12/2/2020

काठमाडौं, १७ मंसिर । कोभिड–१९ महामारीका कारण उडान प्रतिबन्ध गरिएको नेपाल(भारत उडान यथाशीघ्र सञ्चालनमा आउने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अर्को साताबाट दिल्ली–काठमाडौँ उडानका लागि अनुमति दिने तयारी गरेको हो ।

12/2/2020

काठमाडौं, १७ मंसिर । अपाङ्गता भएका महिलाहरुको सवालमा आधारित वृत्तचित्र सार्वजनिक भएको छ । २९ औं अपाङ्गता दिवसको पूर्वसन्ध्यामा नेपाल नेत्रहिन महिला संघले मंगलबार वृत्तचित्र सार्वजनिक गरेको हो ।

12/2/2020

काठमाडौं, १७ मंसिर । नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले नेपालले भारत र चीन दुवै देशसँग सुमधुर सम्बन्ध राख्नुपर्नेमा जोड दिएका छन् । नेपालले आफ्नो हितलाई ध्यानमा राखेर भारत र चीनसँगको सम्बन्ध सुदृढ गर्नुपर्ने उनको भनाई छ ।

12/2/2020

वीरगञ्ज, १७ मंसिर । रासायनिक मल युरियाविना धान रोपेका पर्साका किसान गहुँ याममा सो मल पाएपछि हर्षित भएका छन् । साउनदेखि युरिया मलको अभाव हुँदा गहुँ खेती प्रभावित भएपछि यहाँका किसान निराश भए पनि केही दिनयता युरिया मल आउन थालेपछि पर्साका किसानलाई गहुँ खेती गर्न सहज भएको छ ।

12/2/2020

रौतहट, १७ मंसिर । रौतहट जिल्लाको ईशनाथ नगरपालिका ६ पल्लुवा स्थित सीमा ईलाकाबाट बुधबार एपीएफ टोलीले करीव दुई लाख १६ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।

12/1/2020

जनकपुरधाम, १६ मंसिर । प्रदेश २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको लागि जनकपुरको मुजेलिया स्थित मणिपाल शिक्षण अस्पतालले ओगटेको जग्गा अधिग्रहण गरिने बताएका छन् ।

12/1/2020

काठमाडौं, १६ मंसिर । चिनियाँ रक्षा मन्त्री वे फेङहेको एकदिने नेपाल भ्रमणलाई भारतले नजिकबाट नियालेको छ । भ्रमणपछि भारतले निकै सतर्कता समेत अपनाएको बुझिएको छ ।

12/1/2020

काठमाडौं, १६ मंसिर । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पुसको पहिलो साता भारत भ्रमण गर्ने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो दूतका रुपमा ज्ञवालीलाई भारत पठाउन लागेका हुन ।

12/1/2020

बारा, १६ मंसिर । ग्रामीण क्षेत्रमा स्वास्थ्य संस्थाको पहुँच पु¥याउने उद्देश्यले संघीय सरकारको कार्यक्रमअन्तर्गत आज बाराको निजगढ नगरपालिकाले १५ शय्याको अस्पतालको शिलान्यास गरेको छ ।

12/1/2020

बारा, १६ मंसिर । प्रदेश २ मा बन्न लागेको प्रदेशस्तरीय सरुवारोग अस्पतालको शिलान्यास भएको छ । जसअन्तर्गत प्रदेश २ को बारामा बन्न लागेको अस्पतालको मुख्यमन्त्री लालबाबु राउतले शिलान्यास गरेका छन् ।

12/1/2020

काठमाडौं, १६ मंसिर । विश्वको सबैभन्दा ठूलो भ्याक्सिन उत्पादन गर्ने भारतीय कम्पनि सेरम इन्स्टिच्युट अफ इन्डियाले कोरोना भाइरसविरुद्धको अक्सफोर्ड भ्याक्सिनको उत्पादनको अनुमति पाएको छ ।

12/1/2020

रौतहट, १६ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा रौतहट क्षेत्र नम्बर ३ का सांसद प्रभु साहले चुनावी प्रतिबद्धता पूरा गर्दै गुजरा नगरपालिका ८, जयराजपूरमा ग्यास सिलिन्डर तथा चुल्हो वितरण गरेका छन् ।

11/30/2020

रौतहट, १५ मंसिर । चन्द्रपुर नगरपालिका–८ स्थित सडकमा ना. ३ ख ५७२२ नम्बरको ट्रकले साइकल र ना. ५४ प ७३३३ नम्बरको स्कुटरलाई सोमबार बिहान ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

11/30/2020

रुपन्देही, १५ मंसिर । रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका १ डण्डा स्थित सीमा ईलाकाबाट एपीएफ टोलीले २४ वटा नेपाली पासपोर्टसहित एक जनलाई पक्राउ गरेको छ ।

11/30/2020

जनकपुरधाम, १५ मंसिर । प्रदेश २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले बाराको कलैयामा ५० सैय्याको सरुवा रोग तथा महामारी नियन्त्रण अस्पतालको शिलान्यास गरेका छन् ।

11/30/2020

वीरगञ्ज, १५ मंसिर । वीरगञ्ज–रक्सौल नाका खोल्न दमाग गर्दै वीरगञ्जमो धर्ना जारी रहेको छ । तीन दिनदेखि नेपाल–भारत खुला सीमा संवाद समूहले बिहान ९ बजेदेखि १० बजेसम्म धर्नामा बस्छन् ।

11/30/2020

काठमाडौं, १५ मंसिर । प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमाका दिन मनाइने शिख धर्मका प्रवर्तक गुरुनानकको जन्मजयन्ती विविध कार्यक्रम आयोजना गरी मनाइएको छ ।

11/30/2020

जनकपुरधाम, १५ मंसिर । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश भित्र रहेका सम्पूर्ण धार्मिक तथा साँस्कृतिक धरोहरहरुको संरक्षण गरिने बताएका छन् ।

11/30/2020

काठमाडौं, १५ मंसिर । ऐतिहासिक जनआन्दोलन, सशस्त्र द्वन्द्व र तराई मधेशमा भएको आन्दोलनमा घाइते भएकाहरुको सरकारले निःशुल्क उपचार गर्ने भएको हो ।

11/30/2020

काठमाडौं, १५ मंसिर । भारतको प्रस्तावित ‘एअर बबल’ मा नेपाल सहभागि हुने भएको । उक्त स्वरूपमा नेपाल–भारतबीच उडान शुरू गर्ने तय भएको नागरिक उड्डयन तथा पर्यटन...

11/30/2020

रौतहट, १५ मंसिर । रौतहटको विभिन्न स्थानीय तहहरूमा एकैसाथ ५ वटा अस्पतालहरुको शिलान्यास भएको छ ।

11/30/2020

धनुषा, १५ मंसिर । धनुषाको मिथिला नगरपालिकामा १५ शैय्या अस्पताल भवनको शिलान्यास गरिएको छ । मिथिला नगरपालिका–६ ढल्केवरस्थित रहेको स्वास्थ्य चौकीमा १५ शैय्या अस्पताल भवनको शिलान्यास गरिएको हो ।

11/30/2020

मोरङ, १५ मंसिर । विराटनगर महानगरपालिका–४ स्थित धिताल पेट्रोलपम्प अगाडि सडकमा रोकिराखेको लहरीमा एम्बुलेन्स ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

11/30/2020

कैलाली, १५ मंसिर । ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मोहन्याल गाउँपालिका–६ नारासोती बस्ने १९ वर्षीय जिवन शाहीलाई आइताबर साँझ प्रहरीले पक्राउ गरेको छ ।

11/30/2020

रौतहट, १५ मंसिर । माधवनारायण नगरपालिका–७ लौकाहा टोल बस्ने राम अयोध्या साह तेलीकी १७ वर्षीया छोरी अमृता कुमारी साहको हत्यामा संलग्न रहेको अभियोगमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

ट्रेन्डिङ