5/9/2020

कपिलवस्तु, २७ बैशाख । कपिलवस्तुमा थप ३ जना कोरोना संक्रमति पुष्टि भएका छन् । वर्ष १७ का १ जना र १८ का २ गरी ३ जना पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीद्धारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

5/9/2020

काठमाडौं, २७ बैशाख । टौदहस्थित निजानन्द वृद्धाश्रम र गागलफेदीस्थित जेष्ठ नागरिक सेवा आश्रमलाई मानव अधिकार तथा शान्ति समाजले रु. ५० हजारको खाद्य सामग्री सहयोग गरेको छ ।

5/8/2020

काठमाडौं, २६ बैशाख । पर्यटन बोर्डले कोरोना संकट पछि नेपालको पर्यटन क्षेत्रलाई कसरी नयाँ गति दिने भन्ने विषयमा भारतका पर्यटनसँग सम्बिन्धित संघ–संस्थाका प्रमुसखहरुसँग अनलाइन छलफल गरेको छ ।

5/8/2020

जनकपुरधाम, २६ बैशाख । प्रदेश २ सरकारले कोरोना रोकथाम नियन्त्रण तथा उपचारका लागि २ अर्ब रुपैयाँ खर्च गर्ने भएको छ । कोरोना रोकथाम नियन्त्रण तथा उपचारका लागि आर्थिक मामिला तथा योजना मन्त्रालयले २ अर्ब रुपैयाँ रकम निकासा गरेको हो ।

5/8/2020

वीरगञ्ज, २६ बैशाख । वीरगञ्जमा चिकित्सक, स्वास्थ्यकर्मी र एम्बुलेन्स चालकलाई स्वास्थ्य सामग्री प्रदान गरिएको छ ।

5/8/2020

काठमाडौं, २६ बैशाख । कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागि सरकारले घोषणा गरेको लकडाउनलाई उल्लंघन गरी सिंहदरबार अगाडि धर्ना दिन गएका चिनियाँ नागरिक र प्रहरीबीच झडप भएको छ ।

5/8/2020

कपिलवस्तु, २६ बैशाख । कपिलवस्तुमा पनि दुई जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित भेटिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कपिलवस्तुका १६ र २२ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

5/8/2020

सिरहा, २६ बैशाख । कोरोना भाइरसको मध्यनजर गर्दै नेपाल सरकारले जारी गरेको लकडाउनका कारण किसानहरु मारमा परेको बखत प्रदेश २ का सांसद दिलिप साहले किसानको समस्या बुझ्न किसानको खेतखेतमा पुगेका छन् ।

5/7/2020

सप्तरी, २५ बैशाख । जंगली हात्तीको आक्रमणमा परी शम्भुनाथ नगरपालिका–२ भलुवाई बस्ने ४० वर्षीया जानकी मगरको बिहीबार बिहान मृत्यु भएको छ ।

5/7/2020

बाँके, २५ बैशाख । कोहलपुर नगरपालिका–७ स्थित मितेरी सामुदायिक लखनबार वनमा बेवारिसे अवस्थामा रहेको भरुवा बन्दुक बिहीबार बिहान प्रहरीले बरामद गरेको छ ।

5/7/2020

सप्तरी, २५ बैशाख । मलेठ घटनामा मारिएकाका परिवारलाई राहत वितरण गरिएको छ । जनता समाजवादी पार्टीका नेता गजेन्द्रकुमार मण्डलले उनीहरुलाई राहत वितरण गरेका हुन् ।

5/7/2020

जनकपुरधाम, २५ बैशाख । संघीय सरकारले कोरोना संक्रमण फैलन सक्ने खतराका दृष्टिले प्रदेश २ का आठ जिल्लालाई अति जोखिमपूर्ण (रेडजोन) क्षेत्रको सूचीमा राखी लकडाउनलाई अझ बढी प्रभावकारीरुपमा अगाडि बढाएको छ ।

5/7/2020

काठमाडौं, २५ बैशाख । भारत सरकारले नेपालमा रहेका उसका नागरिक र भारतमा अड्केका नेपाली नागरिकलाई आआफ्ना मुलुक फर्काउन आवश्यक कदम उठाउने भएको छ ।

5/6/2020

कपिलवस्तु, २५ बैशाख । नेपाल–भारत सीमा क्षेत्र दशगजा क्षेत्र कपिलवस्तुको सिमावर्ती नाकाबाट आएका ३ यस ५३ नेपाली नागरिकलाई भारतका सुरक्षाकर्मीले जिम्मा लिएका छन् ।

5/6/2020

वीरगञ्ज, २४ बैशाख । वीरगञ्जमा एकै परिवारका १७ जना कोरोना भाइरस संक्रमित भेटिएको छ । वीरगञ्ज महानगरपालिका–३ छपकैयास्थित त्यही परिवारका ३६ वर्षीय पुरुषलाई आइतबार कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको थियो ।

5/6/2020

राजविराज, २४ बैशाख । कोरोना भाइरस नियन्त्रण गर्न लकडाउनका कारण कृषकमा पर्न गएको प्रतिकुल प्रभाव न्यूनीकरण गर्ने राहत तथा अनुदान प्रवाहवाट कृषकहरूलाई संरक्षण गर्न राहत र पुनः स्थापनाका लागि अनुदान प्रदान गरिने भएको छ ।

5/6/2020

विराटनगर, २४ वैशाख । नेपाल कम्युनिष्ट पार्टी विराटनगर महानगरपालिका वडा नं. ११ शाखा कमिटीको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

5/6/2020

विराटनगर, २४ वैशाख । लकडाउनका कारण समस्यामा परेकाहरुलाई श्री बंगलामुखी न्यूरो सोसाईटीले खाना खुवाउन सुरु गरेको छ ।

5/6/2020

धनगढी, २४ वैशाख । कैलालीमा ठुलो परिमाणमा मदिरा नियन्त्रणमा लिइएको छ । ईलाका प्रहरी कार्यालय टिकापुर बाट खटिईएको प्रहरी टोलीले उक्त मदिरा नियन्त्रणमा लिएको हो ।

5/6/2020

जनकपुरधाम, २४ बैशाख । स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता दिँदै प्रदेश २ सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारी गरेको छ ।

5/6/2020

काठमाडौं, २४ बैशाख । नेपाली सेनाले स्वास्थ्य सामाग्री खरिदका लागि भारतीय कम्पनीसँग सम्झौता गरेको छ । नेपाली सेनाले उत्तरी छिमेकी चीनसँगै भारतबाटसमेत स्वास्थ्य सामाग्री ल्याउने भएको हो ।

5/6/2020

काठमाडौं, २४ बैशाख । भारतको नयाँदिल्लीस्थित नेपाली दूतावासले कोरोना भाइरसको संक्रमण रोक्न लकाउन गरिएको अवस्थामा नेपाल जाने प्रयास नगर्न आग्रह गरेको छ । दूतावासले भारतमा रहेका नेपालीहरुलाई जो जहाँ भए पनि धैर्य गरेर बसिदिन अपिल गरेको हो ।

5/6/2020

काठमाडौं, २४ बैशाख । सशस्त्र प्रहरीले सीमा नाकामा भारतकै जति सुरक्षा पोस्ट राख्न प्रस्ताव गरेको छ । नेपाल–भारत सीमामा भारतका ५ सय ३० वटा सुरक्षा पोस्ट छन् । नेपालले भने भारततर्फको सीमामा १ सय २१ वटा पोस्ट राखेको छ ।

5/6/2020

जनकपुरधाम, २४ बैशाख । ग्रामीण विकास केन्द्र रौतटहले कोभिड १९ कोरोना महामारी विरुद्धको लडाईका लागि प्रदेश सरकारलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

5/6/2020

काठमाडौं, २४ बैशाख । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश २ का अध्यक्ष प्रभ साहले सडकको निर्माण लिएर कार्य नगर्ने ठेकेदारलाई कारबाही गर्न सरकारसँग माग गरेका छन् ।

ट्रेन्डिङ