7/4/2020

रौतहट, २० असार । सहरी विकास मन्त्रालयबाट रौतहटको गरुडा नगरपालिका वार्ड न. ५ को शिवनगर आसपास मात्र ३२ करोडको सड़क ढलान भईरहेको छ ।

7/4/2020

काठमाडौं, २० असार । तराई मधेश राष्ट्रिय परिषद (टीएमएनसी) सभाको बैठकले सभासदस्य अधिवक्ता विकास कुमार ठाकुरलाई परिषदको संयोजकमा चयन गरेको छ ।

7/3/2020

नवलपरासी(पूर्व), १९ असार । गैडाकोट नगरपालिका–५ काङग्रेस चोकस्थित मोनिका सुनचाँदी पसलबाट सुन तथा चाँदी गरगहना र नगद चोरी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

7/3/2020

जनकपुरधाम, १९ असार । धनुषामा दुई दिनदेखि बेपत्ता एक १० वर्षीया बालिका मृतावस्थामा फेला परेकी छिन् ।

7/3/2020

वीरगन्ज, १९ असार । प्रदेश २ सरकारले खेतमा धान रोप्दै गर्दा चट्याङ लागेर मृत्यु भएका परिवारलाई एक लाख रुपैयाँ दिने घोषणा गरेको छ । यस्तै रक्सी खाएर मृत्यु भएका परिवारलाई भने तीन÷तीन लाख दिएको छ ।

7/3/2020

काठमाडौं, १९ असार । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले स्वास्थ्य प्रोटोकल कायम गरेर होटल तथा एयरलाइन्स खुलाउन आवश्यक पूर्वतयारी गर्नुपर्ने बताएका छन् ।

7/3/2020

जनकपुरधाम, १९ असार । धनुषाको विदेह नगरपालिकाका दुई वडाका बासिन्दाबीच झडप भएको छ । बर्थिङ्ग सेन्टर निर्माणको विषयमा विवाद भएपछि झडपको अवस्था सिर्जना भएको हो ।

7/3/2020

जनकपुरधाम, १९ असार । प्रदेश नीति आयोगले प्रादेशिक प्रार्श्वचित्र (प्रोभिन्सियल प्रोफाइल) सहित चारवटा पृुस्तक सार्वजनिक गरेको छ ।

7/2/2020

सप्तरी, १८ असार । घरको ईट्टाको पर्खाल लड्दा सोही पर्खालले च्यापिएर खडक नगरपालिका–१ बस्ने राजकुमार मण्डलको १० वर्षीय छोरा शिव कुमार मण्डलको बिहीबार दिउँसो मृत्यु भएको छ ।

7/2/2020

रौतहट, १८ असार । गौर नगरपालिका–२ महादेवपट्टीस्थित सडकबाट स्रोत नखुलेको नेपाली नगद १० लाख रूपैयाँसहित सोही स्थान बस्ने २३ वर्षीय अभिनास जैसवाललाई प्रहरीले पक्राउ गरेको छ ।

7/2/2020

काठमाडौं, १८ असार । सलह कीराले नेपाली किसानको खेतीबाली नोक्सानी गरेको भन्दै फोर एच नेपालले किसानलाई क्षतिपूर्ती उपलब्ध गराउन नेपाल सरकार तथा कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग माग गरेको छ ।

7/2/2020

काठमाडौं, १८ असार । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र चर्कँदै गएको आन्तरिक कलहले गम्भीर मोड लिए पछि प्रधानमन्त्री केपी शर्मा ओलीले अचानक संसद्को चालु अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने निर्णय लगत्तै राष्ट्रपतिबाट अधिवेशन अन्त्य भएको छ ।

7/2/2020

काठमाडौं, १८ असार । लोकप्रिय भिडियो मेकिङ तथा शेयरिङ एप टिकटकलगायत विभिन्न ५९ वटा चिनियाँ एपहरुमाथि प्रतिबन्ध लगाउने भारतीय कदमको अमेरिकाले स्वागत गरेको छ ।

7/2/2020

सिरहा, १८ असार । सरकारले ल्याएको नागरिकता विधेयकको विरोध डा.सीके राउत नेतृत्वको जनमत पार्टीले पनि गरेको छ । पार्टीका कार्यकर्ताहरुले सिरहाको औरही गाउँपालिकामा विधेयकविरुद्ध भैंसी जुलुसमा निकालेका छन् ।

7/2/2020

काठमाडौं, १८ असार । सजपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपालाई दुई तिहाई नपचेको टिप्पणी गरेका छन् ।

7/2/2020

बारा, १८ असार । कलैया उपमहानगरपालिकाको सितलपुर र फेटा गाउँपालिका त्रिवेणीमा बिहीबार बिहान चट्याङ लागÞेर चार महिलाको मृत्यु भएको छ ।

7/1/2020

काठमाडौं, १७ असार । प्रधानमन्त्री केपी शर्मा ओली सरकार र पार्टी दुवै चलाउन असफल भइसकेकोले अध्यक्ष र प्रधानमन्त्रीबाट राजीनामा दिन स्थायी कमिटी सदस्यहरुले माग गरेका छन् ।

7/1/2020

काठमाडौं, १७ असार । नेपाललाई चीनले तिब्बतलाई जसरी कब्जा गर्ने भन्दै भारतको एक अनलाइन पत्रिकाले विश्लेषणात्मक समाचार प्रकाशित गरेको छ । नेपाललाई चीनले विकासको लोभ देखाइरहँदा सिमा चीनले अतिक्रमण गरेको उल्लेख गर्दै नेपाल तिब्बतीकरणको खतरामा परेको भनेको छ ।

7/1/2020

काठमाडौं, १७ असार । चीनको कूल सुन भण्डारणको करिब ४ प्रतिशत अर्थात ८३ टन सुन नक्कली भएको खुलासा भएको छ ।

6/30/2020

मोरङ, १६ असार । धनपालथान गाउँपालिका ६ बस्ने २५ वर्षीय भोला रायको नुहाउन जाने क्रममा लडेर मंगलबार बिहान मृत्यु भएको छ ।

6/30/2020

काठमाडौं, १६ असार । नागरिकता विधेयकको विरोधमा जनता समाजवादी पार्टी नेपालले काभ्रे जिल्लाको धुलिखेलमा पनि विरोध प्रदर्शन तथा सभा गरेको छ ।

6/30/2020

नेपालगञ्ज, १६ असार । नेपाल कपडा तथा सिलाई व्यवसायी संघ बाँकेले उपमहानगरपालिकामा ज्ञापनपत्र बुझाएको छ ।

6/30/2020

काठमाडौं, १६ असार । सत्तारुढ नेकपा स्थायी समिति बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘भारतले आफूलाई हटाउन खोजेको’ भन्ने अभिव्यक्तिबारे शीर्ष नेताहरुले गम्भीर चासो राखेका छन् । बैठकमा शीर्ष नेताहरुले नै ओलीको अभिव्यक्तिबारे प्रमाण माग गरेका छन् ।

6/30/2020

जनकपुरधाम, १६ असार । नागरिकता विधेयकका विभेदकारी प्रावधान हटाउन माग गर्दै जनता समाजवादी पार्टी (जसपा) ले जनकपुरमा प्रदर्शन गरेको छ ।

6/30/2020

काठमाडौं, १६ असार । संसदीय समितिबाट पारित नेपालको नागरिकता (पहिलो संशोधन) ऐन २०७७ फिर्ता लिन माग गर्दै जनता समाजवादी पार्टीले काठमाडौँमा प्रदर्शन गरेको छ ।

ट्रेन्डिङ