काठमाडौँ, २८ असोज । नेपाली काँग्रेसका सांसद तथा पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई हिरासतमै राखेर अनुसन्धान गर्न जिल्ला अदालत रौतहटले ७ दिनको म्याद थप गरिएको छ ।
काठमाडौं, २७ असोज । हत्या आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका सांसद मोहम्मद अफताब आलम सांसद पदबाट निलम्बनमा परेका छन् । संसद सचिवालयले सूचना जारी गरी आलम निलम्बनमा परेको जानकारी गराएको हो ।
रौतहट, २६ असोज । रौतहट क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य मोहम्मद अफताब आलम पक्राउ परेका छन् ।
काठमाडौं, २६ असोज । पूर्व राष्ट्रपति डा. रामवरण यादवले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सफल र बलियो बनाउन सबै राजनीतिक दलका नेतालाई व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गर्न आग्रह गरेका छन् ।
बनेपा, १४ असोज । समाजवादी पार्टी, केन्द्रीय समितिका कार्यबाहक अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले देशमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक संसदको कुरा उठाउने पार्टीहरूले पार्टीमा पनि प्रत्यक्ष निर्वाचित अध्यक्ष र समानुपातिक केन्द्रीय समिति हुनु पर्ने कुरालाई अङ्गीकार गर्नुपर्ने बताएका छन् ।
काठमाडौं, १३ असोज । राष्ट्रिय जनता पार्टी नेपालका संयोजक महन्थ ठाकुरले पहिचानको आधारमा अहिले पनि नेपालमा विभेद जारी रहेको बताएका छन् ।
बुटवल, १२ असोज । समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले आफ्नो पार्टी सरकारमा भएपनि सरकारले गर्ने नराम्रो कामको समर्थन गर्न नस्क्ने बताएका छन् । साथै उनले संविधान संशोधन नभए आफ्नो पार्टीले संघीय सरकार छाड्ने समेत बताए ।
जनकपुरधाम, ९ असोज । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले सत्तामा बसेर वैकल्पिक शक्तिको निर्माण नहुने बताएका छन् ।
काठमाडौं, ८ असोज । राष्ट्रिय जनता पार्टी नेपालको तोकिएको मितिमा यसपटक पनि महाधिवेशन हुने सम्भावना टर्दै गएको छ । राजपाका अधिकांश नेता कार्यकर्ताहरु पहिला महाधिवेशन गर्नुपर्ने दबाब दिइरहँदा पनि तयारी देखिएको छैन ।
काठमाडौं, ७ असोज । नेपाल कम्युनिष्ट पार्टी र चिनियाँ कम्युनिष्ट पार्टीबीच आपसी सहयोगरसहकार्यका लागिसमझदारी पत्रमा हस्ताक्षर भएको छ ।
जनकपुरधाम, ७ असोज । नेपाली कांग्रेस नेता गगन थापाले सरकारको बेइमानीमा समाजवादी पार्टीले सघाउने गरेको आरोप लगाएका छन् । जनकपुरस्थित पार्टी कार्यालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा नेता थापाले वर्तमान सरकार विगतका सम्झौताहरुलाई लत्याउँदै विधेयक ल्याउन लागेको आरोप समेत लगाए ।
जनकपुरधाम, ७ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले मुलुकमा संघीयता र लोकतन्त्र खतरामा परेको आरोप लगाएका छन् । दोस्रो चरणको राष्ट्रिय जागरण कार्यक्रमअन्तर्गत धनुषाको नगराइनमा आयोजित आमसभामा उनले संघीय सरकारले संविधान बमोजिमको अधिकार प्रदेशलाई दिन नचाहेको टिप्पणी गरे ।
सिरहा, ७ असोज । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले संविधान संशोधन हुनुपर्ने मुद्दामा आफूहरूको संघर्ष जारी रहेको स्पष्ट पारेका छन् ।
काठमाडौं, ६ असोज । साझा पार्टीले आफ्नो केन्द्रीय समितिमा दुईजना नयाँ सदस्य थपेको छ । सोमबार पार्टीको केन्द्रीय कार्यालय, बखुण्डोलमा बसेको केन्द्रीय समितिको बैठकले उक्त निर्णय गरेको हो ।
काठमाडौं, ६ असोज । राष्ट्रिय जनता पार्टी नेपालको संयोजकको जिम्मेवारी पुनः महन्थ ठाकुरलाई दिइएको छ ।
वीरगञ्ज, ३ असोज । जिल्ला समारोह समितिको आयोजनामा वीरगञ्जमा संविधान दिवस मनाइएको छ । मधेस आन्दोलनको केन्द्र मानिने वीरगञ्जमा विभिन्न राजनीतिक दल, सरकारी कार्यालय, सुरक्षा निकाय, युवा विद्यार्थीको सहभागितामा दिवस मनाइएको हो ।
विराटनगर, ३ असोज । संविधान दिवस भव्य रुपमा मनाउने योजना अनुरुप प्रदेश १ सरकारले संविधान दिवस मनाएको छ । कार्यक्रममा मुख्यमन्त्री शेरधन राईले संविधानले व्यवस्था गरेको जनताका अधिकारलाई व्यवहारमा रुपान्तरण गर्नुपर्ने चुनौती भएको बताए ।
काठमाडौं, ३ असोज । स्वतन्त्र राजनीतिक समूहका संयोजक तथा प्रतिनिधिसभा सदस्य हृदयेश त्रिपाठीले संविधान दिवस मनाउनुको औचित्य नरहेको बताएका छन् ।
काठमाडौं, २ असोज । समाजवादी पार्टी नेपालको संगठन समायोजन अन्तर्गत केन्द्रीय सल्लाहकार समितिले पूर्णता पाएको छ ।
काठमार्डाैं, २ असोज । जनमत पार्टीका संयोजक सिके राउतले ‘राइट टू रिकाल’को संवैधानिक व्यवस्था गर्न माग गरेका छन् । उनले जनमत संग्रह गर्ने व्यवस्थाका लागि ऐन बनाउन पनि माग गरेका छन् । संविधानले जनमत संग्रह गर्न अधिकार दिएको भन्दै संयोजक राउतले आवश्यक ऐन बनाउन माग गरेका हुन् ।
दिलिप कुमार यादव, कपिलवस्तु, २ असोज । समाजवादी पार्टी निकट समाजवादी युवा संघले महंगी र भ्रष्टाचार नियन्त्रण गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ ।
कैलाली, २ असोज । संविधान दिवसको अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले घरघरमा दिपावली गर्न आह्वान गरेको छ । संविधान दिवसको अवसरमा तीन दिन घर–घरमा दीपावली गर्न प्रदेश सरकारले आह्वान गरेको हो ।
विराटनगर, २ असोज । संविधान दिवसको अवसरमा प्रदेश १ का विभन्न ठाउँमा राष्ट्रिय झण्डा राखिने भएको छ । तीन दिने कार्यतालिका बनाउँदै प्रदेश सरकारले बिहीबार प्रदेश १ का विभिन्न २५ स्थानमा राष्ट्रिय भण्डा राख्ने भएको हो । बिहीबार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले विराटनगर विमानस्थलमा राष्ट्रिय झण्डा राख्नेछन् ।