5/6/2020

काठमाडौं, २४ बैशाख । कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।

5/6/2020

जनकपुरधाम, २४ बैशाख । लकडाउनको अवस्थामा दैनिक ज्यालादारी गर्ने मजदूर तथा विपन्न परिवारका लागि प्रदेश २ को सरकारले दोस्रो चरणको राहत विरण गरिरहेको छ ।

5/6/2020

रौतहट, २४ बैशाख । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना प्रहरीले पक्राउ गरेको छ ।

5/6/2020

कपिलवस्तु, २४ बैशाख । नेपाल–भारत सीमा क्षेत्र दशगजा क्षेत्र कपिलवस्तुको सीमावर्ती नाकाबाट मंगलबार मात्र २ सय सय बढी नेपाली नागरिक भारतबाट नेपाल आएका छन् । भारतमा कोरोना तीव्र रुपमा फैलिएसँगै नेपालका विभिन्न स्थानबाट भारतमा मजदुरी गर्न पुगेका सर्वसाधारण फर्केर नेपालतर्फ नियमित रुपमा आइरहेका छन् ।

5/6/2020

कपिलवस्तु, २४ बैशाख । कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिकाअन्तर्गत पर्ने चाकरचौडा नाका र गौरा नाकामा भारतको मुम्बईबाट हिंडेर ४७ जना नेपालीहरु आएर अलपत्र परेका छन् ।

5/5/2020

काठमाडौं, २३ वैशाख । परराष्ट्रविद्‌ दिनेश भट्टराईले एउटा राजनीतिक दलको आन्तरिक गतिविधिमा चीनले देखाएको चासो र सक्रियतालाई स्वाभाविक भन्न नमिल्ने बताएका छन् ।

5/5/2020

महोत्तरी, २३ वैशाख । महोत्तरीका बर्दिवास र भङ्गाहा नगरपालिकाका बस्तीमा १२ जनाको मृत्युको कारण कोभिड–१९ नभएको पुष्टि भएको छ ।

5/5/2020

काठमाडौँ , २३ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा कोरोना भाइरसको संक्रमण फैलिन नदिन भारतमा रहेका नेपालीहरूलाई तत्काल ल्याउन नहुने बताएका छन् ।

5/5/2020

काठमाडौँ, २३ वैशाख । सरकारले भारतसँग जोडिएको नाकाहरुमा सशस्त्र प्रहरी र नेपाली प्रहरीका थप जनशिक्त परिचालन गर्ने भएको छ ।

5/5/2020

काठमाडौं, २३ वैशाख । नेपाली सेनाले सम्झौताबमोजिमको समयमा चीनबाट स्वास्थ्य सामग्री ल्याउन नसक्ने भएको छ । सेनाले चीनबाट कोरोनासम्बन्त्री मेडिकल सामग्री मे ५ तारिखसम्म ल्याइसक्ने सम्झौता गरेको थियो ।

5/5/2020

नयाँदिल्ली, २३ फागुन । कोरोनाभाइरस रोकथामका लागि मुलुकलाई लकडाउन गरिएका कारण भारतमा गत अप्रिल महिनामा समग्र औद्योगिक उत्पादनमा भारी गिरावट आएको छ ।

5/5/2020

जनकपुरधाम, २३ वैशाख । प्रदेश नं २ मा कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि स्वाबको नमूना सङ्कलन निरन्तर रूपमा भइरहेको छ ।

5/5/2020

नयाँ दिल्ली, २३ वैशाख । भारतले विदेशमा फसेका आफ्ना नागरिकहरूलाई उद्धार गरी स्वदेश फर्काउने भएको छ ।

5/5/2020

काठमाडौं, २३ वैशाख । अर्थमन्त्री तथा अन्तर सरकारी वित्त परिषदका अध्यक्ष डा. युवराज खतिवडाले सबै प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रीहरुसँग भिडियो कन्फरेन्सको माध्यमबाट कोभिड १९ को असर, बजेट कार्यान्वयनका...

5/5/2020

मोरङ,२३ बैशाख । आफ्नै भिनाजु नाता पर्नेलाई रड प्रहार गरी घाइते बनाएको अभियोगमा बेलबारी नगरपालिका–११ लक्ष्मीमार्ग बस्ने२९ वर्षीय मनु लिम्बुलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

5/5/2020

रौतहट, २३ बैशाख । प्रहरीमाथि हातपात तथा अभद्र व्यवहार गरेको अभियोगमा राजपुर नगरपालिका–५ बस्ने ५० वर्षीय राजकिशोर भाट मालीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

5/5/2020

कपिलवस्तु, २३ बैशाख । कपिलवस्तु जिल्लाको मायादेवी गाँउपालिका–१ पकडीमा रहेको युवा कल्याण समाजले मायादेवी गाँउपालिकाको विभिन्न क्षेत्रमा सुरक्षा सामग्री हस्तान्तरण गर्नुका साथै स्वास्थ्यकर्मीको टोलीसहित गाउँ–गाउँमा स्वास्थ्य परीक्षण गराएको छ ।

5/5/2020

नेपालगन्ज, २३ बैशाख । नेपालगञ्जमा थप सात जना कोरोना संक्रमित भेटिएका छन् । चार जना महिला र तीन जना पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

5/4/2020

नेपालगन्ज, २२ बैशाख । नेपालगन्जमा एकै दिन १५ जना कोरोना भाइरस संक्रमित भेटिएपछि स्थानीय प्रशासनले पूर्णतः निषेधित क्षेत्र घोषणा गरेको छ ।

5/4/2020

काठमाडौं, २२ बैशाख । अमेरिकी विदेशमन्त्री माइक पम्पिओले कोरोना भाइरसको महामारी चीनको ल्याबबाट सुरु भएका कैयन प्रमाणहरु रहेको दावी गरेका छन् ।

5/4/2020

काठमाडौं, २२ बैशाख । विश्वकै सबैभन्दा ठूलो कम्पनी सिरम इन्स्टिट्युट अफ इन्डियाले अहिले अमेरिकी बायोटेक कम्पनी कोडाजेनिक्ससँग मिलेर कोरोना भाइरसविरुद्ध खोप विकास गर्ने प्रयास गरिरहेको छ ।

5/4/2020

काठमाडौं, २२ बैशाख । सांसद तथा पूर्वमन्त्री डा.सुरेन्द्र यादवलाई अपहरण गरेको आरोप लागेका नेकपाका सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठ र पूर्वआईजीपी सर्वेन्द्र खनालले राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिएका छन् ।

5/4/2020

राजविराज, २२ बैशाख । प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले पत्रकार मनोज कुमार माझी (एमके माझी) का ममतामयी आमा कमलादेवी माझीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै मृतआत्माको चिरशान्ति एवं परिवारजनलाई परेको पीडाप्रति सम्वेदना व्यक्त गरेका छन् ।

5/4/2020

पर्सा २२ बैशाख । वीरगंज महानगरपालिका वडा नं. १७ अलौंकी वडा अध्यक्ष सुखरानी देवी यादवले आफु र वडा सदस्यहरुमाथि सर्वदलीय समिति भनाउँदाहरुले दुव्र्यवहार एवं गालीगलौज गरेको आरोप लगाएकी छिन् ।

5/3/2020

काठमाडौं, २१ बैशाख । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड आफ्नो स्थापनाको १९ वर्ष पूरा गरी २०औं वर्षमा प्रवेश गरेको छ । वि.स. २०५८ साल बैशाख २१ गते स्थापना भई बीमित, सेवाग्राहीहरुलाई निरन्तर उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।

ट्रेन्डिङ