काठमाडौं, १७ मंसिर । नेपाल कम्युनिष्ट पार्टीका प्रभावशाली नेता हरिबोल गजुरेलले सीमा समस्यालाई उच्चस्तरीय ढंगले समाधान गर्नुपर्ने बताएका छन् ।
काठमाडौं, १६ मंसिर । समाजवादी पार्टीका सहअध्यक्ष तथा प्रतिनिधिसभा सदस्य राजेन्द्र श्रेष्ठले नेपाल र भारतबीचको बहुआयामिक सम्बन्ध रहेको बताएका छन् ।
काठमाडौं, १५ मंसिर । राष्ट्रिय जनता पार्टी नेपालका प्रवक्ता सन्तोष मेहताले चुनावी प्रयोजनका लागि मात्र नेपाल–भारत सीमा विवाद चर्काएको आरोप लगाएका छन् ।
सर्लाही, १३ मंसिर । प्रदेश २ सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश रायले संघीय सरकारले प्रदेश २ सरकारलाई दुई नम्बरी व्यवहार गरिरहेको आरोप लगाएका छन् ।
रौतहट, ११ मंसिर । मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले आन्दोलनको उपलब्धि रक्षाका लागि पन्जा छापमा मतदान गर्न आह्वान गरेका छन् ।
बारा, १० मंसिर । प्रदेश नम्बर २ अन्तर्गतका राष्ट्रिय गौरवको आयोजनाहरुको निर्माणलाई गति दिनका लागि नेपाल कम्युनिष्ट पार्टीले बृहत् आमसभाको आयोजना गर्दैछ ।
काठमाडौं, ९ मंसिर । कास्की क्षेत्र नम्बर २ मा यही मंसिर १४ गते हुने उपनिर्वाचनको माहोल यतिबेला तातेको छ ।
रौतहट, ८ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश २ का अध्यक्ष प्रभु साहले गाउँदेखि शहरसम्मको बिकास र समृद्धिका लागि नेकपाका उम्मेदवारलाई मतदान गर्न आग्रह गरेका छन् ।
काठमाडौं, ८ मंसिर । सत्तारूढ समाजवादी पार्टीले सरकार र सत्तारुढ दल नेकपासँग वार्ता गर्ने भएको छ ।
जनकपुरधाम, ६ मंसिर । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलका संयोजक राजेन्द्र महतोले समाजवादी पार्टी सरकार छोड्न नमान्दा एकीकरण रोकिएको बताएका छन् ।
काठमाडौं, ६ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद हेरफेरप्रति समाजवादी पार्टीले असन्तुष्टि जनाएको छ ।
काठमाडौँ, ५ मंसिर । प्रतिनिधिसभाको निर्वाचनमा तत्कालीन एमालेको चुनाव चिन्ह सूर्यबाट चुनाव लडेका हृदयेश त्रिपाठी केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी भएका छन् ।
काठमाडौं, ५ मंसिर । नवनियुक्त मन्त्रीहरूले राष्ट्रपति कार्यालय शीतलनिवासमा पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार बिहान आयोजित एक समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त ६ मन्त्री र ३ राज्य मन्त्रीहरूलाई शपथ गराएकी हुन् ।
काठमाडौं, ४ मंसिर । राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्षमण्डल संयोजकको जिम्मेवारी पुनः राजेन्द्र महतोले पाएका छन् ।
काठमाडौँ, ४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्मा व्यापक हेरफेर गर्दैछन् । नयाँ मन्त्री चयनबारे छलफल गर्न नेकपा सचिवालय बैठक आजलाई बोलाइएको छ ।
काठमाडौं, ३ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारीमा रहेको जनाएका छन् ।
नवलपरासी, ३ मंसिर । स्वतन्त्र राजनीतिक समूहका संयोजक तथा सांसद हृदयेश त्रिपाठीले जनतालाईलाई अपनत्व महसुस गराउन सके मात्र देश समृद्ध र जनता सुखी हुने बताएका छन् ।
रौतहट, ३ मंसिर । राष्ट्रिय जनता पार्टी नेपालको जिल्ला अधिवेशन हुनुभन्दा पूर्व रौतहटमा पार्टीभित्रै चरम विवाद चुलिएको छ ।
रामेछाप, १ मंसिर । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले भारतसँग मात्र नभई चीनसँग पनि सीमा विवाद रहेको बताएका छन् ।
काठमाडौं, १ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको एक इन्च पनि जमिन कसैलाई मिच्न नदिइने प्रष्ट पारेका छन् ।
कञ्चनपुर, ३० कार्तिक । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सीमा विवाद समाधानका लागि प्रधानमन्त्रीले पहल गर्न नसकेको बताएका छन् ।
नवलपरासी पश्चिम, ३० कार्तिक । पूर्वमन्त्री एवं प्रतिनिधि सभा सदस्य हृदयेश त्रिपाठीले संविधान आफ्नै पालामा जारी भएको भन्दै काङ्ग्रेसले जस लिने गरेको बताउदै संविधानमा देखिएको त्रुटिको अपजस पनि लिनुपर्ने बताएका छन् ।
बारा, ३० कार्तिक । नेपाल कम्युनिष्ट पार्टी प्रदेश २ का अध्यक्ष प्रभु साहले प्रदेश २ को सरकार भ्रष्टाचारमा लिप्त भएको आरोप लगाएका छन् ।
रुपेन्द्र पटेल, रौतहट, २९ कार्तिक । राष्ट्रिय जनता पार्टी राजपाले रौतहट क्षेत्र नं १ (ख) को अध्यक्षमा युवा नेता संजीव यादवलाई चयन गरेको छ । राजपाको पिपरा बजारमा बसेको बैठकले निर्वाचन क्षेत्र १ को (ख) प्रदेश सभाको अध्यक्ष पदमा माधवनारायण नगरपालिका वडा नं ६ माधोपुरका संजीव यादवलाई सर्वसहमतिले चयन गरेको हो ।