9/3/2019

काठमाडौं, १७ भाद्र । राष्ट्रिय जनता पार्टी नेपालले प्राकृतिक प्रकोप प्राधिकरण गठन गर्न माग गरेको छ । सोमबार बसेको राजपा नेपालको अध्यक्षमण्डलको बैठकले यस्तो माग गरेको हो ।

8/30/2019

काठमाडौं, १३ भाद्र । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलका संयोजक राजकिशोर यादवले डाकेको राजनीतिक समितिको बैठक स्थगित भएको छ ।

8/29/2019

काठमाडौं, १२ भाद्र । सत्तारुढ समाजवादी पार्टीकी सांसद सरिता गिरीले संविधानले नै आफूलाई विभेद गरेको भन्दै नेपाल–भुटान संसदीय मैत्री समूहको संयोजक पद अस्वीकार गरेकी छन् । 

8/29/2019

वीरगन्ज, १२ भाद्र । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले छिट्टै प्रदेश २ को नाम ‘मधेश’ घोषणा हुने बताएका छन् ।

8/28/2019

धनगढी, ११ भाद्र । नेपाल कम्युनिस्ट पार्टीका नेता भीम रावलले डा.बाबुराम भट्टराईमाथि विखण्डन निम्त्याउन लागेको आरोप लगाएका छन् ।

8/28/2019

काठमाडौं, ११ भाद्र । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलका संयोजक राजकिशोर यादवले तानाशाही प्रवृत्ति देखाएको आरोप लागेको छ ।

8/28/2019

वीरगन्ज, १० भाद्र । उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले प्राप्त अधिकारको रक्षा गर्ने बेला आएको बताएका छन् ।

8/27/2019

इमरान खान, कपिलवस्तु, १० भाद्र । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री सुरेन्द्र यादवले संघीयता कार्यान्वयन गराउन आफ्नो पार्टी सरकारमा सहभागी भएको बताएका छन् ।

8/27/2019

बुटबल, १० भाद्र । । प्रदेश–५ का मुख्यमन्त्री शंकर पोखरेलले संविधान जारी भएपछिको पहिलो वर्ष संघीयता कार्यान्वयनको वर्ष भएको बताएका छन् । गुल्मीको सदरमुकाम तम्घासमा मंगलवार आयोजित पत्रकार भेटघाटमा मन्त्री पोखरेलले यसै वर्षभित्र प्रदेश ५ को राजधानी सबैको सहमतिमा टुंगो लाग्ने पनि जानकारी दिए । 

8/27/2019

कैलाली, १० भाद्र । २०७२ साल भदौ ७ गते भएको टीकापुर घटनाको चार वर्षपछि थारुहरु पुनः आन्दोलित भएका छन् । टीकापुरमा भएको थारु सम्मेलनले पुरानै माग दोहोर्याउँदै आन्दोलन घोषणा गरेको हो ।

8/27/2019

काठमाडौं, १० भाद्र । संघीय संसदमा महिला सांसदहरुको भूमिका थप वृद्धि गर्न संसद सचिवालयले मंगलबार संसदीय अभ्यास सम्बन्धी अन्तरक्रिया गरेको छ । संसदमा महिला सांसदहरुको भूमिका थप प्रभावकारी बनाउन कार्यक्रमको आयोजना गरिएको हो ।

8/27/2019

काठमाडौं, १० भाद्र । काममा असहयोग भएको भन्दै सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रदेश २ का अध्यक्ष प्रभु साहले दिएको राजीनामा अस्वीकृत भएको छ ।

8/27/2019

कैलाली, १० भाद्र । टीकापुरमा ७ भदौँदेखि शुरु भएको थरुहट थारुवान राष्ट्रिय सम्मेलनले १५ बुँदे घोषण पत्र जारी गर्दै सोमबार सम्पन्न भएको छ ।

8/26/2019

काठमाडौं, ९ भाद्र । राष्ट्रिय जनता पार्टी नेपाल र संघीय लिम्बूवान पार्टी, नेपालबीच एकीकरण हुने भएको छ ।

8/25/2019

धनगढी, ७ भाद्र । टीकापुर घटनाको चार वर्षपछि थारुहरुले थारुवान राष्ट्रिय सम्मेलनको आयोजना गरेको छ ।

8/23/2019

काठमाडौं, ६ भाद्र । संविधानले ७ वटा प्रदेशको व्यवस्था गरेको छ । संविधानको अनुसूचि ४ बमोजिम विभाजन भएकामध्ये तीन वटा प्रदेशले आ–आफ्नो नाम र सदरमुकाम तय गरिसकेका छन् ।

8/22/2019

काठमाडौं, ५ भाद्र । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि आज सिंगापुर प्रस्थान गरेका छन् । आज अपरान्ह १.३० बजे थाई एयरबाट धर्मपत्नी राधिका शाक्यलगायतका सहयोगी, निजी चिकित्सक र सुरक्षाकर्मीका साथ सिंगापुरका लागि प्रस्थान गरेका हुन् ।

8/22/2019

वीरगन्ज, ५ भाद्र । नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टीका दर्जनौ कार्यकर्ताहरु समाजवादी पार्टीमा प्रवेश गरेका छन् । नेपाल कम्युनिष्ट पार्टीका वीरगन्ज महानगरपालिका वडा नम्बर ३१ वडा समितिका अध्यक्ष प्रेम बहादुर अर्याल लगायत बेलवा, मिलन चौकका दर्जनौ व्यक्तिहरु समाजवादी पार्टीमा प्रवेश गरेका हुन् ।

8/22/2019

काठमाडौं, ५ भाद्र । नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस जयशंकरले बिहिबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । उनले शीतल निवास पुगेर राष्ट्रपतिसमक्ष भेटवार्ता गरेका हुन् । उनी नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरीसहितको टोली लिएर शीतलनिवास पुगेका थिए ।

8/21/2019

बुटवल, ४ भाद्र । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले आगामी निर्वाचनमा कांग्रेस पहिलो पार्टी बन्ने दाबी गरेका छन् । मंगलबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा संचारकर्मीहरुसँग कुरा गर्दै निधिले अहिलेको सरकारले कुनै उदाहरणीय काम गर्न नसकेको पनि बताए ।

8/21/2019

काठमाडौं, ४ भाद्र । पर्सा निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य प्रदीप यादवले संघीय सरकारले निकालेलो लोकसेवा आयोगको विज्ञापन संघीयता विरोधी रहेक बताएका छन् ।

8/21/2019

कपिलवस्तु, ४ भाद्र । समाजवादी पार्टी कपिलवस्तुको मायादेवी गाउँपालिका अध्यक्षमा बजरंगी प्रसाद चौधरी चयन भएका छन् ।

8/20/2019

काठमाडौं, ३ भाद्र । उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले केही रोगको उपचारका लागि मात्र विदेश जानुपर्ने बताएका छन् । प्रतिनिधिसभामा मंगलबार सांसदहरुसँगको प्रश्नोत्तर कार्यक्रममा उपप्रधानमन्त्री यादवले धेरै रोगको विश्वस्तरको उपचार नेपालमा सम्भव रहेको बताएका हुन् ।

8/20/2019

काठमाडौं, ३ भाद्र । नेपाल कम्युनिष्ट पार्टीका प्रदेश २ अध्यक्ष प्रभु साहले प्रदेश अध्यक्षबाट राजीनामा दिएका छन् ।

8/19/2019

काठमाडौं, २ भाद्र । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले अब द्रुतगतिमा आर्थिक विकास गर्ने बताएका छन् । एशिया प्रशान्त क्षेत्रको नागरिक हवाइ नियामक क्षेत्रका महानिर्देशकहरुको ५६ औं सम्मेलनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

ट्रेन्डिङ