5/6/2019

कपिलवस्तु, २२ बैशाख । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले केपी ओली नेतृत्ववको वर्तमान सरकार पूर्णरुपमा विफल भएको आरोप लगाएका छन् ।

5/6/2019

विराटनगर, २२ बैशाख । प्रदेश नं. १ को स्थायी राजधानी विराटनगरमै राखिएको छ । प्रदेश १ का सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले स्थायी राजधानी विराटनगर बनाउने प्रस्ताव दर्ता गराएको छ ।

5/6/2019

कपिलवस्तु, २२ बैशाख । विभिन्न पार्टी परित्याग गरी २ सय बढी नेता कार्यकर्ता नेपाली कागे्रसमा प्रवेश गरेका छन् ।

5/5/2019

काठमाडौं, २२ बैशाख । मधेश थरुहट आन्दोलनका क्रममा भएका घटनाहरुको छानबिनका लागि गठित उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गराउन राष्ट्रिय जनता पार्टी नेपालले सरकारलाई पुनः ध्यानाकर्षण गराएको छ ।

5/5/2019

काठमाडौं, २२ बैशाख । डा.मनोज मुक्ति ‘विवेक’ नेतृत्वको तत्कालीन तराई मधेशका भूमिगत सशस्त्र समूह जनतान्त्रिक तराई मुक्ति मोर्चाले पनि राष्ट्रिय राजनीतिमा आफ्नो सक्रियता बढाउन थालेको छ ।

5/5/2019

रुपन्देही, २२ बैशाख । नेकपा महासचिव एवं सांसद विष्णु पौडेलको राजीनामा नेपाली कांग्रेसका नेताहरुले मागेका छन् ।

5/5/2019

रौतहट, २२ बैशाख । रौतहट जिल्लाको ईशनाथ नगरपालिकाका प्रमुख संतोष मेहताले नेकपा पार्टीमा प्रबेश गरेको झूठो अफवाह फैलाइएको बताएका छन् ।

5/4/2019

वीरगंज, २१ बैशाख । वीरगंज महानगरपालिका वडा नम्बर १२ मा निर्माण हुन लागेको मदरसा भवनको एक कार्यक्रमका बीच संघीय सांसद प्रदिप यादवले शिलान्यास गरेका छन् ।

5/4/2019

काठमाडौं, २१ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले मुस्लिम समुदायमा व्यापक जनचेतनाको आवश्यकता रहेको बताएका छन् ।

5/4/2019

काठमाडौं, २१ बैशाख । डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल र उपेन्द्र यादवको संघीय समाजवादी फोरम नेपालबीच पार्टी एकीकरण गर्ने सहमति भएको छ ।

5/4/2019

जनकपुरधाम, २० बैशाख । प्रदेश २ को प्रदेशसभामा प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी र नेपाली कांग्रेसले अवरोध गरेको छ । नेकपा र कांग्रेसको अवरोधका कारण प्रदेशसभा चल्न सकेको छ ।

5/2/2019

काठमाडौं, १९ वैशाख । राष्ट्रिय जनता पार्टी नेपालसँग पार्टी एकीकरणको चर्चा चलिरहेको समयमा संघीय समाजवादी फोरम नेपालको नयाँ शक्ति पार्टीसँग पार्टी एकीकरण हुने भएको छ ।

5/2/2019

जनकपुरधाम, १९ वैशाख । । प्रदेश नं. २ को नाम र स्थायी राजधानी बारे सुझाव संकलन गर्न गठित आयोगले आफनो प्रतिवेदन आज प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ ।

5/2/2019

बुटवल, १९ वैशाख । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले सरकारलाई असफल बनाउने प्रयास भइरहेको बताएका छन् । सरकारको गति देखेर विपक्षीहरु बदनाम गराउने खेलमा लागेको उनको दाबी छ ।

5/2/2019

काठमाडौं, १९ वैशाख । संघीय समाजवादी फोरम नेपालका प्रतिनिधिसभा सदस्य प्रदीप यादवले नेकपा अध्यक्ष प्रचण्डलाई दिवास्वप्न नदेख्न आग्रह गरेका छन् ।

5/1/2019

काठमाडौं, १८ बैशाख । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्तिप्रति राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालले आपत्ति जनाएका छन् ।

4/30/2019

ललितपुर, १७ बैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश २ मा पनि कम्युनिष्ट पार्टीकै सरकार आवश्यक रहेको बताएका छन् ।

4/30/2019

काठमाडौं, १७ बैशाख । अमर यादव नेतृत्वको मधेश तराई फोरम नेपाल कम्युनिष्ट पार्टीमा विलय भएको छ ।

4/30/2019

जनकपुरधाम, १७ बैशाख । संघीय समाजवादी फोरम नेपालको मधेश प्रदेश अध्यक्षमा आर्थिक मामिला तथा योजनामन्त्री विजय यादव निर्वाचित भएका छन् ।

4/30/2019

विराटनगर, १७ बैशाख । राष्ट्रिय जनता पार्टी नेपालले सडक र सदनमा देशव्यापी सशक्त आन्दोलन गर्ने घोषणा गरेलगत्तै सत्तारुढ दल संघीय समाजवादी फोरम नेपालले पनि आन्दोलनको धम्की दिएको छ ।

4/30/2019

रौतहट, १७ बैशाख । रौतहट जिल्लाको यमुनामाई गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षको बीचमा बजेटको विषयलाई लिएर चुलिएको विवाद उत्कर्षमा पुगेको अवस्थामा नेपाली कांग्रेसले गाउँपालिकामा चरम भ्रस्टाचार भएको आरोप लगाएका छन् ।

4/30/2019

कपिलवस्तु, १७ बैशाख । संघीय समाजवादी फोरम नेपाल जिल्ला समन्वय समिति कपिलवस्तुको सर्वसम्मात रुपमा शैलेन्द्र कुमार यादव अध्यक्षमा निर्वाचित भएका छन् ।

4/30/2019

कपिलवस्तु, १७ बैशाख । संघीय समाजवदाी फोरम नेपालको प्रथम एकता अधिवेशन कपिलवस्तुमा हुने भएको छ ।

4/29/2019

काठमाडौं, १६ बैशाख । तत्कालीन मधेशी जनअधिकार फोरम नेपालका संस्थापक नेता अमर यादव नेतृत्वको तराई मधेश फोरम र नेपाल कम्युनिष्ट पार्टीबीच एकीकरण हुने भएको छ ।

4/29/2019

काठमाडौं, १६ बैशाख । संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष तथा पूर्वमन्त्री राजेन्द्र प्रसाद श्रेष्ठले अहिलेको सङ्घीयता प्रशासनिक सङ्घीयता मात्र भएको बताउँदै यो जनताका लागि नहुनु मामाभन्दा कानो मामा बेस भने जस्तो भएको बताएका छन् ।

ट्रेन्डिङ