काठमाडौं, ४ पुस । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध संघीय लिम्बुवान मञ्चले प्रदेश नम्बर १ लाई ‘लिम्बुवान किरात खम्बुवान’ नामकरण गराउन सशक्त आन्दोलन गर्ने भएको छ ।
काठमाडौं, ३ पुस । समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले नेकपा र राजपा नेपालबीचको दुई बुँदे सहमतिले दिर्घकालीन असर नपार्ने दाबी गरेका छन् ।
काठमाडौं, ३ पुस । सत्तारुढ नेकपा र राजपा नेपालबीच आसन्न राष्ट्रियसभा निर्वाचनका लागि सहकार्य गर्ने सहमति भएपछि जनमत पार्टीका अध्यक्ष सीके राउतले टिप्पणी गरेका छन् ।
नयाँ दिल्ली, ३ पुस । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले भारतसँगको सीमा विवाद समाधानका लागि वर्तमान सरकारले केही गर्न नसकेको आरोप लगाएका छन् ।
काठमाडौं, २ पुस । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी र प्रतिपक्षी राष्ट्रिय जनता पार्टी नेपालबीच दुईबुँदे सहमति भएको छ ।
काठमाडौं, २ पुस । जनमत पार्टीका अध्यक्ष डा.सीके राउत सबैभन्दा ठूलो विभेदकारी रहेको आरोप लागेको छ । जनमत पार्टीकै एक नेता राजीनामा दिँदै यस्तो आरोप लगाएका हुन् ।
काठमाडौं, ३० मंसिर । समाजवादी पार्टीका कार्यबाहक अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले नेपालमा संघीय व्यवस्थालाई असफल पार्न पुराना शक्तिहरू लागिपरेको बताएका छन् ।
नेपालगन्ज, २९ मंसिर । राष्ट्रिय जनता नेपालको पश्चिम मधेश प्रथम राजनीतिक सम्मेलनले नौं बुँदे नेपालगन्ज घोषणापत्र जारी गरेको छ ।
काठमाडौं, २८ मंसिर । नेपाली कांग्रेसका नेता डा.नारायण खड्काले सीमा विवाद समाधान गर्नका लागि सरकारले अहिलेसम्म कुनै किसिमको कुटनीतिक पहल नगरेको बताएका छन् ।
काठमाडौं, २७ मंसिर । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले सीमा समस्या समाधानका लागि भारत सरकारसँग आवश्यक तहमा वार्ता गर्न सरकारलाई निर्देशन दिएको छ ।
काठमाडौं, २७ मंसिर । समाजवादी पार्टीले पार्टी हितविपरित जथाभावी बोल्ने आफ्ना नेता तथा कार्यकर्तालाई कारवाही गर्ने भएको छ ।
काठमाडौं, २५ मंसिर । नेपाल–भारत खुल्ला सीमा सम्वाद समूहका संयोजक राजीव झाले नेपाल र भारतबीच रहेको ऐतिहासिक सम्बन्धलाई बिगार्न विदेशी एजेन्टहरु अहिले नेपालमा सक्रिय रहेको बताएका छन् ।
काठमाडौं, २५ मंसिर । राष्ट्रिय जनता पार्टी नेपाल सर्लाही निर्वाचन क्षेत्र नं. ४ ले जनमत अपमान दिवस मनाउन लागेको छ ।
काठमाडौं, २४ मंसिर । राष्ट्रिय जनता पार्टी नेपालनिकट राष्ट्रिय विद्यार्थी संघका केन्द्रीय अध्यक्ष किशोर कुमार यादवले सीमा विवाद समाधान गर्न सरकार चुकिरहेको बताएका छन् ।
काठमाडौं, २४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन(सार्क) को अवरुद्ध सम्मेलनलाई आयोजना गर्दै यो संगठनलाई जतिसक्दो चाँडो पुनर्जीवन दिनुपर्ने बताएका छन् ।
काठमाडौं, २२ मंसिर । प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा.राजन भट्टराईले सीमा विवाद समाधानका लागि छिमेकी मित्रराष्ट्र भारतसँग कुटनीतिक वार्ता हुने बताएका छन् ।
गौर, २२ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश २ का अध्यक्ष प्रभु साहले उपनिर्वाचनको मतपरिणामले नेपाली कांग्रेस पतन उन्मुख भएको टिप्पणी गरेका छन् ।
ललितपुर, २२ मंसिर । समाजवादी पार्टीका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले सङ्घवाद भनेको देशको सार्वभौमसत्ता सङ्घ र प्रदेशमा साझेदारी हुने सिद्धान्त भएको बताएको छ ।
काठाडौं, २० मंसिर । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले सीमा विवाद टेबलमा समाधान हुने विषय रहेको बताएका छन् ।
काठमाडौं, २० मंसिर । उपनिर्वाचनमा प्रदेश २ मा पुराना दलबाहेक आकर्षणको केन्द्रमा डा.सीके राउत नेतृत्वको जनमत पार्टी पनि थियो ।
काठमाडौं, १९ मंसिर । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीले लिम्पियाधुरा, लिपुलेक र कालापानीबारे सरकारले अहिलेसम्म पनि कुटनीतिक पहलका लागि गम्भीर्यता नदेखाएको आरोप लगाएका छन् ।
कैलाली, १९ मंसिर । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक र कूटनीतिक पहलबाट कालापानी विवाद समाधान गरिने बताएका छन् ।
काठमाडौं, १७ मंसिर । नेपाल कम्युनिष्ट पार्टीका नेता आनन्द पोखरेलले भारतसँगको सीमा विवादबारेको समस्या समाधानका लागि सरकारले पहल गरिरहेको बताएका छन् ।
काठमाडौं, १७ मंसिर । नेपाली कांग्रेसका नेता रामकृष्ण यादवले सीमा विवादको समस्या समाधानका लागि भारत सरकार तयार रहेपनि नेपालको सरकार उदासीन रहेको आरोप लगाएका छन् ।