रुपन्देही, २३ मंसिर । देवदह नगरपालिका–१० भलुहीसबाट १ थान कस्तुरीको विना सहित ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
मोरङ, २३ मंसिर । मिक्लाजुङ गाउँपालिका–१ बर्खे बस्ने सोही ठाउँस्थित सरस्वतीआधारभूत विद्यालयका प्रधानाध्यापक अन्दाजी ५२ वर्षीय राजेन्द्र श्रेष्ठको मंगलबार बिहान घाँटी रेटी हत्या भएको छ ।
सप्तरी, २३ मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको राजविराज नगरपालिकाको नगरभित्र वृक्षारोपण गर्न छुट्याएको रकम हिनामिना प्रकरणमा नगरपालिकाका सव(इन्जिनियरसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
सप्तरी, २३ मंसिर । सप्तरीदेखि झापाको भद्रपुरसम्म निर्माण भइरहेको हुलाकी राजमार्ग आगामी दुई वर्षभित्रमा सञ्चालनमा आउने भएको छ । तीन सय ४३ किलोमिटर लामो हुलाकी राजमार्गको करिब ४८ प्रतिशत काम सम्पन्न भएको हुलाकी राजमार्ग आयोजनाले जनाएको छ ।
काठमाडौं, २३ मंसिर । नेपाल र भारतबीचको व्यापार सहजीकरण गर्न नेपाल र भारत संयुक्त विजनेस फोरम गठन हुने भएको छ ।
काठमाडौं, २३ मंसिर । सरकारले काठमाडौँ–रक्सौल जोड्ने विद्युतीय रेलमार्ग निर्माणको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) का लागि भारतको कोङ्कर्ण रेल्वे कर्पोरेसन लिमिटेडलाई अनुमति दिएको छ ।
सर्लाही, २३ मंसिर । जिल्लाको बिष्णु गाउँपालिका–२ पकडिगोठ बस्ने योगेन्द्र प्रसाद साहको घरमा आगलागी हुँदा १२ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएका छन् ।
रौतहट, २३ मंसिर । मौलापुर नगरपालिका–७ सघहिया पिपरिया बस्ने ४५ वर्षीय रामबाबु महतोको करेन्ट लागेर सोमबार दिउँसो मृत्यु भएको छ ।
महोत्तरी, २३ मंंसिर । नेपाल उद्योग वाणिज्य महासंघको प्रदेश नं. २ बाट प्रदेश सदस्य एवं केन्द्रीय सदस्यमा विजय कुमार साह निर्वाचित भएपछि मटिहानी नगरपालिका वडा नं. ६, ७ र ८ को वडा कार्यालयले स्वागत तथा सम्मान गरेका छन् ।
रौतहट, २३ मंसिर । मुख्यमन्त्री स्वच्छता अभियानअन्तर्गत रौतहटको गढीमाई नगरपालिका ८ बिनगरा स्थित गजेन्द्र पोखरी सौन्दर्यीकरणको शिलान्यास सम्पन्न भएको छ ।
काठमाडौं, २२ मंसिर । सरकारले सीमा क्षेत्रमा सुरक्षा उपस्थितिलाई बढाएर विगतभन्दा अब्बल बनाउँदै लगेको छ ।
मलंगवा, २२ मंसिर । हुलाकी सडकको स्तरोन्नती र नेपाल भारत सीमा खोल्नु पर्ने माग राख्दै सर्लाहीमा आन्दोलन सुरु भएको छ।
काठमाडौँ, २२ मंसिर । नेपाल र भारतका वाणिज्य सचिवहरुको अध्यक्षतामा बसेको भारत–नेपाल अन्तर सरकारी समिति (आइजीसी)को बैठक सम्पन्न भएको छ ।
भैरहवा, २२ मंसिर । सर्वसाधारणका लागि लुम्बिनीस्थित भगवान् गौतम बुद्धको जन्मस्थल मायादेवी मन्दिर खुला गरिएको छ ।
काठमाडौं, २२ मंसिर । ‘आगामी ५ वर्षमा पूर्व–पश्चिम राजमार्ग, पूर्वपश्चिम औद्योगिक करिडोर राजमार्ग, मध्यपहाडी पुष्पलाल राजमार्गहरुका समानान्तर तीब्र गतिका विद्युतीय रेलमार्ग सञ्चालन गरिने छ । त्यसैगरी यसै अवधिमा रसुवागढी–काठमाण्डौ–बीरगञ्जमा तीब्रगतिको विद्युतीय रेलमार्ग सञ्चालन गरिने छ ।’ प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७४मा तत्कालीन एमाले र तत्कालीन नेकपा माओवादीको साझा घोषणा पत्रमा उल्लेख गरिएको एउटा बुँदा हो यो ।
कपिलवस्तु, २१ मंसिर । वाणगंगा नगरपालिका–२ लखनचोकस्थित सडकबाट करिब ७३ तोला अवैध चाँदी, १ थान जैन पेपर, १२ पिस कपासको पुडिया, ४८ पीस सेतो रातो पत्थर र नगर ९६ हजार रुपैयाँ सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
रौतहट, २१ मंसिर । रौतहटको कटहरिया नगर क्षेत्र अन्तर्गतको सबै सामुदायिक विद्यालय अगामी २२ गतेदेखि संचालन हुने भएका छन् ।
वीरगञ्ज, २१ मंसिर । कोरोना महामारीका कारण बन्द गरिएको नेपाल–भारत सीमानाका खुलाउन माग गर्दै वीरगञ्जमा धर्नासहितको आन्दोलन सुरु भएको छ ।
रुपन्देही, २१ मंसिर । बुटवल उपमहानगरपालिका–८ सुख्खानगरस्थित कलश होटलबाट १ थान गैंडाको खाग सहित ३ जनालाई प्रहरीले आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
वीरगञ्ज, २१ मंसिर । उद्योग अनुगमनको क्रममा घुस लिएको आरोपमा गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जका ४ जना कर्मचारीलाई जिल्ला प्रशासन कार्यालय पर्साले नियन्त्रणमा लिएको छ ।
नेपालगञ्ज, २१ मंसिर । कोरोना महामारीको कहर घट्दै जाँदा बाँकेस्थित नेपाल–भारत सिमानामा तस्करहरु पुनः सल्बलाउन थालेको छन् ।
जनकपुरधाम, २१ मंसिर । प्रदेश २ को छ जिल्लामा शनिबार एकैपटक ३४ जना कोरोनाको नयाँ संक्रमित भेटिएका छन् ।
भैरहवा, २१ मंसिर । स्रोत नखुलेको रकमसहित प्रहरीले रुपन्देहीको सम्मरीमाई गाउँपालिका–६ का ३२ वर्षीय प्रमोदकुमार गुप्तालाई पक्राउ गरेको छ ।