काठमाडौं, १४ असार । नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमले दशगजाको दुवैतर्फ ५ मिटर अग्ला पर्खाल लगाउनुपर्ने बताएका छन् ।
काठमाडौं, १३ असार । ‘तिब्बतका निर्वासितहरुका राष्ट्रपति’ लोब्साङ साङ्गेले नेपाल छिट्टै चीनको कब्जामा पुग्ने अभिव्यक्ति दिएका छन् । नेपालका अभिजात वर्गलाई चीनले खरिद गरिरहेको र तिब्तीकरणको गतिमा लगिरहेको उनको भनाई छ ।
काठमाडौं, १३ असार । नेपाल–भारतबीच लामो समयदेखी कायम रहेको सीमा बिवाद पटक–पटक बल्झिने गरेको छ । भारतले आफ्नो दाबी गर्दै आएको लिपुलेक, कालापानी, लिम्पियाधुरा समेटेर नेपालले नयाँ नक्सा जारी गरको थियो । तर चीनले अतिक्रमण गरेको भूभागबारे भने सरकार बेखबर जस्तै छ ।
कपिलवस्तु, १३ असार । वाणगंगा नगरपालिका–३ सिउटी बस्ने राजेन्द्र थारुकी २ वर्षीया छोरी अंकिता थारुको घर नजिकै रहेको कुलोमा डुबेर शनिबार बिहान मृत्यु भएको छ ।
पर्सा, १३ असार । छिपहरमाई गाउँपालिका–३ स्थितबाट श्रोत नखुलेको नेपाली रुपैयाँ ३ लाख ५३ हजार सहित पक्राउ परेका २ जना व्यक्तिहरू सम्बन्धमा प्रहरीले अनुसन्धान शुरु गरेको छ ।
कपिलवस्तु, १३ असार । मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रमअन्र्तरगत शुद्धोधन गाउँपालिका लवनी कपिलवस्तुले किसानहरुलाई, बीउविजन, मलखाद, स्प्रे ट्याङ्की, बाख्रा, स्वास्थ्यकर्मीलाई साम्रगी र विद्यालयहरुलाई खेलकुदका सामग्रीहरु वितरण गरेको छ ।
नवलपरासी पश्चिम, १३ असार । डा. सीके राउत नेतृत्वको जनमत पार्टीका ७ जना केन्द्रीय सदस्यले पार्टी परित्याग गरेका छन् ।
काठमाडौं, १२ असार । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले सीमा विवादबारे छलफलका लागि नेपालले पटक–पटक कोशिस गरे पनि भारतले इच्छा नदेखाएको बताएका छन् ।
काठमाडौं, १२ असार । अमेरिकाले नेपाली भूभागलाई अन्तर्राष्ट्रिय आतंकवादी समूहहरुले ट्रान्जिटको रुपमा प्रयोग गर्न सक्ने जनाएको छ ।
काठमाडौं, १२ असार । संघीय संसदमा हिन्दी भाषालाई निषेध र नेपाली भाषा प्रयोगको माग गर्दै सर्वोच्च अदालतमा परेको रिटमा सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको छ ।
काठमाडौं, १२ असार । सरकारले चीनसँग नेपालको सीमा विवाद नरहेको दाबी गरेको छ । परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गरी सीमा विवादसम्बन्धी समाचार कृषि तथा पशुपन्छी विकास मन्त्रालयको एक रिपोर्टका आधारमा प्रकाशन भएको तर कृषि मन्त्रालयले नै त्यस्तो प्रतिवेदन अस्तित्वमा नै नभएको बताएको परराष्ट्रले उल्लेख गरेको छ ।
काठमाडौं, १२ असार । भारतले बाढी र डुबान समस्या समाधान सम्बन्धमा नेपालसँग समन्वय भइरहेको बताएको छ । भारतका विदेश मन्त्रालयद्वारा बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता अनुराग श्रीवास्तवले बाढी र डुबान समस्या सम्बोधनका लागि दुई देशबीच रहेको संयन्त्रले काम गरिरहेको बताएका हुन् ।
वीरगन्ज, ११ असार । प्रदेश नं. २ मा कोरोना भाइरस (कोभिड–१९) संक्रमित संख्या ३२१६ पुगेको छ । बिहीबार मात्रै प्रदेश २ मा १६ जना नयाँ संक्रमित फेला परेका छन् ।
काठमाडौं, ११ असार । निर्वासनमा रहेको तिब्बतीयन सरकारले चिनियाँ विस्तारवादी नीतिले यस क्षेत्रको भविष्य अन्धकार हुने चेतावनी दिएको छ ।
काठमाडौं, ११ असार । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नेपालको अद्यावधिक नक्शा राष्ट्रिय सहमतिका आधारमा नेपालको संविधानमा समावेश भइसकेको कुरा बुझेर छिमेकी मुलुक भारतले वार्ताको ढोका खोल्नुपर्ने बताएका छन ।
सप्तरी, ११ असार । आज बिहान वर्षासँगै परेको चट्याङ् लागेर सप्तरीमा चार जनाको मृत्यु भएको छ ।
काठमाडौं, ११ असार । “राष्ट्रिय जनतान्त्रिक गठबन्धन” एवं राष्ट्र बचाउ अभियानका प्रमुख घटक दल एवं सक्रिय सहभागी राप्रपा (लोकतान्त्रिक) का राष्ट्रिय अध्यक्ष लाक्पा तामाङले मानवता र सेवाभावले तत्कालीन माओवादी द्वन्दमा घाईते, असक्त भएका र तिनको पार्टी एवं सरकारले खासै चासो र चिन्ता नदेखाएकाकोलाई अभियान नै चलाएर आर्थिक सहयोग लगायतका सहयोग जुटाउँदै उच्च मानवीय गुण प्रदर्शन गरेका छन् ।
कपिलवस्तु, ११ असार । कपिलवस्तुको बुद्धभूमि नगरपालिकाको सातौ नगरसभाले कोरोना भाइरसबाट प्रभावित बनेका नगरवासीहरुको आयआर्जनमा टेवा दिन रोजगारमूलक कार्यक्रम गर्ने नीति लिएको छ ।
काठमाडौं, १० असार । चिनियाँ अतिक्रमणमा परेका ६४ हेक्टरभन्दा बढी नेपाली भूभाग फिर्ता ल्याउन प्रतिनिधिसभामा संकल्प प्रस्ताव दर्ता भएको छ ।
काठमाडौं, १० असार । विषम् स्थितिलाई दृष्टिगत गर्दै पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्ष आफ्नो जन्मदिनलाई उत्सवको रुपमा नमनाउने घोषणा गरेका छन् ।
काठमाडौं, १० असार । नेपाल–भारतबीच अहिले उत्पन्न भएको सीमा विवादलाई कुटनीतिक तरिकाले टुंगो लगाउन विश्व हिन्दू महासंघले आग्रह गरेको छ ।
काठमाडौं, १० असार । विदेशी बुहारीलाई ७ वर्षपछि अंगीकृत नागरिकता दिने विधेयकको विरुद्धमा जनता समाजवादी पार्टी नेपालले विरोध प्रदर्शन र सभा आयोजना गर्ने भएको छ ।
रौतहट, १० असार । जिल्ला प्रहरी कार्यालय रौतहटले बम बिस्फोट तथा ज्यान मार्ने उद्योग मुद्दामा दुई जनालाइ बुधबार पक्राउ गरेको छ ।