6/13/2020

रौतहट, ३१ जेठ । सरकारले लकडाउनलाई खुकुलो पारे पनि प्रदेश २ का सर्लाही र रौतहटसहित अन्य दुई जिल्लामा ‘पूर्ण लकडाउन’ यथावत् रहने भएको छ ।

6/13/2020

काठमाडौं, ३१ जेठ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सरकारले नक्सा जारी गरेसँगै अब भूमि फिर्ता ल्याउनुपर्ने अवस्था रहेको बताएकी छिन् ।

6/13/2020

देहरादुन, ३१ जेठ । भारतकासेनाध्यक्ष मनोज मुकुन्द नरवाणले नेपाल र भारतसँगको सम्बन्ध मजबुत रहेको र दुई देशबीचको सम्बन्ध सँधै सुमधुर हुने बताएका छन् ।

6/13/2020

काठमाडौं, ३१ जेठ । नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ प्रतिनिधिसभाबाट सर्वसहमतिले पारित भएको छ । योसँगै नेपालको नक्साले पूर्णता पाएको हो ।

6/13/2020

काठमाडौं, ३१ जेठ । जनता समाजवादी पार्टी नेपाल वरिष्ठ नेता राजेन्द्र महतोले संविधानप्रति आफूहरुको असहमति र असन्तुष्टि हुँदाहुँदै नेपाली भूमि सवाल र राष्ट्रियताको सवाल आउँदा सहर्ष स्वीकार गरेको बताएका छन् ।

6/13/2020

काठमाडौं, ३१ जेठ । जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादवले कांग्रेस र कम्युनिष्टका नेताहरुले महाकाली सन्धिमा राष्ट्रघात गरेको आरोप लगाएका छन् ।

6/13/2020

काठमाडौं, ३१ जेठ । जनता समाजवादी पार्टी नेपालकी सांसद सरिता गिरीले राखेको संविधान संशोधन विधेयकमा संंशोधन प्रस्ताव सभामुखले अस्वीकृत गरेका छन् ।

6/13/2020

काठमाडौं, ३१ जेठ । लिम्पियाधुरा, कालापानी, लिपुलेकलगायतको भूभाग समेटेर सार्वजनिक गरेको नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सालाई संवैधानिक मान्यता दिने गरी सरकारले संविधान संशोधन विधेयक आज पारित गर्दैछ ।

6/12/2020

काठमाडौं, ३० जेठ । जनता समाजवादी पार्टी (जसपा) ले संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । लतिलपुरको बालकुमारीस्थित पार्टी कार्यालयमा बसेको जपसा पदाधिकारी बैठकले संशोधन सम्बन्धि प्रक्रियामा पक्षमा उभिने निर्णय गरेको हो ।

6/12/2020

काठमाडौ, ३० जेठ । नेपालका लागि भारतका पूर्वराजदूत राकेश सुदले नेपाल–भारत सीमा विवाद बढ्नुमा भारतकै गल्ती औँल्याएका छन् ।

6/12/2020

काठमाडौं, ३० जेठ । पाकिस्तानको सरकारी टेलिभिजन च्यानल पीटीभीले पाकिस्तानको गलत नक्सा प्रसारण गरेपछि त्यहाँ कार्यरत दुई पत्रकारले जागिर गुमाएका छन् । उक्त नक्सामा पाकिस्तान प्रशासित कस्मिरलाई भारतमा देखाइएको थियो ।

6/12/2020

नयाँदिल्ली, ३० जेठ । भारत र चीनबीच जारी सीमा विवादलाई समाधान गर्न दुवै देशले भूमिका खेलिरहेको चीनले बताएको छ ।

6/12/2020

काठमाडौं, ३० जेठ । सरकारले महोत्तरीमा विषाक्त मदिरा खाएर ज्यान गुमाएकाका परिवारलाई दुई लाखका दरले २४ लाख राहत दिने भएको छ ।

6/12/2020

वीरगन्ज, ३० जेठ । पीसीआर खरिदका लागि वीरगन्ज महानगरपालिकालाई एकैदिन ७० लाख रुपैयाँ सहयोग प्राप्त भएको छ ।

6/12/2020

नयाँदिल्ली, ३० जेठ । भारतले नेपालसँगको सीमा विवादका सम्बन्धमा आफ्नो पुरानो अडान रहेको जनाएको छ । भारतले यसअघि नेपालका तर्फबाट सकारात्मक र रचनात्मक पहल भएको खण्डमा मात्र वार्ता हुनसक्ने बताएको थियो ।

6/12/2020

धनगढी, ३० जेठ । “जातजाती सबै समान, रक्तदान जीवनदान भन्ने नारा सहित कैलालीको टीकापुरमा पश्चिम रुकुमको चौरजहारी घटनाका विरुद्ध सरकारलाई ध्यानाकर्षण गर्न रक्तदान कार्यक्रम गरिएको छ ।

6/12/2020

कैलाली, ३० जेठ । कोरोना भाइरसको रोकथाममा सरकार गम्भीर नभएको भन्दै धनगढीमा प्रदर्शन गरिएको छ । कैलालीको धनगढीमा सरकारविरुद्ध प्रदर्शन गरिएको हो ।

6/12/2020

काठमाडौं, ३० जेठ । सरकारविरुद्ध भइरहेको शान्तिपूर्ण जनप्रदर्शनमा दमन भएको भन्दै जनता समाजवादी पार्टी नेपालले भर्त्सना गरेको छ ।

6/12/2020

जनकपुरधाम, ३० जेठ । भोरले कोरोनाको महामारी नियन्त्रणमा योगदान गर्ने व्यक्ति र संस्थालाई महानायक सम्मान प्रदान गर्ने घोषणा अनुरुप यस कार्यलाई चुस्त, निष्पक्ष र प्रभावकारी तवरले अगाडी बढाउन महानायक सम्मान प्रदेश स्तरीय आयोजन समिति गठन शुरु गरिएको छ ।

6/11/2020

काठमाडौं, ३० जेठ । लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर सरकारले नक्सा जारी गरिसकेको छ । संविधानमा निशान छाप परिवर्तनका लागि नक्सासम्बन्धी संविधान संशोधन विधेयक पनि दर्ता भइसकेको छ ।

6/11/2020

काठमाडौं, २९ जेठ । भारतसँगको भूमि समेटेर नयाँ नक्सा जारी गर्ने सरकारी विधेयकविरुद्ध संशोधनको प्रस्ताव दर्ता गराएकी जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले कारबाही गर्ने चेतावनी दिएका छन् ।

6/11/2020

काठमाडौ, २९ जेठ । नेपालमा कोरोना भाइरसका २ सय ५० जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमित थपिएको जानकारी दिएको छ ।

6/11/2020

काठमाडौं, २९ जेठ । बालुवाटारस्थित प्रधानमन्त्री निवास अगाडि सरकारविरुद्धमा प्रदर्शन भएको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नियन्त्रणमा सरकार असफल भएको भन्दै प्रदर्शन गरिएको छ ।

6/11/2020

काठमाडौं, २९ जेठ । नेपालका लागि भारतका पूर्वराजदूत राकेश सुदले भारतीय सेनापति मनोज नरवानेले नेपालबारे गरेको टिप्पणीलाई संवेदनहीन भन्दै आलोचना गरेका छन् ।

6/11/2020

काठमाडौँ, २९ जेठ । भारतीय राष्ट्रिय कांग्रेसले कालापानी–लिपुलेक क्षेत्रलाई लिएर भारत र नेपालबीच उत्पन्न पछिल्लो परिस्थितिको अन्त्यका लागि कूटनीति र संवादलाई अगाडि बढाउनुपर्नेमा जोड दिएको छ ।

ट्रेन्डिङ