वीरगंज, २० चैत । संघीय समाजवादी फोरम नेपालका सांसद प्रदिप यादवको लामो संघर्ष तथा अथक प्रयासपछि जन्मसिद्धका आधारमा नागरिकता लिएकाहरुको सन्तानले वंशजका आधारमा नागरिकता पाउने भएका छन् ।
काठमाडौं, १९ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीहरु परापूर्वकालदेखि नै अनुसन्धानमा पोख्त भएको बताएका छन् ।
काठमाडौं, १९ चैत । नेपालका पर्यटन मन्त्री रविन्द्र अधिकारीसहित सातजनाको निधन हुने गरी पाथीभरा नजिकै भएको हेलिकप्टर दुर्घटनाको स्थलगत जाँचमा हेलिकप्टर निर्माता एयरबस कम्पनीले गरेको वेवास्ता प्रति भारतीय जनता पार्टीका नेता विजय जोलीले आक्रोश व्यक्त गरेका छन् ।
कपिलवस्तु, १९ चैत । संघीय समाजवादी फोरम नेपाल कपिलवस्तुको मायादेवी गाउँपालिकाको अधिवेसन बजरंगी प्रसाद कुर्मी र शैलेन्द्र कुमार यादव निर्वाचित भएका छन् ।
रौतहट, १९ चैत । संघीय प्रेस फोरम नेपाल प्रदेश २ को सचिवालय कमिटीको बैठक रौतहटमा समपन्न भएको छ ।
कपिलवस्तु, १९ चैत । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीलाई ‘कर प्रसाद ओली’ को संज्ञा दिएका छन् ।
मोरङ, १७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली समाजको वास्तविक हिरो मदन भण्डारी भएको बताएका छन् ।
काठमाडौं, १७ चैत । पृथकतावादी अभियान छोडेर मूलधारको राजनीतिमा आएपछि डा.सीके राउतले पहिलोपटक सार्वजनिक जनसम्बोधन गर्न लागेका छन् ।
काठमाडौं, १७ चैत । संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष तथा प्रतिनिधिसभा सदस्य राजेन्द्र प्रसादले वर्णवाद र नश्लवादका कारण नेपाल पछि परेको बताएका छन् ।
काठमाडौं, १७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धिका लागि सबै खालका आधार र संरचना तयार भएको बताएका छन् ।
काठमाडौं, १७ चैत । प्रधानमन्त्री केपी शर्मा ओली आज र भोली मोरङ र झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन् ।
वीरगंज, १६ चैत । संघीय समाजवादी महिला फोरम नेपाल वीरगंज महानगरपालीको प्रथम महिला नगर अधिवेशन वीरगंजमा सम्पन्न भएको छ ।
बनेपा, १६ चैत्र । संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले आफूलाई समाजवादी भन्ने नेपाल कम्युनिष्ट पार्टी र नेपाली काङ्ग्रेसले नेपाललाई मागेर खाने देश बनाएको आरोप लगाएका छन् ।
वीरगंज, १६ चैत । संघीय समाजवादी फोरम नेपालका चर्चित युवा नेता एवम् सांसद प्रदिप यादवले संघीयता कमजोर पार्ने तत्वहरुको डिजाइनमा प्रदेश नम्बर २ मा लगातार प्रश्नपत्र बाहिर ल्याइएको आरोप लगाएका छन् ।
काठमाडौँ, १५ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई व्यापारको केन्द्रका रूपमा विकास गर्न अन्तर्राष्ट्रिय लगानीकर्तासँग आग्रह गरेका छन् ।
जनकपुरधाम, १५ चैत । प्रदेश २ मा दोस्रोपटक माध्यमिक शिक्षा परीक्षा (एसइई)को प्रश्नपत्र बाहिरिएपछि प्रदेश २ सरकारले संघीय सरकारका शिक्षा मन्त्रीको राजनीनामा माग गरेको छ ।
वीरगन्ज, १५ चैत । संघीय समाजवादी फोरम नेपालका पर्सा जिल्ला अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य सांसद प्रदीप यादवले प्रदेश नम्बर २ लाई बदनाम गर्न केही समुह लागेको बताउँदै विधार्थीहरुको भविष्यसँग खेलवाड गर्ने संघीय सरकारका शिक्षा मन्त्री गिरिराजमणि पोखरेलको राजीनामा माग गरेका छन् ।
जनकपुरधाम, १५ चैत । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द पौडेलले संविधानमा रहेका त्रुटिहरुलाई कांग्रेसले सच्याउन चाहेको बताएका छन् ।
जनकपुर, १४ चैत । जनकपुर बमकाण्डका मुख्य दोषी ठहराउँदै पूर्वराज्यमन्त्री सञ्जय साह ‘टक्ला’सहित ७ जनालाई जन्मकैद र एक जनालाई ५ वर्षको जेल सजाय सुनाइएको छ ।
धनगढी, १३ चैत । पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले दुई तिहाईको कम्युनिष्ट सरकारलाई खबरदारी गर्नुपर्ने बताएका छन् ।
कपिलवस्तु, १३ चैत । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं संघीय सांसद डा.डिला संग्रैलाले बर्तमान केपी ओली नेतृत्वको सरकारले संस्थागत रुपमै नै भष्टचार गरी राज्यकोषको दुरुपयोग गरेको आरोप लगाएकी छन् ।
विराटनगर, १३ चैत । नेपाली कांग्रेसका उपसभापति विजय कुमार गच्छदारले सांसद रेशमलाल चौधरीलाई अविलम्ब रिहा गर्न माग गरेका छन् ।
रौतहट, १३ चैत । नेपाल कम्युनिष्ट पार्टी प्रदेश नं २ का अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य प्रभु साहले नेपाली कांग्रेस जनविरोधी काममा लागेको आरोप लगाएका छन् ।
रौतहट, १३ चैत । रौतहट जिल्लाको १८ वटै स्थानीय तहमा संघीय समाजवादी फोरम नेपालको वडा अधिवेशन तीव्र रुपमा भइरहेको छ ।