काठमाडौं, ९ बैशाख । भारतको तेलंगना सरकारले हाल जारी रहेको लकडाउनको अवधिलाई आगामी मे ७ तारिखसम्म लम्ब्याउने निर्णय गरेको छ ।
काठमाडौं, ९ बैशाख । भारतमा एक नेपालीसहित ६ जना विदेशी नागरिकलाई गुफाभित्र बसिरहेको अवस्थामा प्रहरीले फेला पारेको छ । कोरोना संक्रमणबाट बच्न भारतीय सरकारले घोषणा गरेको लकडाउनपछि उनीहरु गन्तब्यमा पुग्न पाएका थिएनन् ।
काठमाडौं, ९ बैशाख । लकडाउनका कारण भारतीय भन्सार तथा राजमार्गमा अड्किएका सवारी साधनलाई भारतले नेपाली सीमासम्म सहज रुपमा आवत जावत गर्न दिने भएको छ ।
काठमाडौं, ९ बैशाख । नेपाल उद्योग वाणिज्य महासंघको अगुवाइमा नेपाली उद्योग व्यवसाय क्षेत्रका छाता संगठनहरुले नेपाल सरकारलाई कोरोना भाइरसको विश्व महामारीका कारण नेपालको अर्थतन्त्र, उद्योग व्यवसाय तथा रोजगारीमा पर्ने प्रभावसम्बधमा सुझाव प्रतिवेदन बुझाइएको छ ।
रौतहट, ९ बैशाख । राष्ट्रिय जनता पार्टी नेपालका प्रभावशाली नेता एवं गरुडा निवासी समाजसेवी कन्थमनी प्रसाद जयसवालले विगत केहि दिनदेखि गरिबको घर–घरमा पुगेर राहत बाँडिरहेका छन् ।
काठमाडौं, ९ बैशाख । कोभिड १९ को त्रासदीका कारण देशमा लकडाउन लागु भएको बेला मन्त्रिपरिषद्ले विवादास्पद प्रावधानसहित अध्यादेश ल्याउने निर्णय गरेकोप्रति मानव अधिकार तथा शान्ति समाजको गम्भीर ध्यानाकर्षण भएको छ ।
रौतहट, ८ बैशाख । रौतहटमा १ जना युवाको हत्या भएको छ । रौतहटकोे कटहरिया नगरपालिका वडा नं—१ भसेडबा टोमा आईतबार राती १ युवाको कुटपिट बाट हत्या भएको रहस्य खुल्न आएको हो ।
जनकपुरधाम, ८ बैशाख । प्रदेश २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले कोरोना भाइरस महामारीको रुप लिए त्यसबाट उत्पन्न हुन सक्ने परिस्थिति व्यवस्थापनका लागि नेपाली सेना मध्यपूर्व पृतनाले गरेको तयारीसम्बन्धी प्रदर्शनीको अवलोकन गरेका छन् ।
कपिलवस्तु, ८ बैशाख । मायाँदेबी गाउँपालिका–७ धुपहीस्थित मस्जिदबाट लकडाउन उल्लंघन गरी नवाज पढिरहेको अवस्थामा मायाँदेबी गाउँपालिका–७ धुपही बस्ने ६४ वर्षीय महोम्मद अलि मुसलमान लगायत १४ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
धनुषा, ८ बैशाख । आफ्नै बुबा ५५ वर्षीय शौकिया सदालाई फलामको रड प्रहार गरी हत्या गरेको अभियोगमा शहिदनगर नगरपालिका–९ डुमरिया बस्ने ३० वर्षीय नथूनि सदालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
पर्सा, ८ बैशाख । आफ्नै छोरीको हत्या गरी आत्महत्या भनि बनावटी घटना बनाउने कार्यमा संलग्न वीरगंज महानगरपलिका–१ छप्कैयाटोल बस्ने २९ वर्षीय संजय सरार्फ भन्ने संजय कुमार साह सोनारलाई बैशाख ४ गते प्रहरीले पक्राउ गरेको छ ।
रौतहट, ८ बैशाख । रौतहटको गुजरा नगरपालिका वडा नं—४ जंगल सहीया नजिकै लालबकैया खोला छेउमा सशस्त्र प्रहरीको गस्ती टोलीले लागुुऔषध गाँजा बरामर गरेको छ ।
कैलाली, ८ बैशाख । मोहन्याल गाउँपालिका–३ फल्लेबिसौनाबाट दुई नाले भरुवा बन्दुक १ थान र करिब ३१ क्युफुट सालको काठ सहित सोही ठाउँ बस्ने ४५ वर्षीया धनसरा गिरीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं, ८ बैशाख । कोरोना भाइरस कोभिड–१९ को उद्गम देश चीनबाट पठाइएका कमसल स्वास्थ्य सामग्रीका कारणविभिन्न देश ठगीमा परेका छन् । चीनबाट जति देशले कोभिड–१९ का परीक्षण किटहरु किनेका छन् तिनीहरु अधिकांश सबै ठगिएका छन् । यसबाट बेलायत पनि अछुतो हुन सकेन ।
जनकपुरधाम, ८ बैशाख । प्रदेश २ सरकारले नेपाल–भारत सीमानाकामा सिसीटिभी क्यामेरा जडान गर्ने भएको छ । लकडाउन तथा सीमानाका शिल गरिएको अवस्थामा पनि आवागमन नरोकिएपछि प्रदेश सरकारले आठै जिल्लाका विभिन्न नाकामा सिसीटिभी जडान गर्न लागेको हो ।
काठमाडौं, ८ बैशाख । चीन सरकारले नेपालका चीनसँग सीमाना जोडिएका १४ जिल्लाका स्थानीय तहलाई सडक निर्माणका लागि उपलब्ध गराउने भनेको निर्माण उपकरण चालु आर्थिक वर्षका लागि रोकिएको छ ।
काठमाडौं, ८ बैशाख । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश २ का अध्यक्ष प्रभु साहले राहतको नाममा गुणस्तरहीन खाद्यान्न सामग्री वितरण गर्नेलाई कारवाही गर्न सरकारसँग माग गरेका छन् ।
रौतहट, ८ बैशाख । रौतहटको चन्द्रपुर नगरपालिका वडा नं—१० मा राहत वितरण भएको छ । रौतहट क्षेत्र नं—४ का सांसदका प्रत्यासी एवं राजपाका क्षेत्रीय अध्यक्ष समेत रहेका नेता कन्थमनी जयसवालले आइतबार पनि चन्द्रपुर नगरपालिका वडा नं—१० का बालचनपुर, बकतौरा, बलुवा, घाघिटोल र श्रीनगर का करिब ५५ जना अती गरिब विपन्न घर परिवारलाई राहत वितरण गरेका छन् ।
काठमाडौं, ८ बैशाख । नेपाल परिवार दलले विश्वभर फैलिएको कोरोना भाइसरले सत्य तथ्य खबर सम्प्रेषणका लागी फिल्डमा खटिने पत्रकारहरुका लागि आवश्यक पर्ने सुरक्षा सामग्री पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघलाई प्रदान गरेको छ ।
वीरगंज, ८ बैशाख । जि.पि.कोईराला फाउण्डेशन पर्साले आफ्नो सामाजिक उत्तरदायित्वलाई मनन् गर्दै पहिलो चरणको सेनेटाईजेशन कार्यक्रम सफलताका साथ सकाएको छ ।
काठमाडौं, ७ बैशाख । भारतीय ऊर्जा सचिव संजिवनन्दन सहायले आफ्नो भूमिमा रोकिएका नेपाली जलविद्युत् आयोजनाहरुको उपकरण नेपाल ल्याउन सहजीकरण गर्ने आश्वासन दिएका छन् ।
भैरहवा, ७ बैशाख । भैरहवा भन्सार कार्यालयबाट आलु, प्याज, ग्यास बुलेटलगायत सामग्री आयात दोब्बर भएको छ । अतिआवश्यक सामग्री नियमित रुपमा आयात भइरहेको छ । गत वर्ष यो अवधिमा भन्दा अहिले अतिआवश्यक वस्तु आयात बढेको छ । खाद्यान्न, तरकारी, फलफूल, तेलहन तथा खाने तेलको आयात गत वर्षको यो अवधिको भन्दा बढी छ ।
विराटनगर, ७ बैशाख । प्रदेश १ का भारतसँग सीमाना जोडिएका चार जिल्लाका सीमा क्षेत्रमा थप कडाइ गरिएको छ । उदयपुरमा बसेका ११ जना भारतीयसहित १२ जनामा कोरोना संक्रमण पुष्टि भएपछि सुनसरी, मोरङ, झापा र इलाम जिल्लाको सीमा नाकामा सुरक्षाकर्मीको परिचालन बढाइएको हो ।
काठमाडौं, ७ बैशाख । भारतको नयाँदिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेसमा (एम्स) पढाइ गरिरहेका नेपाली विद्यार्थीहरु अहिले कोरोनाका बिरामीको उपचारमा खटिएका छन् । उनीहरु त्यहाँ एमडी एमएस तहमा अध्ययनरत छन् ।