जनकपुरधाम, २८ असार । संघीय समाजवादी पार्टीको संसदीय दलको बैठकमा मुख्यमन्त्री लालबाबु राउतसहित सबै मन्त्रीहरुको राजीनामा माग उठेको छ ।
काठमाडौं, २८ असार । अल्पसंख्यक युगुर मुसलमान समुदायमाथि मानवअधिकार उल्लंघनमा संलग्न भएको अभियोगमा अमेरिकाले थप चिनियाँ राजनीतिज्ञमाथि प्रतिबन्धको घोषणा गरेको छ ।
काठमाडौं, २८ असार । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (एकेडेमी) को ईपीसी (इन्जिनियरिङ, प्रोक्युरमेन्ट र कन्स्ट्रक्सन) मोडलमा बनाउन भारतलाई जिम्मा दिइएको छ । दुई देशबीच सन् २०१४ नोभेम्बर २५ मा भारतले अनुदान उपलब्ध गराउने र भारतसँग परामर्श लिएर नेपालले आयोजना अघि बढाउने समझदारी भएको थियो ।
रौतहट, २८ असार । अविरल वर्षासंगै विभिन्न नदीमा आएको बाढीले रौतहटको जिल्ला भन्सार र जिल्ला प्रहरी कार्यालयसहित ३ सय भन्द बढी घर डुबानमा परेको छ । गौर–चन्द्रपुर सडक खण्डको सबगढानजिक लचकामा पानी जमेर यातायात अवरुद्ध बनेको छ ।
महोत्तरी, २८ असार । महोत्तरीको रातो खोलाले बाटो कटान गरेपछि जिल्लाको जलेश्वर–बर्दिबास सडकखण्ड अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार जिल्लाको महोत्तरी गाउँपालिका–३ मडै स्थित रातो खोलाले कटान गरेपछि सो सडकखण्ड अवरुद्ध भएको हो ।
मलंगवा, २८ असार । बाढीले सर्लाहीको मलंगवा नगरपालिकाका २७ परिवारको घर डुबानमा परेको छ । बाढीका कारण पाँच व्यक्तिको घर भत्केको छ ।
राजविराज, २८ असार । केही दिनदेखि अविरल वर्षाका कारण राजविराजको अधिकांश वडा डुबानका परेका छन् ।
काठमाडौँ, २८ असार । जनता समाजवादी पार्टीको प्रवास सङ्गठनले सरकारलाई एमसीसी सम्झौता बारेमा पाँच महत्वपूर्ण सुझाव दिएको छ । पार्टी प्रवास प्रदेस समितिका उपाध्यक्ष एवं एमसीसी अध्ययन तथा सुझाव कार्यदलका संयोजक मिलनकान्छा किराँतीले नेपाल सरकार र सम्बन्धित पक्षलाई सुझाव दिइएको बत्ताए ।
चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकतालाई जोगाउन आफूले संघर्ष गरिरहेको बताएका छन् ।
काठमाडौं, २७ असार । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले कोरोना भाइरसको महामारीबाट पीडित महिलाहरुलाई सहयोग गर्ने संघ, संस्थाहरुलाई सरकारले पुरस्कारसहितको सम्मान गर्ने घोषणा गरेका छन् ।
महोत्तरी, २७ असार । जलेश्वर नगरपालिका–१ स्थित चोकमा ना.६ ख १६३९ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने २५ वर्षीया मिन्टु देवी सिंहको शनिबार बिहान मृत्यु भएको छ ।
सप्तरी, २७ असार । डाकनेश्वरी नगरपालिका–७ ब्रहमपुरस्थित पोखरीमा माछा मारेको विषयलाई लिएर झै(झगडा तथा कुटपिट हुँदा सोही ठाउँ बस्ने ५५ वर्षीया मानशेर देवी मण्डलको शनिबार बिहान घटनास्थलमै मृत्यु भएको छ ।
धनुषा, २७ असार । ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा शहिदनगर नगरपालिका–४ हउवाई बस्ने ३० वर्षीय भगवती प्रसाद मण्डललाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
बुटवल, २७ असार । रुपन्देहीको भैरहवामा केन्द्रिय कार्यालय उन्नति लघुुवित्त वित्तीय संस्था लिमिटेड र सर्लाहीमा केन्द्रिय कार्यालय रहेको सहकार्य लघुुवित्त वित्तीय संस्था लिमिटेडले एकीकृत कारोबार सुरु गरेका छन् ।
जनकपुरधाम, २७ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश २ का अध्यक्ष प्रभु साहले जनकपुरधाम स्थित शहिद गंगालाल हृदय केन्द्रलाई व्यवस्थित गर्दै सर्वसधारण सेवाग्राहीको सेवामा ध्यान दिन सरकारसंग माग गरेका छन् ।
काठमाडौं, २६ असार । प्रधानसेनापति पूर्णचन्द्र थापाले नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई बधाइ एवम् शुभकामना दिएका छन् ।
काठमाडौं, २६ असार । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश २ का अध्यक्ष प्रभु साहले बाढी र पहिरोको खतराबाट जोगिन सबैलाई सचेत गराएका छन् ।
काठमाडौं, २६ असार । कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने कर्यक्रम ‘ह्वाट द फ्लप’का प्रस्तोता एवम् सञ्चालक सन्दीप क्षेत्रीले माफी मागेका छन् ।
काठमाडौं, २६ असार । नेपाल र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबारे अतिरञ्जित र भ्रामक समाचार सामग्री बनाएर प्रसार गर्ने भारतीय टिभी जि न्यूजमाथि कारवाही गर्न आग्रहसहित नेपाल प्रेस काउन्सिलले भारतीय प्रेस काउन्सिललाई पत्राचार गरेको छ ।
वीरगन्ज, २६ असार । पर्सेली युवाहरुलाई लक्षित गर्दै विरगंज महानगरपालिका स्तरीय तीनदिने नमुना युवा सांसद स्थापना र अभ्यास कार्यक्रमको वीरगंज गिता मन्दिर रोडस्थित रहेको होटल वीरगंज दरवारमा उद्धघाटन कार्यक्रम सम्पन्न भएको छ ।
जनकपुरधाम, २६ असार । मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले बाढी पहिरोबाट प्रदेशमा हुन सक्ने जोखिम न्यूनीकरणका लागि तीनै सुरक्षा निकायलाई उच्च सतर्कतामा बस्न निर्देशन दिएका छन् ।
रौतहट, २६ असार । विभिन्न कालखण्डमा भएका परिवर्तनको संघर्षमा ज्यानको बलिदानी दिने पार्टीको कार्यकर्ताहरुलाई प्राथमिकताको साथ राखेर शहीद घोषणा गराउने राष्ट्रीय दल, क्षेत्रीय दलका शीर्ष नेताहरुको नेतृत्वमा बनेका सरकारले राष्ट्रको गौरव बढाउने कार्य गरेका सम्मानित व्यक्तिको हत्या हुँदा सफलतापूर्वक अनुसन्धान गर्न समेत असफल भएका नेपाल सरकारले राहत समेत दिन सकेको छैन ।
रौतहट, २६ असार । ग्रामीण विकास केन्द्र रौतहटले जिल्लाको विभिन्न पालिकाहरुमा सञ्चालन रहेका क्वारेन्टाइनहरुमा स्वास्थ्य सामग्री हस्तानान्तरण गरेका छन् ।
काठमाडौं, २५ असार । नेपालले लिम्पियाधुरा–लिपुलेक–कालापानीसहितको नयाँ नक्सा जारी गरेको प्रति असहमति जनाउँदै भारतले कूटनीतिक नोट पठाएको खुलासा भएको छ ।