पर्सा, ५ असार । वीरगंज महानगरपालिका–१५ स्थितबाट नियन्त्रित लागूऔषध नुर्फिन ४ सय १७ पिस, डाईजेपाम ४ सय १७ पिस र फेनारगन ४ सय १७ पिस सहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
कपिलवस्तु, ५ असार । महाराजगंज नगरपालिका–११ चौहट्टा बस्ने २३ वर्षीय सुरज कुमार भरको करेन्ट लागेर बिहीबार साँझ मृत्यु भएको छ ।
कैलाली, ५ असार । घोडाघोडी नगरपालिका–१ सुख्खड बस्ने करन थापाको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–१ बस्ने ३२ वर्षीय अक्कल बहादुर शाही लगायत ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सिरहा, ५ असार । कर्जन्हा नगरपालिका–३ बन्दीपुर बस्ने ३५ वर्षीय राम बृक्ष महत्तोको घरमा लुकाई छिपाई राखेको बिभिन्न साईजको अन्दाजी ७५ दशमलव १७ क्यूफिट काठ सहित राम बृक्षको समिल तथा फर्निचरमा काम गर्ने धनुषा क्षिरेश्वर नगरपालिका–५ घर भएका २४ वर्षीय रोसन कुमार महत्तोलाई प्रहरीले पक्राउ गरेको छ ।
रौतहट, ४ असार । चन्द्रपुर नगरपालिकाको आर्थिक विकास समितिले नगरको १० वटै वडामा रहेको पशु तथा कृषि सहकारी संस्थाका कृषकलाई फाईदा पुग्ने गरी उन्नत जातको बोका वितरण गरेको छ ।
कैलाली, ४ असार । गोदावरी नगरपालिका–६ स्थित सडकमा बा.२० च ५१२८ नम्बरको कारको ठक्करबाट से.४ प ७३९८ नम्बरको मोटरसाइकल चालकको मृत्यु भएको छ ।
धनुषा, ४ असार । २४ वर्षीया गर्भवती महिलालाई कुटपिट गरी घाइते बनाएको अभियोगमा शहिदनगर नगरपालिका–७ बस्ने २२ वर्षीय अर्जुन मण्डललाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं, ४ असार । नेपालका लागि भारतका निवर्तमान राजदूत मञ्जीव सिंह पुरीले नेपालले लिम्पियाधुरा सहितको नक्सा जारी गरेर भारतसँग द्वन्द्व सिर्जना गरेको टिप्पणी गरेका छन् ।
काठमाडौं, ४ असार । चीनसँग लद्दाखमा युद्वको स्थिति बनेपछि नेपालमा छुट्टी मनाइरहेका गोर्खा सैनिकलाई भारतले फिर्ता बोलाएको छ । भारतमा कोरोना भाइरसको संक्रमण बढ्नुअघि भारतीय सेनामा कार्यरत गोर्खालीहरू छुट्टी मनाउन घर फर्किएका थिए । तर, चीनसँग उत्तरी सीमा विवाद चुलिएपछि भारतीय सेनाले छुट्टी मनाइरहेका गोर्खालीलाई काममा फर्कन आदेश दिएको हो ।
काठमाडौं, ४ असार । भारतले नेपालसँग सीमा विवादबारे द्विपक्षीय वार्ता गरिरहन आवश्यक नरहेको निष्कर्ष निकालेको छ । केही दिनअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको क्याबिनेट कमिटी अन सेक्युरिटी (सीसीएस) बैठकले तत्काल नेपालसँग सीमाका विषयमा द्विपक्षीय वार्ता गर्नुको अर्थ नरहेको निष्कर्ष निकालेको हो ।
काठमाडौं, ४ असार । प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरीका आइजीपी शैलेन्द्र खनाल कालापानी क्षेत्र पुगेकोमा भारतले चासो देखाएको छ ।
बारा, ४ असार । विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाईरसबाट नाई श्रमिकहरु सबभन्दा बढी प्रभावित भएका छन् । कोरोना भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा नसरोस् भन्ने उद्देश्यका साथ सरकारले गत साल चैत ११ गतेबाट लकडाउन जारी गरेको छ ।
काठमाडौं, ४ असार । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी बल, नेपाल नम्बर ५० गुल्म दार्चुलाको नव निर्मित भवनको उद्घाटन गरेका छन् ।
वीरगन्ज, ४ असार । बन्दाबन्दी खुकुलो भएपछि विकास निर्माण कार्यहरुले तीव्रता लिएको छ । कोरोना रोग संक्रमणलाई मध्यनजर गर्दै सरकारले घोषण गरेको बन्दाबन्दीको कारण वार्षिक विकास निर्माण कार्यहरु रोकिएका थिए ।
काठमाडौं, ३ असार । भारतका सडक परिवहन र राजमार्ग मन्त्री नितिन गडकरीले नेपालसँगको सम्बन्धमा कुनै विवाद नरहेको स्पष्ट पारेका छन् ।
धनगढी, ३ असार । भारतसँग १ सय १ किलोमिटर खुला सीमाना रहेको कैलालीमा सशस्त्र प्रहरीले ९ वटा बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरेको छ ।
काठमाडौं, ३ असार । सिमा विवाद समाधानका लागि भारतले नेपालसँग वार्ता नगर्ने भएको छ । उसले भन्दै आएको वार्ताको वातावरण तयार गर्ने जिम्मा नेपाली पक्षलाई नै छाडिदिने भएको छ ।
काठमाडौं, ३ असार । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) शैलेन्द्र खनाल बुधबार दार्चुला पुगेका छन् ।
जनकपुरधाम, ३ असार । प्रदेश २ मा १ सय ८५ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या २ हजार ३ सय ७७ पुगेको छ ।
जनकपुरधाम, ३ असार । प्रदेश २ सरकारले शम्भु सदा र विरेन्द्र यादवको परिवारलाई राहत स्वरुप पाँच/पाँच लाख रुपैयाँ दिने घोषणा गरेको छ ।
जनकपुरधाम, ३ असार । प्रहरी हिरासतमा रहेका सबैलाका शम्भु सदालाई प्रहरीले यातना दिई हत्या गरेको र त्यसपछि शौचालयमा झुण्ड्याइएको एक प्रतिवेदनले दाबी गरेको छ ।
काठमाडौं, ३ असार । बाँकेको नेपालगन्ज मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएकी महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जनकपुरधाम, २ असार । प्रदेश २ सरकारले मधेश सहिद राजमार्गको अवधारणा अघि सारेको छ । सप्तरीदेखि पर्सासम्मको सडकलाई मधेश सहिद राजमार्ग बनाउन विस्तृत परियोजना प्रतिवेदन आगामी वर्ष तयार गर्ने प्रदेश २ सरकारले सोमबार जारी गरेको बजेट वक्तव्यमा भनिएको छ ।