काठमाडौं, २१ जेठ । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले विगतका बजेटझैं यो बजेट पनि मधेश विरोधी र संघीयताको मर्मविपरीत रहेको आरोप लगाएका छन् ।
काठमाडौं, २० जेठ । तत्कालीन सशस्त्र भूमिगत मधेश राष्ट्र जनतान्त्रिक पार्टी (क्रान्तिकारी) जनतान्त्रिक तराई मुक्ति मोर्चामा समाहित भएको छ ।
बीरगंज, १९ जेठ । समाजवादी पार्टी नेपाल पर्साका अध्यक्ष एवम् संघीय सांसद प्रदिप यादवले सरकारले लयाएको २०७६/०७७ को बजेटले प्रदेश २ लाई उपेक्षा गरेको बताएका छन् ।
काठमाडौं, १९ जेठ । स्थानीय तहमा कर्मचारी भर्ना सम्बन्धमा लोकसेवा आयोगले सार्वजनिक गरेको विज्ञापनप्रति राष्ट्रिय जनता पार्टी नेपालको ध्यानाकर्षण भएको छ ।
काठमाडौं, १९ जेठ । पूर्वगृह राज्यमन्त्री मो रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी पार्टीले संविधान संशोधनसहितका मागहरु राख्दै आन्दोलन सुरु गरेको छ ।
जनकपुरधाम, १९ जेठ । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सात वटै प्रदेशलाई कुपोषित बनाउने खेलमा वर्तमान सरकार लागेको आरोप लगाएका छन् ।
पोखरा, १८ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले विकसित र आधुनिक नेपाल निर्माण गर्न चाहेको बताएका छन् ।
काठमाडौं, १८ जेठ । स्थानीय तहको कर्मचारी भर्ना सम्बन्धि लोकसेवा आयोगले भर्खरै निकालेको विज्ञापनप्रति नेपाल कम्युनिष्ट पार्टीका प्रदेश २ अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य प्रभु साहको गम्भीर ध्यानार्कषण भएको छ ।
जनकपुरधाम, १७ जेठ । मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले संघीय लोक सेवा आयोगबाट स्थानीय तहका लागि गरिएको विज्ञापन प्रति आक्रोश व्यक्त गरेका छन् ।
जनकपुरधाम, १६ जेठ । शहीदहरुलाई स्मरण गर्दै प्रदेश सरकारले आयोजना गरेको तीन दिवसीय गणतन्त्र दिवस २०७६ सम्पन्न भएको छ ।
रौतहट, १५ जेठ । रौतहट जिल्लाको सदरमुकाम गौरमा विभिन्न कार्यक्रमको आयोजना गरी १२औ गणतन्त्र दिवस मनाइएको छ । गणतन्त्र दिवस मूल समारोह समितिको आयोजनामा दिवस मनाइएको हो ।
काठमाडौं, १४ जेठ । टीकापुर घटनामा संलग्न रहेको कसूरमा जन्मकैद भोगिरहेका राष्ट्रिय जनता पार्टी नेपालका सांसद रेशम चौधरी पार्टी परित्याग गर्ने मनस्थिति बनाएका छन् ।
वीरगञ्ज, १४ जेठ । उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले अहिलेको सरकार निकम्मा भएको टिप्पणी गरेका छन् । सरकार लुटतन्त्र र भ्रष्टाचारमा लिप्त रहेको उनले आरोप लगाए ।
काठमाडौं, १४ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहण समारोहमा सहभागी हुन बिहीबार दिल्ली जाने भएका छन् । भारतबाट औपचारिक निम्ता आएपछि प्रधानमन्त्री ओली सपथग्रहण समारोहमा सहभागी हुन दिल्ली जाने तय भएको हो ।
वीरगञ्ज, १४ जेठ । समाजवादी पार्टी, नेपालका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले मधेश जनविद्रोहबाट नै नेपालमा संघीयता स्थापित भएको बताउँदै मधेश संघीयताको जननी भएको बताएका छन् ।
ललितपुर, १३ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले नेपाललाई विकास हुन नदिने तत्वहरु अहिले पनि सक्रिय रहेको बताएका छन् ।
सर्लाही, १३ जेठ । सर्लाहीको हरिपुर नगरपालिका कार्यालयमा बम विस्फोट भएको छ । हरिपुर नगरपालिका–२ मा रहेको नगरपालिका कार्यालयमा आइतबार राति अज्ञात समूहले बम विस्फोट गराएको प्रहरीले जनाएको छ ।
जनकपुरधाम, १३ जेठ । समाजवादी पार्टी नेपालका शीर्ष नेताहरुले समतामूलक समृद्ध राष्ट्र निर्माणका लागि सम्मुन्नत संघीय समाजवाद एक मात्र विकल्प रहेको बताएका छन् ।
जनकपुरधाम, १३ जेठ । समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पहिचान र समानता विरोधी वर्तमान संविधानलाई मधेशी जनताले अझै स्वीकार नगरेको उल्लेख गरे ।
बारा, १२ जेठ । प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जीतेन्द्र सोनलले गढीमाई र सिम्रौनगढको विकास गर्न प्रदेश सरकार तयार रहेको बताए ।
काठमाडौं, १२ जेठ । पिछड़ा वर्गको अधिकारको लागि विगत लामो समयदेखि संघर्ष गरिरहनु भएका लोक दलका अध्यक्ष कौशल कुमार सिंहले पिछड़ा वर्ग (OBC) को लागि छुट्टै समानुपातिक क्लस्टर कायम हुनुपर्ने बताएका छन् ।
जनकपुरधाम, १० जेठ । समाजवादी पार्टी नेपालको मधेश प्रदेश समितिमा तीन जना पदाधिकारी चयन गरिएको छ ।
काठमाडौं, १० जेठ । पूर्वगृहराज्यमन्त्री मो.रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी पार्टीले आन्दोलन गरेको छ ।
काठमाडौं, १० जेठ । समाजवादी पार्टी नेपाल र राजपा नेपालका सांसदहरूले तिब्बतसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भूलबस पुगेको भन्दै क्षमायाचना गरेका छन् ।