदान गर्ने निर्णय गरेको छ ।
काठमाडौं । हालै सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा नेपाली कांग्रेसको पक्षमा परिणाम नआए पनि आगामी दिनमा थप सांगठनिकरुपमा कार्यहरु द्रूत गतिमा अगाडि बढाउनु पर्ने नेता मनिष मिश्रले बताएका छन् ।
रौतहट । रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिका–५ सन्तपुरस्थित दलित (चमार) टोलमा दुई महिला सहित ६ जनामाथि सामूहिक आक्रमण भएको छ।
काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सबै क्षेत्रका परिणाम सार्वजनिक भइसकेको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको परिणाममा मधेशी दलको पत्तासाफ भएको हो ।
राकेश यादव, रौतहट । जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेस पार्टीको तर्फबाट प्रतिनिधि सभा सदस्यको निर्वाचनमा उम्मेदवार बनेका ३९ वर्षीय मोहमद फिरदोश आलमले मधेश प्रदेशमा निर्वाचित भएर नेपाली कांग्रेसको साख जोगाएका छन् ।
काठमाडौं । जन अधिकार पार्टीका अध्यक्ष डा.शरदसिंह यादवले बालेन्द्र शाहको नेतृत्वमा बन्ने सरकारले मधेशीको अधिकारलाई सुनिश्चित गर्ने आशावादी रहेको बताएका छन् ।
पर्सा । प्रतिनिधिसभा सदस्य निर्वाचनमा पर्सा क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुशीलकुमार कानु विजयी भएका छन् ।
वीरगन्ज । प्रतिनिधिसभा सदस्य निर्वाचनमा पर्सा क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा )का उम्मेदवार बुद्धिप्रसाद पन्त विजयी भएका छन् ।
महोत्तरी । महोत्तरीको निर्वाचन क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रमोदकुमार महतो विजयी भएका छन् ।
बाँके । बाँके क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार खगेन्द्र सुनार निर्वाचित भएका छन् । उनी २९ हजार ५५१ मत प्राप्त गरी निर्वाचित भएका हुन् ।
रुपन्देही । रुपन्देही–४ निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका कन्हैया बनियाँले २८ हजार ६६ मतसहित निर्वाचित भएका छन् ।