काठमाडौँ, १५ वैशाख । हालसम्म कोभिड १९ सङ्क्रमितको सङ्ख्या ५२ पुगेकोमा १६ जना उपचारपछि घर फर्केका छन् । केही दिन यता नयाँ सङ्क्रमित फेला परेका छैनन् ।
रौतहट, १५ बैशाख । रौतहटमा कालाबजारी रोकिएका छैन । लकडाउनको मौका छोपी रौतहटमा सुरु भएको कालाबजारी नरोकिएको स्थानीयले गुनासो गरेका छन् । जिल्लाको १८ वटै स्थानीय तहमा कालाबजारी गर्नेको संख्या बढदै गएपनि स्थानिय तहले रोकने प्रयास समेत नगरेको स्थानीय बताउँछन् ।
काठमाण्डौ, १५ बैशाख । कोरोना भाइरसले पर्यटन क्षेत्रका गम्भीर असर गरेको भन्दै पर्यटनको पुनरुत्थानका लागि नेपाल चेम्बर अफ कमर्शले सरकारलाई सुझाव दिएको छ ।
जनकपुरधाम, १५ बैशाख । प्रदेश २ सरकारको सामाजिक विकास मन्त्रालयले प्रदेशका पत्रकारहरुका लागि स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराएको छ ।
रुपन्देही, १५ बैशाख । लाठी प्रहार गरी मायादेबी गाउँपालिका–१ धमौली बस्ने ४० वर्षीय राम नेवास लोधको हत्या गरेको अभियोगमा २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
जनकपुरधाम, १५ बैशाख । कोरोना संक्रमितको उपचारका लागि धनुषामा ५० बेडसहितको आइसोलेसन अस्पताल तयार भएको छ । अस्पताल मंगलबारबाट सञ्चालनमा आउने भएको छ ।
काठमाडौं, १५ बैशाख । अहिले सँसारका विकसित देशहरु कोरोना भाइरस विरुद्धको भ्याक्सिन बनाउने प्रतिष्पर्धामा छन् । अमेरिका, रुस, चीन, बेलायत, अष्ट्रेलियालगायत मुलुक भ्याक्सिन बनाउने प्रतिष्पर्धामा छन् ।
काठमाडौं, १५ बैशाख । युरोपेली राष्ट्रिय सुरक्षा अधिकारीहरुले अमेरिकाकै शैलीमा चीनमाथि कोरोना (कोभिड–१९) बाट ज्यान गुमाउनेहरुको एकीन आंकडा लुकाएको शंका गरिरहेका छन् ।
काठमाडौं, १४ बैशाख । सम्पूर्ण वन कर्मचारीहरुका लागि छुट्टै पोषाक कोड बनाइ तत्कालै पोषाक सुविधा उपलब्ध गराउन मधेशका लागि वनले सरकारलाई ध्यानाकर्षण गराएको छ ।
काठमाडौं, १४ बैशाख । जनता समाजवादी पार्टी नेपालका सांसद डा.सुरेन्द्र यादव अपहरण प्रकरणमा प्रहरीले जाहेरी दर्ता गर्न अस्वीकार गरेको छ ।
बुटवल, १४ बैशाख । रुपन्देहीको भैरहवा–सुनौली नाकामा भारतीय पक्षले स्थापना गरेको क्वारेन्टाइनमा २५ दिन बसेका एक सय १२ जना नेपालीलाई स्वदेश ल्याइएको छ । यसअघि पनि एक सय दुई जनालाई नेपाल ल्याइएको थियो । सीमा क्षेत्रको क्वारेन्टाइनमा तीन सय ३५ नेपाली थिए ।
जनकपुरधाम, १४ बैशाख । गजेन्द्रनारायण सिंह स्मृति प्रतिष्ठान र नेपाल भारत युवा मैत्री संघले संयुक्तरुपमा प्रदेश २ सरकारलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
रौतहट, १४ बैशाख । रौतहट घर भएर राजधानीमा बस्दै आएकाहरुलाई जिल्लाका स्थानीय तहले निःशुल्क घर ल्याउने काम थालेका छन् । रौतहट जिल्लाका स्थानीय तहका वडा स्तरबाट आफ्नो वडाका नागरिकलाई घर फिर्ता ल्याउने काम थालियको हो ।
काठमाडौं, १४ बैशाख । परिवार दलले कोभिड १९ को महामारीमा राहतस्वरूप १०० कुइन्टल चामल सहयोग गर्ने जनाएको छ ।
रुपन्देही, १३ बैशाख । सियारी गाउँपालिका–६ मिलनचोक बस्ने ईन्द्र पौडेलकी छोरी ३ वर्षीया समीक्षा पौडेलको पोखरीमा डुबेर शुक्रबार साँझ मृत्यु भएको छ ।
बाँके, १३ बैशाख । नेपालगंज उपमहानगरपालिका–२० राझा चोकमा भे.३ प ३९ नम्बरको मोटरसाइकल शनिबार अनियन्त्रित भई दुर्घटना हुँदा हुम्ला ताजाकोट घर भएका सुभास सार्कीको मृत्यु भएको छ ।
बारा, १३ बैशाख । मलखाद कालोबजारी गरेको अभियोगमा बारा बिश्रामपुर गाउँपालिका–२ स्थित माँ गायत्री मलखाद भण्डार पसलका संचालक सोही ठाउँ बस्ने महेन्द्र साह तेली र ना.६ त ७३६८ नम्बरको ट्रयाक्टरका चालक सोही ठाउँ बस्ने २८ वर्षीय रामबाबु पंडितलाई प्रहरीले पक्राउ गरेको छ ।
परासी, १३ बैशाख । मस्जिद–मदरसा जिल्लास्तरीय अनुगमन समितिले पश्चिम नवलपरासीको रामग्राम नगरपालिका २ परासीको जामिया मस्जिदमा अनुगमन गरेको छ ।
बारा, १३ बैशाख । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था कलैया शाखाले कोरोना भाईरस (कोभिड–१९) को भयावह अस्थामा नागरिकहरुको सुरक्षा तथा राहतका लागि कलैया उपमहानगरपालिकामा रकम हस्तान्तरण गरेको छ ।
काठमाडौं, १३ बैशाख । पाकिस्तान सरकारको नेतृत्वमा कोरोना भाइरस (कोभिड–१९) रोकथाम र नियन्त्रणका लागि सहकार्य र सहयोगको गर्न सार्क स्वास्थ्य मन्त्रीस्तरीय भिडियो कन्फरेन्समा सम्पन्न भएको छ ।
जनकपुरधाम, १३ बैशाख । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले इस्लाम धर्मालम्बीहरुको पवित्र पर्व रमजानको अवसरमा सबैमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।
जनकपुरधाम , १३ बैशाख। सप्तरी र सिराहाका केही स्थानीय तहलाई कोरोनाविरुद्व लड्न स्वास्थ्य सामग्री प्रदान गरिएको छ ।
रौतहट, १३ बैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश २ का अध्यक्ष प्रभु साहले भिषण हावाहुरी र असिना पानीले पीडित गरिब, किसान परिवारलाई राहत एवं क्षतिपुर्ति उपलब्ध गराउँन सरकारसग माग गरेका छन् ।
कपिलवस्तु, १३ बैशाख । जिल्लाको मायादेवी गाउँपालिका वडा नं.१ पकडीमा रहेको युवा कल्याण समाजले कपिलवस्तुको बाल गृहमा गई अनाथ बालबलिकालाई राहत सामग्रीसहित नगद रकम सहयोग गरेको छ ।