काठमाडौं, ८ पुस । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना शेयरधनीलाई ५१ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट ३१ प्रतिशत शेयर लाभांश र २० प्रतिशत नगद लाभांश दिने भएको छ ।
विराटनगर, ८ पुस । ग्लोबल आइएमई बैंक लिमिटेडले विराटनगरस्थित निर्माणाधिन नागरिक केयर सेन्टरको भवन निर्माणको लागि दुई लाख पचास हजार रुपैंया सहयोग गरेको छ ।
काठमाडौं, ७ पुस । संसद विघटनविरुद्ध जनता समाजवादी पार्टी नेपालले आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको छ ।
काठमाडौं, ७ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा निवर्तमान सांसद प्रभु साहले अहिलेको संकट टार्न संसद विघटनको निर्णय खारेज गर्दै संविधान संशोधन गरी प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था जरूरी रहेको बताएका छन् ।
काठमाडौं । नेपालका लागि पूर्व भारतीय राजदूत रन्जित रेले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दुई गुटबीचको विवाद मिलाउन चीनले सहजीकरणको प्रयास गरेपनि त्यो असफल भएको बताएका छन् ।
काठमाडौं, ७ पुस । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा आवतजावतमा केही खुकुलो बनाइएको छ ।
काठमाडौं, ७ पुस । प्रधानमन्त्री केपी शर्मा ओली समूहले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को महाधिवेशन आगामी वर्ष मंसिर २ मा गर्ने निर्णय गरेको छ ।
वीरगञ्ज, ७ पुस । नेपाल अष्ट्रेलिया प्रजातान्त्रिक मञ्चले तराईका विभिन्न जिल्लामा राहत वितरण गरेको छ ।
काठमाडौं, ७ पुस । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिद्वारा गरिएको संसद विघटनका क्रियाशील ९ विद्यार्थी संगठनहरुले देशव्यापीरुपमा प्रतिरोध गर्ने निर्णय गरेका छन् ।
काठमाडौं, ७ पुस । नेपाल कम्युनिष्ट पार्टी विभाजनको औपचारिक घोषणा हुन बाँकी रहेको बेला अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले महाधिवेशन आयोजक समिति घोषणा गरेका छन् ।
काठमाडौं, ७ पुस । जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) का अध्यक्ष जयकृष्ण गोइत मधेशी कर्मचारीप्रति आक्रामक देखिएका छन् ।
काठमाडौं, ६ पुस । भारतको नयाँदिल्लीमा भेटिएका एक बालक करिब एक वर्षदेखि बाल कल्याण गृहमा छन् ।
काठमाडौं, ६ पुस । सरकारले आगामी असारदेखि नेपालमा उत्पादित ३० मेगावाट बिजुली भारतमा निर्यात गर्ने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आगामी असारदेखि नेपालमा उत्पादन भएको ३० मेगावाट बिजुली भारतमा निर्यात गर्ने तयारीमा जुटेको बताएका छन् ।
काठमाडौं, ६ पुस । सीमापार जयनगर–कुर्था (जनकपुर) रेलमार्ग सञ्चालनबारे नेपाल र भारतबीच ‘स्टान्डर्ड अपरेटिङ प्रोसिड्योर’बारे सहमति जुटेको छ । रेल–वे सञ्चालनका लागि भारतले प्रोसिड्योर चाँडो टुंग्याउन जोड दिँदै आएको छ ।
काठमाडौं, ६ पुस । संसद विघटनको विरुद्धमा जनता समाजवादी पार्टी नेपालले देशव्यापीरुपमा विरोध प्रदर्शन गर्ने भएको छ ।
मुलुक जनप्रतिनिधिविहीन अवस्थामा छैन । राष्ट्यि सभा क्रियाशील छ । प्रदेश सरकार र प्रदेश सभा एवं स्थानीय सरकारहरु मुलुकको संविधान र कानुन अनुरुप आफ्नो तहमा राजनीतिक नेतृत्व प्रदान गरिरहेका छन् । राष्ट्रपति र न्यायालय लगायतका संस्थाहरु र राज्यका निजामति एवं सुरक्षा अंगहरु सबै आफ्नो कत्र्तव्य निर्वाहमा दृढ छन् । साढे चार महिनापछि नयाँ प्रतिनिधिसभा स्थापित भइहाल्ने नै छ । एक्काइसौं शताव्दीको नेतृत्व गर्न तयार भएर बसेको हाम्रो युवा पुस्ता लोकतन्त्रप्रति प्रतिवद्ध छ । यो पुस्ता नै लोकतन्त्रको सबैभन्दा ठूलो पहरेदार हो ।
काठमाडौं, ६ पुस । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको उन्नतिका लागि गरेका हरेक काममा अवरोधका कारण पार्टीको भविष्य जोगाउने अरु कुनै बिकल्प नभएपछि भारी मनका साथ आफूले ताजा जनादेश लिने निर्णय गरेको बताएका छन् ।
काठमाडौं, ६ पुस । नेपाली कांग्रेसले नेकपा, जसपा, राप्रपालगायत दलहरुसँग छलफल गर्नका लागि सर्वदलीय बैठक आह्वान गरेको छ ।
काठमाडौं, ६ पुस । डा.सीके राउत नेतृत्वको जनमत पार्टीले जनताले मत र विश्वास दिएर पठाएका पार्टीहरु असफल भइसकेको ठहर गरेको छ ।
काठमाडौं, ५ पुस । नेपाल–भारत उद्योग वाणिज्य संघले भारतीय लगानी भित्र्याउन पहल गर्न लगानी बोर्डलाई आग्रह गरेको छ।
काँकडभिट्टा, ५ पुस । स्थानीय व्यवसायीहरुले नेपाल–भारतको सीमा नाका खुलाउन माग गर्दै शान्तिपूर्ण विरोध प्रदर्शन गरेका छन् ।
नवलपरासी (पूर्व), ५ पुस । मध्यबिन्दु नगरपालिका–१० अरुणखोला बस्ने ७७ वर्षीया देवकी घिमिरेको आफ्नै घरमा आगो ताप्ने क्रममा जलेर आइतबार बिहान मृत्यु भएको छ ।
काठमाडौं, ५ पुस । प्रधानमन्त्री केपी शर्मा ओली क्याबिनेटका सात जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन् ।
काठमाडौं, ५ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा गरिएको प्रतिनिधिसभा विघटनलाई जनता समाजवादी पार्टी नेपालले प्रतिवादन गर्न आह्वान गरेको छ ।