9/19/2019

इटहरी, २ असोज । संविधान दिवसका अवसरमा आयोजित सरसफाई कार्यक्रमका क्रममा विजुलीका पोलमा डोको राखिएको हो । नसड्ने फोहोर हाल्नका लागि डोको राखिएको हो ।

9/19/2019

काठमाडौं, २ असोज । राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले असोज ३ गते संविधान दिवसका आफ्नो पार्टीले ‘ब्ल्याक आउट’ गर्ने बताएका छन् ।

9/19/2019

काठमाडौं, १ असोज । डा.बाबुराम भट्टराई र उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टी नेपालले आफ्नो चुनावचिन्ह पञ्जा छाप राखेको छ ।

9/19/2019

जनकपुरधाम, १ असोज । प्रदेश नं. २ का आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोज सिंह कुशवाहाले तराई÷मधेशका जिल्लाहरुमा सबभन्दा बढी प्राकृतिक प्रकोप आउने गरेको बताएका छन् ।

9/19/2019

कपिलवस्तु, १ असोज । संघीय प्रतिनिधि संसदका सभामुख कृष्णबहादुर महराले सबै पार्टी आन्तरिक समस्यामा फस्दा जनतामा निराशा छाएको बताएका छन् ।

9/19/2019

वीरगन्ज, ३१ भाद्र । शिक्षा पाउने अधिकार सबै बालबालिकाको भएकोले विद्यालयको पहुँच बाहिर कुनैपनि बालबालिका रहनु नपर्ने धारणा वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले व्यक्त गरेका छन् ।

9/19/2019

जनकपुरधाम, ३१ भाद्र । मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले प्रदेश सरकार छोरीहरुलाई शिक्षित र सक्षम बनाउने अभियानमा लागि परेको बताएका छन् ।

9/19/2019

राकेश यादव, रौतहट, ३० भाद्र । गौर नगरपालिकाका नगर प्रमुख अजय कुमार गुप्ताले अबदेखि नगरको सरसफाईको अभिभारा विद्यार्थीलाई दिएको बताएका छन् ।

9/19/2019

बुटवल, २९ भाद्र । ज्ञानेश्वरमा प्रधान कार्यालय रही देशका विभिन्न स्थानहरुमा ५८ वटा शाखा सञ्जाल विस्तार गर्न सफल रिलायबल नेपाल लाईफ ईन्स्योरेन्स लिमिटेडले अभिकर्ता अभिमुखिकरण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

9/19/2019

वीरगन्ज, २९ भाद्र । राज संस्था पुनरस्थापना संघर्ष केन्द्रिय कार्य समितिद्धारा वीरगंजमा राज संस्थाको महत्तव र हिन्दु राष्ट्र कायम गर्नका लागि वीरगंजको घण्टाघरमा खुला अन्तरक्रीया कार्यक्रम सम्पन्न गरेका छन् ।

9/13/2019

रौतहट, २७ भाद्र । नेपाल भारत व्यक्तिको प्रबुद्ध समूह (इपीजी)ले तयार गरेको प्रतिवेदन स्वीकार्य नहुने राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डल सदस्य रौतहट क्षेत्र नं. १ का सांसद अनिल कुमार झाले बताएका छन् ।

9/12/2019

काठमाडौं, २६ भाद्र । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीले निर्वाचन आयोगमा दल दर्ता गराएको छ ।  आगामी मंसिरमा हुने उपनिर्वाचनका लागि नेकपाले निर्वाचन आयोगमा दल दर्ता गराएको हो । बिहीबार पार्टीका निर्वाचन विभाग प्रमुख प्रदीप ज्ञवाली नेतृत्वको टोलीले आयोगमा दल दर्ता गराएको हो ।

9/12/2019

सिरहा, २६ भाद्र । राष्ट्रिय जनता पार्टी नेपाल सिरहाका अध्यक्ष रामबहादुर महतोको निधन भएको छ । उनी सिरहाका लागि मधेशवादी आन्दोलनको खम्बा थिए ।

9/12/2019

काठमाडौं, २६ भाद्र । आदिवासी जनजाति, मधेशी, दलित, मुस्लिम, महिला, अपाङ्गता भएका व्यक्ति तथा विभिन्न राजनीतिक दलहरू, पहिचानवादी मोर्चारसमितिहरू र दलहरूसम्बद्ध जातीय, क्षेत्रीय मोर्चारघटकहरूले पनि संविधान दिवसलाई कालो दिनको रुपमा मनाउने घोषणा गरेका छन् ।

9/11/2019

काठमाडौं, २५ भाद्र । राष्ट्रिय जनता पार्टी नेपालका सहमहामन्त्री एवं प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरणराज्यमन्त्रीले सुरेश मण्डलले संविधान दिवसलाई कालो दिवसकै रुपमा मनाउने बताएका छन् ।

9/11/2019

रौतहट, २५ भाद्र । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस रौतहटमा आन्तरिक विबाद चुलिएको छ । विबाद बढेपछि कांग्रेसले देशभरि सञ्चालन गरेको जागरण अभियान रौतहटमा प्रभावित हुने संकेत देखिएको छ ।

9/10/2019

कपिलवस्तु, २४ भाद्र । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक नेता एवं साहित्यकार विशेश्वर प्रसाद कोइरालाको १ सय ६औं जन्मजयन्ती कपिलवस्तुमा पनि विविध कार्यक्रम गरी मनाइएको छ ।

9/9/2019

रुपन्देही, २२ भाद्र । डा. सीके राउत नेतृत्वको जनमत पार्टीको जिल्ला समितिको बैठक सम्पन्न भएको छ ।

9/8/2019

ललितपुर, २२ भाद्र । थरुहट/थारुवान संयुक्त संघर्ष समितिले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ६ बुँदे मागसहित ज्ञापनपत्र बुझाएको छ ।

9/8/2019

जनकपुर, २२ भाद्र । राष्ट्रिय जनता पार्टी नेपालको भातृ संगठन राष्ट्रिय विद्यार्थी संघमा विभिन्न दलमा आबद्ध विद्यार्थीहरु प्रवेश गरेका छन् । धनुषामा हिजो एक कार्यक्रमका बीच जनकपुरका चार दर्जन भन्दा बढी नेता तथा कार्यकर्ता संघमा प्रवेश गरेको रा.वि.संघका महासचिव रंजित निष्पक्षले जनाएका छन् ।

9/8/2019

जनकपुरधाम, २२ भाद्र । । प्रदेश २ लोकसेवा आयोगका अध्यक्ष प्रा. डा. सुरेन्द्र प्रसाद यादवले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले पद तथा गोपनियताको शपथ गराएका हुन् ।

9/5/2019

काठमाडौं, १९ भाद्र । समता फाउण्डेशनले बिहीबारदेखि काठमाडौंमा तीनै तहका सरकार र संसदका जनप्रतिनिधिहरुको भेला आयोजना गरेको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेका सभापति शेरबहादर देउवा, नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल र समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईको प्रमुख आतिथ्यतामा सुरुवात भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले धर्म र अन्य असन्तुष्टिका नाममा संघीय गणतन्त्र र धर्म निरपेक्षतामाथि आक्रमण बढिरहेको बताए ।

9/5/2019

कपिलवस्तु, १८ भाद्र । नेपाली कांग्रेस कपिलवस्तुले नयाँ संचरनाअनुसार पार्टीको संगठन जिम्मेवारी प्रदान गरेको छ । सदरमुकाम तौलिहवामा बसेको पार्टीको जिल्ला कार्य समिति बैठकले संसदीय र प्रदेश स्तरको समिति गठन गरेको पार्टी सचिव महेन्द्र पाठकले बताए ।

9/4/2019

काठमाडौं, १८ भाद्र । समाजवादी पार्टीका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले नेपालका कम्युनिष्टहरूले बहुजातीय देशमा सङ्घीयता सम्बन्धी कार्ल मार्क्सको धारणालाई खतराको घण्टी ठानेर लुकाएको बताए ।

9/4/2019

काठमाडौं, १७ भाद्र । राष्ट्रिय जनता पार्टी नेपालले नेपालको संविधानको जारी भएको दिन असोज ३ लाई विरोध दिवसको रुपमा मनाउने जनाएको छ ।

ट्रेन्डिङ