काठमाडौं, २० साउन । प्रतिनिधिसभा सदस्य तथा समाजवादी पार्टीका प्रभावशाली युवा नेता प्रदीप यादवले सरकारबाट बाहिरिनुपर्ने कुरामा कार्यकर्ताहरुको दबाबभन्दा पनि हाम्रा नेतृत्वपंक्ति नै बढी गम्भीर रहेको बताएका छन् ।
बाँके, १९ साउन । जनमत पार्टीले बाँकेको विभिन्न स्थानमा आफ्नो संगठन विस्तार, प्रशिक्षण तथा सदस्यता वितरण कार्य सम्पन्न गरेको छ ।
कपिलवस्तु, १८ साउन । कपिलवस्तुमा बिहीबार भएको गोली प्रहार गरि घाइते भएका रामनयन यादवका अपराधीलाई कारवाहीको माग गर्दै ज्ञापन पत्र बुझाइएको छ ।
इटहरी, १६ साउन । इटहरी उपमहानगरका प्रमुख द्वारिकलाल चौधरीले इटहरीका गाउँ–गाउँमा विकासको लहर छाएको दावी गरेका छन् । एक कार्यक्रमलाई सम्वोधन गर्दै उनले १४ महिनामा ३० किलोमिटर वाटो पिच गर्न नसके राजीनामा दिने बताएका छन् । इटहरीमा सडक निर्माणको कामले गाउँ गाउँमा तीव्रता लिएको बताएका छन् ।
काठमाडौं, १५ साउन । विभिन्न विश्वविद्यालयमा रिक्त हुँदै गरेका उपकुलपति लगायतका पदाधिकारीको नियुक्ति पुनः दलीय भागभन्डामा हुने भन्ने समाचारप्रति साझा पार्टीको गंभिर ध्यानाकर्षण भएको छ ।
काठमाडौं, १५ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू र आफ्ना माहतका व्यक्तिलाई लाई स्वच्छ,पारदर्शी र गतिशिल बनाउन आह्वान गरेका छन् ।
वीरगन्ज, १४ साउन । नेपाल कम्युनिस्ट पार्टी पर्साले पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।
काठमाडौं, १४ साउन । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलका संयोजक राजकिशोर यादवले राजपा नेपाल सडकदेखि सदनसम्म आन्दोलनको तयारीमा लागेका बताएका छन् ।
काठमाडौँ, १२ साउन । समाजवादी पार्टी, नेपालका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले समाजवादी पार्टी, नेपाल सङ्घीयताका लागि भएको मधेश जनविद्रोह, आदिवासी जनजाति, खस, थारु, शिल्पी लगायतको आन्दोलनको मात्र नभई दशवर्षे जनयुद्धका मुद्दाहरूको वैचारिक उत्तराधिकारी पनि भएको बताएका छन् ।
रुपन्देही, १२ साउन । समाजवादी पार्टीले प्रदेश ५ मा एकीकरण प्रक्रिया टुंगो लगाएको छ । शनिबार बसेको पदाधिकारी बैठकपछि प्रचार विभाग प्रमुख प्रशान्त सिंहले प्रदेशको समायोजन कार्य सँगसँगै संगठनलाई चुस्त बनाउन नेताहरूको जिम्मेवारी बाँडफाँट गर्ने कार्य भइरहेको बताए ।
बाँके, ११ साउन । डा.सीके राउत नेतृत्वको जनमत पार्टीको जिल्ला कार्यालय नेपालगन्जमा उद्घाटन भएको छ ।
काठमाडौं, १० साउन । नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरूले पार्टीको १४औं महाधिवेशनको मिति तय गर्नुपर्नेमा जोड दिएका छन् ।
अहिले राजपा नेपाल र समाजवादी पार्टीबीच एकताका लागि छलफल तीव्र बनेको छ । शासकीय स्वरूप, निर्वाचन प्रणाली र समाजवादी पार्टीको सरकारबाट बहिर्गमनबाहेकका विषयमा दुवै पार्टीबीच अनौपचारिक सहमति जुटिसकेको छ । सरकारबाट बहिर्गमनका विषयमा भने सहमति जुटाउन मुस्किल परेको नेताहरूले बताएका छन् ।
काठमाडौं, १० साउन । तराई÷मधेशमा सशस्त्र भूमिगत संघर्ष गर्दै आएका जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) १६औं वर्षमा प्रवेश गरेको छ ।
काठमाडौं,९ साउन । प्रधानमन्त्री केपीशर्मा ओलीले वेलायतका नवनिर्वाचित प्रधानमन्त्री वोरिस जोन्सनलाई वधाई तथा शुभकामना सन्देश पठाएका छन् ।
जनकपुरधाम, ८ साउन । संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति एकीकरण पछि गठन भएको समाजवादी पार्टीको मधेश प्रदेश समितिको अध्यक्षमा विजय यादव चयन भएका छन् ।
काठमाडौं, ८ साउन । राजपा नेपालका नेता राजेन्द्र महतोले चुरे क्षेत्रको विनाश र तटबन्धको मर्मत नभएकोले हरेक वर्ष मधेश डुबानमा पर्ने गरेको बताएका छन् ।
काठमाडौं, ८ साउन । नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी नेपाल संसदको अवरोध खुलाउन सहमत भएका छन् । लगातार संसद अवरोध गर्दै आएका कांग्रेस र राजपाले नै बुधबार संसदमा बाढी पहिरोसम्बन्धी विषयमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन् ।
काठमाडौं, ६ साउन । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारविरुद्ध आन्दोलन चर्काउने चेतावनी दिएका छन् ।
काठमाडौं, ३ साउन । रुपन्देही जिल्लाको बुटवल–भैरहवा सडकको मध्यभागमा राखिएको भगवान गौतम बुद्धको मुर्ति तोडफोड गरिएको घटनाप्रति साझा पार्टीको गंभिर ध्यानाकर्षण भएको छ ।
नेपालगन्ज, १ साउन । नेपालगन्ज (अवधगंज) मा जनमत पार्टीले उपमहानगरपालिकामा रहेका कार्यकर्ताहरुलाई एकदिने नेतृत्व विकास तालिम सम्पन्न गरेको छ ।
काठमाडौं, ३० असार । लोकसेवा आयोगको असंवैधानिक र असमावेशी विज्ञापनलाई रद्द गरी आरक्षणसहित पुनःप्रकाशनका लागि दबाब दिन सांसदको हस्ताक्षर अभियान सुरु गरिएको छ ।
काठमाडौं, २९ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकटको ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य दिपक कटुवालको नेतृत्वमा सयौँ ट्रेड युनियनकर्मीहरु समाजवादी पार्टी नेपाल निकटको गरेका छन् ।