रुपेन्द्र पटेल, रौतहट, १४ कार्तिक । समाजवादी युवा संघका केन्द्रिय अध्यक्ष एवं प्रदेश नं २ का भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र यादवले छठ पर्वपछि समाजवादी र राजपाबीच एकता हुने ठोकुवा भएको बताएका छन् ।
जनकपुरधाम, ७ कार्तिक । समाजवादी पार्टीकी उपाध्यक्ष तथा संघीय संसद रेणु यादवले मंसिरको पहिलो हप्तामै राजपा नेपालसंग एकता हुने दाबी गरेकी छिन् ।
रौतहट, ७ कार्तिक । राजपुर बम काण्डका आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका निलम्बित सांसद मोहम्मद आफताव आलमको पक्षमा शुक्रवार नेपाली कांग्रेसले विरोध प्रदर्शन गर्ने भएको छ ।
नेपालगन्ज, ७ कार्तिक । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले राज्यले विकास निर्माणका आधारहरु तयार गरेपनि विकासको काम स्थानीय तहले नै गर्नुपर्ने बताएका छन् ।
जनकपुरधाम, ६ कार्तिक । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डल नेता राजेन्द्र महतोले समाजवादी पार्टीसँगको एकता प्रक्रिया अन्तिम चरणमा रहेको बताएका छन् ।
काठमाडौं, ६ कार्तिक । प्रतिनिधि सभा कास्की क्षेत्र नं २ को रिक्त सांसद पदका लागि साझा पार्टीको जिल्ला र क्षेत्रीय समिति सिफारिस अनुसार पोखरा महानगरपालिका निवासी साझा पार्टी केन्द्रीय सदस्य रजनी केसीलाई पार्टीको उम्मेदवार रूपमा चयन गरेको छ ।
रौतहट, ५ कार्तिक । समाजवादी पार्टी नगर समिति राजदेवी रौतहटले विभिन्न १५ बुँदे माग राख्दै राजदेवी नगरपालिकाका मेयर धीरेन्द्र कुमार सिंहलाई सोमबार ज्ञापन पत्र बुझाएको छ ।
काठमाडौं, ४ कार्तिक । नेपाल आदिवासी जनजाति महासंघले सांसद रेशमलाल चौधरीलाई तत्काल रिहा गर्न माग गरेको छ । महासंघका अध्यक्ष जगत बरामले कैद मुक्तान गरिरहेका राष्ट्रिय जनता पार्टी, नेपालका कैलाली क्षेत्र नम्बर १ का प्रतिनिधिसभाका सांसद चौधरीको विनासर्त तत्काल रिहा नभए सरकारविरुद्ध आन्दोलन चर्काउने चेतावनी पनि दिए ।
जनकपुरधाम, ४ कार्तिक । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले पनि मंसिर १४ गते हुने उपनिर्वाचनको तयारी थालेको छ । उपनिर्वाचन हुने ठाउँहरुबाट ३/३ जना उम्मेदवारहरुको सिफारिस गर्न सम्बन्धित जिल्लाहरुलाई पार्टीले निर्देशन दिएको छ ।
रौतहट, ३ कार्तिक । बम विस्फोटका घाइतेलाई ईंट्टा भट्टामा हालेर हत्या गरेको आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद आफ्ताब आलमलाई पुनः ५ दिन हिरासतमा राखिने भएको छ ।
रौतहट, ३ कार्तिक । उपप्रधान तथा स्वास्थ्य एवं जनसंख्या मन्त्री उपेन्द्र यावदले समाजवादी नेपालले सरकारलाई अहिले संविधान संशोधन गर्न अवसर दिएको बताएका छन् ।
सर्लाही, २ कार्तिक । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले मधेशको गरिबी र अशिक्षाको स्तर सुधार गर्न सरकार लागिपरेको बताएका छन् ।
काठमाडौं, २ कार्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले जिउँदो मान्छेलाई इँटाभट्टामा हालेर मार्ने अपराधीलाई कुनै हालतमा छाड्न नहुने बताएका छन् ।
जनकपुरधाम,२ कार्तिक । सांसद प्रमोद साहको रिहाईको माग गर्दै राजपा नेपाल धनुषाले गृहमन्त्री रामबहादुर थापा बादल र संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईका पुत्ला दहन गरेको छ ।
जनकपुरधाम, १ कार्तिक । जनकपुरस्थित बुद्ध एयरको काउण्टर तोडफोड गरेको आरोपमा पक्राउ परेका प्रतिनिधिसभाका सांसद प्रमोदकुमार साहलाई जिल्ला अदालत धनुषाले साधारण तारेखमा छोडेको छ । जिल्ला अदालत धनुषामा भएको थुनछेक बहसपछि साहलाई साधारण तारेखमा रिहा गरिएको हो ।
सिरहा , १ कार्तिक । मुख्यमन्त्री लालबाबु राउतले समाजको सोच परिवर्तन गर्न प्रदेश सरकारले साईकल बितरण अभियान सञ्चालनमा ल्याएको बताएका छन् ।
काठमाडौं, १ कार्तिक । मधेश आन्दोलनबारे छानबिन गरेर पूर्वन्यायाधीश गिरिशचन्द्र लालले बुझाएको प्रतिवेदनमा आवश्यक छलफल गरेर निष्कर्षमा पुग्न बिहिबार सर्वोच्च अदालतले आदेश दिएको छ ।
राकेश यादव , रौतहट, १ कार्तिक । रौतहट निर्वाचन क्षेत्र नम्बर २ (ख) विधान सभाका प्रदेश २ का प्रदेशसभा सदस्य रामकिशोर यादवले पार्टी भित्रको विवाद उच्च नेतृत्व तहबाट समाधान नगरिएमा पार्टी कमजोर हुने भएकोले यसप्रति केन्द्रीय नेताहरु गम्भीर हुनुपर्ने बताएका छन् ।
काठमाडौ, ३० असोज । दसैं तिहार तथा छठ पर्वका अवसरमा शुभकामना आदान–प्रदान गर्न नेकपाले आयोजना गरेको चियापान कार्यक्रम राजपाले वहिष्कार गरेको छ ।
जनकपुरधाम, ३० असोज । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले शिक्षा प्रदेश सरकारमातहत हुनुपर्ने बताएका छन् । महोत्तरीमा छात्राहरूलाई साइकल वितरण गर्न आएका मुख्यमन्त्री राउतले हाल शिक्षालाई स्थानीय निकाय र केन्द्र सरकारमातहत राखेर प्रदेश सरकारलाई बाइपास गरिएको भन्दै असन्तुष्टि पोखे ।
काठमाडौं, ३० असोज । सत्तारुढ दल समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री समेत रहेका डा. बाबुराम भट्टराईले अब कुनैपनि हालतमा राजनत्न्त्र नफर्कने बताएका छन् ।
राकेश यादव , रौतहट, ३० असोज । समाजवादी पार्टी नेपाल रौतहट जिल्ला कार्य समितिको समायोजन कार्यक्रममा सहभागी भएका प्रदेश २ को आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवको पार्टी कार्यकर्ताहरुले चर्को विरोध गरेका छन् ।
जनकपुर, २९ असोज । जनकपुर विमानस्थलमा तोडफोड गरेको आरोपमा पक्राउ परेका राजपा सांसद प्रमोद साहले संसद् सदस्यका रूपमा पाउने सेवासुविधा स्थगित भएको छ ।
बुटवल, २९ असोज । मुख्यमन्त्री शंकर पोखरेलले चीनको छेन्दुमा विकास र सहकार्यका लागि विआरआई सम्बन्धी अन्तराष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा आफ्नो मन्तव्य राखेका छन् ।