5/3/2020

राजविराज, २१ बैशाख । सप्तरीको राजगढ गाउँपालिका वडा नम्बर १, २, ३ का मुसहर, डोम परिवारलाई मास्क र सेनिटाईजर वितरण कार्य गरेको छ ।

5/3/2020

काठमाडौं, २१ बैशाख । नेपालले कोरोना भाइरस कोभिड– १९ को रोकथाम र नियन्त्रणमा खेलेको भूमिका दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) देशमा राम्रो रहेको छ ।

5/3/2020

वीरगन्ज, २१ बैशाख । कोरोनाको उच्च जोखिममा रहेका वीरगन्ज महानगरका सरसफाइकर्मीलाई शनिबार नागरिक स्तरबाट सम्मान गरिएको छ । कोरोनाको महामारीसँगै लकडाउनका बेला ज्यान जोखिममा राखेर सडक र नाला सरसफाइ गर्दै आएका सरसफाइकर्मीलाई खादा ओढाउनुका साथै फूलको गुच्छा दिएर सम्मान गरिएको हो ।

5/2/2020

महोत्तरी, २१ बैशाख । जिल्लामा अज्ञात रोगबाट ११ जनाको मृत्यु भएको छ । भङ्गाहा र बर्दिवास नगरपालिका जोडिएका बस्तीमा गत मंगलबारदेखि शनिबारसम्म ११ जनाको रहस्यमयी मृत्यु भएको छ ।

5/2/2020

राजविराज, २१ वैशाख । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर २ लौनियाँमा शनिबारदेखि राहत वितरण कार्य सञ्चालन गरिएको छ ।

5/2/2020

कैलाली, २० बैशाख । कोभिड–१९ ले त्रसित बनाएपछि भारतमा मजदुरी गर्न गएका नेपाली धमाधम स्वदेश फर्कन थालेका छन् । भजनी नगरपालिका–४ कैलालीका दलबहादुर बुढा पनि एक महिना भारतीय क्वारेन्टाइनमा बसेपछि स्वेदश फर्किए ।

5/2/2020

काठमाडौं, २० बैशाख । नेपाल–भारत बीचको पर्यटनलाई कोरोना संकटपछि नयाँ गति दिने सम्बन्धमा पर्यटन टास्क फोर्स बनाइने भएको छ । नेपाल पर्यटन बोर्ड र भारतीय निजी क्षेत्रका पर्यटनसँग सम्बन्धित व्यवसायीहरूको छाता संगठनबीच भएको अनलाइन छलफलका क्रममा टास्कफोर्स बनाउने सहमति भएको हो ।

5/2/2020

काठमाडौं, २० बैशाख । कोरोना भाइरसबिरुध्द लडाइँमा स्वास्थ्यमोर्चाको अग्रपंक्ति सम्हाल्ने बिश्वका पाँच महिलामध्ये नेपालकी डा.रुना झा पनि संयुक्त राष्ट्रसँघीय महिला (युएन वुमन) द्वारा छानिएकी छन् ।

5/2/2020

काठमाडौं, २० बैशाख । सँस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले आर्थिक वर्ष २०७७÷७८ को नीति, कार्यक्रम तथा बजेटमा सम्बन्धमा प्रदेशगतरुपमा संघीय सांसदहरुसँग दुई दिन छलफल गरेका छन् ।

5/2/2020

काठमाडौं, २० बैशाख । फोर एच नेपालद्वारा जारी गरिएको ध्यानाकर्षणपत्रमा कृषिक्षेत्रलाई फ्रिजोन घोषणा गर्न माग गरेको छ । कोरानाले नेपालको कृषि अर्थतन्त्रमानकारात्मकप्रभावपारेकाले तत्काले सरकारले कृषि राहतप्याकेज घोषणा गर्नु पर्नेमा जोड दिइएको छ ।

5/2/2020

रौतहट, २० बैशाख । रौतहटमा मंगलबार भेटिएको दुबै कोरोना संक्रमित युवकका सम्पर्कमा आएकाहरुमा कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । कोरोना संक्रमित दुईजनाको आफन्तसहित रौतहटका ९१ जनाको कोरोना परीक्षण रिपोर्ट निगेटिभ आएको हो ।

5/2/2020

कपिलवस्तु, २० बैशाख । कपिलवस्तुमा वडाध्यक्षमाथि गोली प्रहार भएको छ । कपिलवस्तुको यशोधरा गाउँपालिका– ८ का वडा अध्यक्ष सहाबुद्दिन मुसलमान माथि बिहीबार राति १ बजे गोली प्रहार भएको कपिलवस्तु प्रहरीले जनाएको छ ।

5/1/2020

काठमाडौं, १९ बैशाख । स्थापनाको क्रममा रहेको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय (नेशनल डिफेन्स युनिभर्सिटी) को प्रमुखमा नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा नियुक्त भएका छन् ।

5/1/2020

धनगढी, १९ वैशाख । कैलाली उद्योग वाणिज्य संघले कोरोना रोकथामका लागि सरकारले जारी गरेको लकडाउनका कारण उद्योग, व्यापार क्षेत्र धराशायी भएकोले लकडाउन अबधिको सम्पूर्ण व्याज मिनाहा गर्न सरकारसंग आग्रह गरेको छ ।

5/1/2020

सप्तरी, १९ बैशाख । स्टोरीज अफ नेपालको सहयोगमा दलित सरोकार मञ्च नेपाल कञ्चनरुप–८ ले कोशी ब्यारेजमा माछा मारेर गुजारा गर्ने ६५ परिवारलाई राहत वितरण गरेको छ ।

5/1/2020

काठमाडौं, १९ बैशाख । भारतले लकडाउनका कारण अलपत्र कामदार, विद्यार्थी र पर्यटकलाई एकबाट अर्को राज्य जान खुला गरेको छ । दोस्रो चरणको लकडाउन सकिन केही दिन मात्र बाँकी रहँदा गृह मन्त्रालयले बुधबार यस्तो निर्देशन दिएको हो ।

5/1/2020

काठमाडौं, १९ बैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको ल्याबबाट कोरोना भाइरस फैलिएको प्रमाण आफूसँग रहेको बताएका छन् । पत्रकार सम्मेलनमा उनले आफूले त्यो कुरा प्रत्यक्ष देखेको दाबीसमेत गरे ।

5/1/2020

विराटनगर, १९ वैशाख । आर्थिक अवस्था कमजोर भएका कारण छिमेकीको घरबाट पानी ल्याएर पिउदै आएका एक विपन्न परिवारलाई ह्याण्ड पम्प ट्यूववेल वितरण गरिएको छ ।

5/1/2020

बुटवल, १९ बैशाख । रुपन्देही प्रशासनले कोरोना संक्रमण भित्रिन नदिन भारतीय सीमा क्षेत्रमा सुरक्षा सतर्कता उच्च बनाएको छ । बेलहिया भन्सार नाकाबाट खाद्यान्नका मालवाहक सवारी साधनबाहेक भारतसँग सीमा जोडिएको रुपन्देहीको दक्षिणी भेगबाट कसैलाई पनि प्रवेश गर्न नदिएको प्रशासनले जनाएको छ ।

5/1/2020

काठमाडौं, १९ बैशाख । भारतमै कोरोनाभाइरसको भ्याक्सिनको विकास गरिरहेको पुणेको सिरम इन्ष्टिच्युटका सीइओ अडर पूनावालाले ट्रायल सफल भएमा यही सेप्टेम्बर वा अक्टोबरसम्ममा भ्याक्सिन आउने हुने बताएका छन् ।

5/1/2020

धनगढी, १९ वैशाख । कैलालीको घोडाघोडी नगरपालिकालाई क्वारेन्टाइन व्यवस्थापनका लागि आवश्यक सामाग्री सहयोग गरिएको छ ।

5/1/2020

राजविराज, १९ बैशाख । तिलाठी कोइलाडी गाउँपालिका र सि. एफ. एम. को सहकार्यमा रेडियो र अनलाइन माध्यमाबाट पठनपाठन सञ्चालन गरिएको छ ।

5/1/2020

काठमाडौं, १९ बैशाख । नेपाली आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले सबै प्रकारका संचार गृह र संचारकर्मीका लागि विशेष राहत प्याकेज ल्याउन सबै तहका सरकारसँग माग गरेको छ ।

5/1/2020

काठमाडौं, १९ बैशाख । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले पर्यटन क्षेत्रको विकास र समृद्धिका लागि आगामी आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम तथा बजेटमा मन्त्रालयका तर्फवाट प्रस्तुत गर्ने योजना तथा कार्यक्रमका सम्बन्धमा प्रदेशगतरुपमा संघीय सांसदहरुसँग सुझाव लिएका छन् ।

5/1/2020

नेपालगन्ज, १९ बैशाख । जिल्ला प्रशासन कार्यालय बाँकेले शुक्रबारबाट १० बजेदेखि औषधी बाहेकका सबै पसल बन्द गर्ने सूचना जारी गरेको छ ।

ट्रेन्डिङ