कैलाली, २० मंसिर । लम्कीचुहा नगरपालिका–२ कान्छी बजार बस्ने जमान सिंह धामीको ११ वर्षीय छोरा जनक धामीको माटोको ढिस्कोमा पुरिएर शुक्रबार दिउँसो मृत्यु भएको छ ।
मोरङ, २० मंसिर । अवैध रूपमा कर छलि गरी स्टोक गरी राखेको करिब १ लाख २४ हजार मूल्य बराबरको विभिन्न सामान सहित विराटनगर महानगरपालिका–११ रामपुर बस्ने २६ वर्षीय जितेन्द्र भगतलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
बारा, २० मंसिर । महागढीमाई नगरपालिका–२ स्थित डिउटीमा खटिएको प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा सोही नगरपालिका–७ बस्ने २४ वर्षीय राम जागेश्वर प्रसाद यादवलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
मोरङ, २० मंसिर । सुनबर्सी नगरपालिका–५ झुगी चोक बस्ने ४१ वर्षीय राजकुमार मण्डललाई १ थान कटुवा पेस्तोल, २ राउण्ड गोली, १९ हजार ३ सय २५ रुपैयाँ र २ थान मोबाइलसहित प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं, १९ मंसिर । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले चीनसँगको सीमा संवेदनशील भएको बताएका छन् । उनले चीनसँगको सीमा विवाद सुल्झाउन सरकारलाई त्यसतर्फ ध्यान दिन आग्रह गरे ।
विराटनगर, १९ मंसिर । कोरोना भाइरस संक्रमण रोकथामका लागि सरकारले सिल गरेको विराटनगर जोगवनी नाका खुला गर्न माग गर्दै मोरङस्थित जोगवनी नाकामा स्थानीयले शुक्रबार एक घन्टा धर्ना दिएका छन् ।
काठमाडौं, १९ मंसिर । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले छिमेकी चीन र भारतबाट हालै भएका उच्चस्तरीय नेपाल भ्रमण उपलब्धिमूलक भएको बताएका छन् ।
काठमाडौं, १९ मंसिर । धेरैजसो अमेरिकीहरुले कोरोना भाइरसको संक्रमणका लागि चीनलाई दोषी मान्दै आएका छन् ।
नेपालगञ्ज, १९ मंसिर । बाँकेमा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । दाङको तुलसीपुर तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ का ४५ बर्षीय ...
काठमाडौं, १९ मंसिर । भारतीय आइसिआइसिआई बैंक लिमिटेडले नेपालमा प्रतिनिधि कार्यालय सञ्चालनमा ल्याएको छ ।
काठमाडौं, १९ मंसिर । नेपाल आयल निगमले इन्धन ढुवानीका लागि नेपाल–भारत सीमा वारपार हुँदै (क्रस बोर्डर) दोस्रो पेट्रोलियम पाइपलाइन निर्माणको काम अघि बढाएको छ ।
काठमाडौं, १९ मंसिर । नेपाल र भारतका परराष्ट्रमन्त्रीस्तरीय बैठकको तयारी भइरहेको भारतले जनाएको छ ।
नेपालगन्ज, १८ मंसिर । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले बाँके जिल्लाको कोहलपुर नगरपालिका २ बर्दवामा स्थापना भएको नेपाल एपीएफ स्कुल कोहलपुर बाँकेको बिहीबार उद्घाटन गरेका छन् ।
काठमाडौं, १८ मंसिर । नेपालमा उत्पादित बिजुली किन्न भारत सकारात्मक देखिएको छ । नेपाल र भारतका ऊर्जा मन्त्रालयसँग सरोकार राख्ने निकायबीच भएको भर्चुअल छलफलमा भारतीय पक्षले नेपालमा बढी भएको बिजुली खरिद गर्न इच्छुक भएको बताए ।
कैलाली, १८ मंसिर । कैलालीमा सरकारी दरभाउमा खाद्य डिपोमा धान बेच्न पाउँदा किसान खुसी भए पनि बेच्नका लागि सास्ती खेप्नुपरेको दुःखेसोे पनि गरेका छन् ।
काठमाडौं, १८ मंसिर । गतवर्ष माघदेखि बन्द चिनियाँ नाकाहरू एकपक्षीय रूपमा अझैसम्म बन्दै छन् । कोरोनाका कारण सीमा खुलेपछि चिनियाँ पक्षले सीमावारिसम्म दैनिक बढीमा ५ कन्टेनरसम्म सामान पु¥याइदिने गरेकोमा नेपाली कन्टेनरहरू सीमा पारि जान पाएका छैनन् ।
काठमाडौं, १८ मंसिर । नेपाल—भारत ऊर्जा सचिवस्तरीय बैठक आउँदो २५ र २६ मंसिरमा हुने भएको छ । बैठकमा इनर्जी बैंकिङ र अन्तर्देशीय उच्च भोल्टेज प्रसारण लाइनको अध्ययन प्रतिवेदन अद्यावधिक गर्ने विषयमा छलफल गरिनेछ ।
महोत्तरी, १८ मंसिर । महोत्तरीको बर्दिवासमा एक साताअघिको बालिका अपहरण र हत्या एवम् प्रदर्शनमा मारिएका परिवारलाई प्रदेश–२ सरकारले राहत घोषणा गरेको छ ।
धनगढी, १८ मंसिर । सुदूरपश्चिम प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्टले सेती प्रादेशिक अस्पताललाई सुरक्षा सामग्री तथा उपकरण हस्तान्तरण गरेका छन् ।
काठमाडौं, १८ मंसिर । नेपाल र भारतबीच व्यापार पारवहनसम्बन्धी बैठक शुरु भएको छ । व्यापार पारवहनमा नेपाल र भारतबीच अन्तर सरकारी उपसमितिको दुई दिने बैठकमा दुवै देशका सचिवहरु सहभागी छन् ।
काठमाडौं, १८ मंसिर । भारतका विदेश मन्त्री एस जयशंकरले नेपाल र भारतबीचको विवादमा सुधार आइसकेको बताएका छन् । दुई देशबीच केही विषयमा विवाद रहे पनि पछिल्लो साता दुवै राष्ट्र अघि बढिसकेको बताएका छन्।
काठमाडौं, १८ मंसिर । प्रदेश नम्बर २ सरकारले संघ सरकारविरुद्ध सर्वोच्च अदालतमा फेरि मुद्दा दर्ता गराएको छ । आफूहरुको अधिकार हनन गर्ने गरी संघ सरकारले सिंचाई सम्बन्धित कार्यक्रम ल्याएकोले सर्वोच्चमा मुद्दा दिइएको प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले जानकारी दिए ।
जनकपुरधाम, १७ मंसिर । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले जनताको बलिदानीबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त गर्ने दिवा स्वप्न नदेख्न चेतावनी दिएका छन् ।