7/7/2020

काठमाडौं, २३ असार । नक्सा प्रकरणमा फरक मत राख्ने समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई बर्खास्त गर्ने तयारी भइरहेको छ ।

7/7/2020

रौतहट, २३ असार । राष्ट्रिय कुस्ती खिलाडी उपेन्द्र दास बैरागीको हत्या भएको ९ वर्ष पुगे पनि पीडित परिवारले कहीं कतैबाट कुनै किसिमको राहत पाएको छैन । राष्ट्रको गौरवका लागि अहम् योगदान पुर्याएका खिलाडी बैरागीको नेपाल सरकारले शहीद घोषणा समेत गरेन ।

7/7/2020

कपिलवस्तु, २३ असार । १८ वर्षीया किशोरीलाई कपिलवस्तुनगरपालिका–२ कुदानमा जबरजस्ती करणी गरेको अभियोगमा २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

7/7/2020

बारा, २३ असार । शिक्षकको हत्यामा संलग्न रही ११ वर्षदेखि फरार रहेका अभियुक्त कलैया उपमहानगरपालिका–१८ बस्ने ४४ वर्षीय नन्दु बैठा (तिलक) लाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

7/6/2020

बुटवल, २२ असार । प्रदेश ५ का आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले सरकार दुर्घटनामा नपर्ने बताएका छन् ।

7/6/2020

महोत्तरी, २२ असार । महोत्तरी गाउँपालिका–४ बस्ने ६० वर्षीय रामगोपाल रायको करेन्ट लागेर सोमबार दिउँसो मृत्यु भएको छ ।

7/6/2020

रुपन्देही, २२ असार । बुटवल उपमहानगरपालिका–१२ हरिया टोलबाट अवैध लागूऔषध चरेश २२ दशमलव ५ केजी सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

7/6/2020

काठमाडौं, २२ असार । नेपालको आन्तरिक राजनीतिमा चीनले सक्रियता बढाएको छ । नेपाल कम्युनिस्ट पार्टीभित्र विवाद चुलिएर फुटको सम्भावना बढेपछि चिनियाँ राजदुत हाउ यान्छीले सक्रियता बढाएकी छिन् ।

7/6/2020

काठमाडौं, २२ असार । प्रतिनिधि सभाअन्तर्गतको महिला तथा सामाजिक समितिले मदरसाहरूको अभिलेखिकरण गरी व्यवस्थित गर्न मुस्लिम आयोगलाई निर्देशन दिएको छ । समितिको बैठकले चालु आर्थिक वर्षमा मुस्लिम आयोगबाट भए गरेका कामहरूबारे

7/6/2020

काठमाडौं, २२ असार । सरकारले भारत र चीन दुवैतिर सीमा सुरक्षा बढाउँदै लगेको छ । सीमामा सुरक्षा कमजोर भएको आवाज उठिरहेका बेला गृह मन्त्रालयले चालू वर्ष बोर्डर अब्जरभेसन पोस्ट (बीओपी) २ सय २२ वटा पु¥याउने भएको छ।

7/6/2020

काठमाडौं, २२ असार । सत्तारुढ नेकपा भित्र देखिएको विवाद बढ्दै जाँदा उत्तरी छिमेकी चीनकी राजदूत होउ यान्छी सक्रिय भएकी छन् ।

7/6/2020

वीरगञ्ज, २२ असार । व्यापारिक मार्गमा हुने ढुवानी तथा सवारी चापको समस्यालाई ध्यानमा राखी वीरगञ्ज–पथलैया व्यापारिक मार्ग विस्तार आयोजनाले चार वटा आकाशेपुल निर्माण गर्ने भएको छ ।

7/6/2020

नयाँदिल्ली । भारतको राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच आइतबार भिडियो कलमार्फत् संवाद भएको छ । उनीहरुबीच आइतबार संवाद भएको भारतीय समाचार एजेन्सी एएनआईले जनाएको छ ।

7/6/2020

काठमाडौं, २२ असार । भारत सरकारको आर्थिक सहयोगमा इलाममा निर्माण भएको श्री सप्तमाई गुरुकुल संस्कृत विद्यालयको भिडियो कन्फरेन्समार्फत् उद्घाटन गरिएको छ ।

7/6/2020

काठमाडौं, २२ असार । नेकपाभित्र अहिले उत्पन्न भएको विवादबारे नेताहरुबीच गहनरुपमा छलफल भइरहेको छ । आफूभित्र भएका त्रुटिहरुलाई विधिसम्मत तरिकाले हल गर्ने गरी छलफल र बैठकहरु भइरहेका छन् ।

7/6/2020

रौतहट, २२ असार । रौतहट जिल्लाको गुजरा नगरपालिका ४ स्थित लालबकैया खोलाको किनाराबाट एपीएफ टोली र सव डिभिजन वन कार्यालयका कर्मचारीले करीव १८ क्यूफिट सालको गोलिया काठसहित एक जनालाई पक्राउ गरेको छ ।

7/5/2020

जनकपुरधाम, २१ असार । जनकपुर नगरपालिकाले सडक मर्मत नगरेको विरोधमा स्थानीय बासिन्दाले सडक अवरुद्ध पारेका छन् ।

7/5/2020

जनकपुरधाम, २१ असार । मधेश आन्दोलनका शहीदको सम्मानमा जनकपुरधाम उपमहानगरपालिकाले जनकपुरधामको उत्तरी प्रवेशमार्ग मुजेलियामा शहीदद्वारको निर्माण गर्ने भएको छ ।

7/5/2020

जनकपुरधाम, २१ असार । जनकपुरधाम उपमहानगरपालिकाकी १० वर्षीया बालिकालाई बलात्कारपछि हत्या गरिएको आशंकामा प्रहरीले २० जनालाई पक्राउ गरेको छ ।

7/5/2020

नवलपरासी (बर्दघाट सुस्ता(पूर्व), २१ असार । प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता(पूर्व) को नवनिर्मित ब्यारेक भवन तथा कार्यालय भवनको एक समारोहबीच उद्घाटन गरेका छन् ।

7/5/2020

काठमाडौं, २१ असार । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले संयुक्त अधिकार आन्दोलन मोर्चामा सहभागिताका लागि आह्वान गरेका छन् ।

7/5/2020

वीरगंज, २१ असार । गिरिजाप्रसाद कोइराला फाउन्डेसन पर्साले गणतन्त्र नेपालका पहिलो प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका पूर्वसभापतिको ९६औंं जन्मोत्सवको अवसरमा फाउण्डेशन पर्साले दुई पत्रकारलाई जनही नगद २१ हजार रुपैयाँसहित सम्मान गरेको छ ।

7/4/2020

काठमाडौं, २० असार । चीनविरुद्ध अमेरिकामा भारतीय नागरिकले विरोध प्रदर्शन गरेका छन् । भारतीय नागरिकले गरेको विरोध कार्यक्रममा ताइवान र तिब्बती मूलका अमेरिकी नागरिक पनि सहभागी थिए ।

7/4/2020

काठमाडौं, २० असार । चार महिनादेखि भारतको दिल्लीमा अलपत्र रहेका ६ जना नेपाली महिलाहरुको उद्धार गरिएको छ ।

7/4/2020

रौतहट, २० असार । देशमै सबैभन्दा बढी कोरोना संक्रमितको रुपमा परिचित रौहतटमा शनिबारसम्म १ हजारभन्दा बढी व्यक्ति कोरोना मुक्त भएर घर फर्किएका छन् ।

ट्रेन्डिङ