काठमाडौं, २८ कार्तिक । समाजवादी पार्टीका संघीय अध्यक्ष बाबुराम भट्टराईले नेपाललाई ११ प्रदेशसहितको पुनर्संरचना गर्नुपर्ने आफ्नो पुरानो अडान दोहोर्याएका छन् ।
काठमाडौं, २८ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी प्रदेश नं. २ कमिटीका सदस्य एवं युवा नेता कृष्ण कुमार गुप्ताले भारत नेपालको अशल छिमेकी राष्ट्र रहेकोले नेपालको भूमि मिच्ने काम गर्न नसक्ने दाबी गरेका छन् ।
काठमाडौं, २८ कार्तिक । समाजवादी पार्टीकी उपाध्यक्ष तथा सांसद रेणु यादवले नेपाल–भारत सीमा विवादलाई सहजरुपमा टुंग्याउनुपर्ने धारणा राखेकी छन् ।
काठमाडौं, २८ कार्तिक । नेपाल–भारत सीमा विवादलाई सरकारले कुटनीतिक पहल गर्नुपर्ने नेपाल–भारत सीमा सम्वाद समूहका सदस्य अनिल महासेठले बताएका छन् । उनले अहिले सीमा सम्बन्धी जुन विवादहरु देखिएको छ, यसमा पहिला सरकारले नै जनतालाई प्रष्ट्याउनुपर्ने आवश्यकता रहेको बताएका हुन् । उनी भन्छन्, ‘हाम्रो सीमामा केही विवाद छ भने छिमेकी मुलुकसँग कुटनीतिकस्तरमै छलफल गरेर समाधान गर्नुपर्छ ।’
विराटनगर, २७ कार्तिक । मोरङको धनपालथान गाउँपालिका २ मा हुने उपनिर्वाचनमा समाजवादी पार्टीले नेपाली कांग्रेसलाई सघाउने भएको छ ।
सप्तरी, २७ कार्तिक । सप्तरीको छिन्नमस्ता गाउँपालिका–७ मा राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टीले संयुक्त उम्मेदवार घोषणा गरेको छ ।
महोत्तरी, २७ कार्तिक । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा पिपरा गाउँपालिकाको अध्यक्षका लागि डा.सीके राउत नेतृत्वको जनमत पार्टीले उम्मेदवार टुंगो लगाएको छ ।
जनकपुरधाम, २६ कार्तिक । झण्डै दुई महिनापछि बसेको प्रदेश २ को प्रदेशसभा बैठकमा विपक्षी सांसदहरुले सरकारलाई अगामी बैठकदेखि अनिश्चितकालिन अवरुद्धको चेतावनी दिएका छन् ।
काठमाडौं, २५ कार्तिक । नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले नेपाली सेनालाई सीमा सुरक्षामा पठाउने कि सडक खन्न भन्दै सरकारलाई प्रश्न गरेका छन् ।
काठमाडौं, २५ कार्तिक । सत्तासीन नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले भारतले मिचेको भनिएको नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुराको विषयलाई तत्काल अन्तर्राष्ट्रियकरण नगर्न सुझाव दिएका छन् ।
काठमाडौं, २५ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले चारवटा आयोग र एउटा प्रतिष्ठनमा पदाधिकारीको चयन गर्ने निर्णय गरेको छ । बालुवाटारमा सोमबार भएको बैठकले यो निर्णय गरे सँगै पार्टी एकीकरणले पूर्णता पाएको छ ।
बारा, २४ कार्तिक । प्रदेश २ का भौतिक पूर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनलले भारतसँगको सीमा विवाद कुटनीतिक माध्यमाबाट टंग्याउनु पर्ने सुझाव दिएका छन् ।
काठमाडौँ, २४ कार्तिक । डा. सी.के. राउतको जनमत पार्टीले मंसिर ७ गते काठमाडौंमा रंगभेद विरुद्ध आमसभा गर्ने भएको छ । रंगभेद विरुद्धको अभियान स्वरुप सो आमसभा हुन लागेको कार्यक्रम संयोजक सञ्जय यादवले बताए ।
महोत्तरी, २४ कार्तिक । महोत्तरीको पिपरा गाउँपालिकामा मंसिर १४ गते हुने उपनिर्वाचनमा नेपाली कांग्रेस महोत्तरीले विजयकुमार यादवलाई उम्मेदवार बनाएको छ ।
काठमाडौं, २४ कार्तिक । सिके राउत नेतृत्वको जनमत पार्टीले मंसिर १४ गते हुने स्थानीय तहको उपचुनावमा उम्मेदवारी दिने भएको छ । मुलधारको राजनीतिमा आएको जनमत पार्टीले पहिलो पटक निर्वाचनमा सहभागीता जनाउन लागेको हो ।
रौतहट २२ कार्तिक । समाजवादी पार्टी नगर समिति राजदेवी रौतहटले बिहीबारदेखि धरना कार्यक्रम शुरू गरेको छ ।
राजविराज, २२ कार्तिक । तिहार छठ लगायत पर्वको रौनक सकिएलगत्तै सप्तरी जिल्लाको छिन्नमस्ता गाउँपालिका ७ मा उपनिर्वाचनको चहलपहल सुरू भएको छ ।
काठमाडौं, २२ कार्तिक । डा.सीके राउत नेतृत्वको जनमत पार्टीले काठमाडौंमा आमसभा गर्ने भएको छ । काठमाडौंको खुलामञ्चमा मंसिर ७ गते डा.राउत नेतृत्वको पार्टीले आमसभा गर्न लागेको छ ।
बाँके, २१ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले नेपालको आर्थिक वृद्धिदर उत्साजनक रहेको बताएका छन् ।
काठमाडौं, २० कार्तिक । साझा पार्टीले धरानका सामाजिक अभियन्ता राजन कुमार श्रेष्ठलाई धरान उपमहानगरपालिकाको उम्मेद्वार बनाउने निर्णय गरेको छ ।
रौतहट, २० कार्तिक । पूर्वमन्त्री तथा सांसद मोहम्मद अफताव आलमसँग जिल्ला अदालतमा लिन लागिएको बयान मंगलबार दिउसो अबेर रोकिएको थियो ।
काठमाडौं, १८ कार्तिक । सरकारले सातै प्रदेशका प्रदेश प्रमुखलाई अनायासै पदमुक्त गरेको निर्णयप्रति साझा पार्टीको गम्भिर ध्यानाकर्षण भएको छ ।
राजपा र समाजवादी पार्टीबीचको बहुचर्चित एकीकरण अहिलेसम्म पनि औपचारिकता पाउन सकेको छैन । दुवै पार्टीका वार्ता टोलीले अहिलेसम्म औपचारिकरूपमा वार्ता प्रक्रिया अगाडि बढाउन सकेको छैन ।
रौतहट, १५ कार्तिक । जिल्लाको मौलापुर नगरपालिका वडा नम्बर ६ पथरा बुधराममा समाजवादी पार्टी वडा कमिटीको आयोजनामा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।