4/11/2020

वीरगन्ज, २९ चैत । विश्व व्यापीरुपमा मानव सभ्यतामाथि कोरोना भाईरसको संक्रमण फैलिरहेको अवस्थामा गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले खाद्यन्न समाग्री राहत स्वरुप वितरण गरेको छ ।

4/11/2020

कैलाली, २९ चैत । सशस्त्र प्रहरी बल कैलालीले भारतसँग सीमा जोडिएको १०१ किलोमिटर क्षेत्रलाई पूरै शिल गरेको छ ।

4/11/2020

काठमाडौं, २९ चैत । भारतमा कोराना संक्रमितको संख्या बढ्दै गएपछि सरकारले सीमा क्षेत्रमा सशस्त्रसँगै नेपाल प्रहरी (जनपद) समेत गरी ठूलो संख्यामा सुरक्षाकर्मी र चेकपोस्ट थप गरेको छ । सीमा क्षेत्रमा सशस्त्रका ९ सय २५ र नेपाल प्रहरीका ४ सय ५ वटा चेकपोस्ट राखिएको हो ।

4/11/2020

बैतडी, २९ चैत । भारतसँग सीमा जोडिएको बैतडीका सीमाक्षेत्रमा आवागमनमा कडाई गरिएको छ । लकडाउनका बेला महाकाली नदीवाट अबैध रुपमा नेपाल भित्रिने क्रम नरोकिएपछि भारतसँग सीमा जोडिएका बैतडीका विभिन्न नाकाहरूमा सशस्त्र प्रहरी परिचालन गरि आवागमनमा कडाई गरिएको हो ।

4/11/2020

काठमाडौं, २९ चैत । कोरोनाभाइरस (कोभिड–१९) रोकथाम र उपचारका लागि चौधरी फाउन्डेसनले ठूलो संख्यामा नागरिक आवतजावत हुने भारतसँगका सीमावर्ती प्रदेशमा आफ्नो ध्यान केन्द्रित गरेको छ ।

4/11/2020

जलेश्वर, २९ चैत । प्रदेश २ का सभामुख सरोजकुमार यादव शुक्रबार जलेश्वर अस्पतालको अनुगमन गरेका छन् । जलेश्वर अस्पताललाई प्रदेश २ का सामाजिक विकास मन्त्रालयले विशेष अस्पतालमा स्तरोन्नति गरेपछि शुक्रबार उनले अनुगमन गरेका हुन् ।

4/11/2020

राजविराज, २९ चैत । वास्तविक अति गरिब, मजदुर र नागरिकता नभएका परिवारले राहत पाउन नसक्दा यहाँ गुप्तदान गरिएको छ ।

4/10/2020

काठमाडौं, २८ चैत । सुमी फर्मास्युटिकलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई १० हजार लिटर सेनिटाइजर हस्तान्तरण गरेको छ ।

4/10/2020

रौतहट, २८ चैत । परोहा नगरपालिका–३ तेजपाकडस्थित डिउटीमा खटिएको प्रहरीलाई गालीगलौज तथा हातपात गरेको अभियोगमा परोहा नगरपालिका–३ बस्ने २६ वर्षीय कलाम अन्सारी समेत ३ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

4/10/2020

राजविराज, २८ चैत । लकडाउनको समयमा फिल्डमा खट्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र संचारकर्मीलाई चश्मा घरका प्रोपाराइटर शेर खानले चश्मा वितरण गरेका छन् ।

4/10/2020

काठमाडौँ, २८ चैत । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच कोरोना भाइरसविद्धको सहकार्यलाई अझ सशक्त बनाउँदै एक अर्काको मुलुकमा लकडाउनका कारण रोकिएका नागरिकलाई आ–आफ्नो देशमा राम्रो हेरचाह गर्ने विषयमा संवाद भएको छ ।

4/10/2020

जनकपुरधाम, २८ चैत । प्रदेश २ मन्त्रिपरिषद्ले कोरोना भाइरस नियन्त्रण गर्न लकडाउनका कारण कृषकमा पर्न गएको प्रतिकूल प्रभाव न्यूनीकरण गर्ने राहत निर्देशिका पारित गरेको छ ।

4/10/2020

जनकपुरधाम, २८ चैत । कोरोना महामारी विरुद्ध रोकथाम, नियन्त्रण तथा उपचारमा खटिनेहरुलाई कोरोनाको संक्रमणबाट मृत्यु भए पीडित परिवारलाई प्रदेश सरकारले एक मुष्ट ५० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ ।

4/10/2020

इलाम, २८ चैत । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि इलामको नेपाल–भारत सीमा क्षेत्रका सात स्थानमा सशस्त्र प्रहरीले अस्थायी पोष्ट स्थापना गरेको छ ।

4/10/2020

जनकपुरधाम, २८ चैत । कोरोना महामारी नियन्त्रणको लागि प्रदेश २ सरकारले प्रदेशमा रहेका विभिन्न पाँच वटा अस्पताललाई स्तरोन्नति गर्ने निर्णय गरेको छ ।

4/10/2020

जनकपुरधाम, २८ चैत । प्रदेश २ सरकारले प्रदेशका प्रत्येक जिल्ला प्रहरी कार्यालयलाई ५ लाख रूपैयाँका दरले प्रदान गर्ने भएको छ ।

4/10/2020

काठमाडौ, २८ चैत । नेपाल सरकारले भारतसँगको खुला सिमानाका कारण कोरोना भाइरस (कोभिड–१९) संक्रमण महामारी नियन्त्रण कार्य थप चुनौती बन्ने देखिएपछि नौसय २५ सीमा नाकामा कडाई गर्न निर्देशन दिएको छ ।

4/10/2020

जनकपुरधाम, २८ चैत । प्रदेश २ को सीमानाकाबाट एक सय ५६ वटा मालवाहक गाडी नेपाल भित्रिएका छन् । वीरगञ्जस्थित इनरवा नाका हुँदै तरकारी र फलफूल बोकेका १९ वटा गाडी र ३९ वटा पेट्रोलियम पदार्थ बोकेका ट्यांकर नेपाल प्रवेश गरेका हुन् ।

4/10/2020

काठमाडौं, २८ चैत । नेपाल–भारत मानव विकास एवं मैत्री संघले सुदूरपश्चिम प्रदेशमा कोरोना विरुद्धको स्वास्थ्य उपचारमा रहेका चिकित्सकका लागि अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराएको छ ।

4/10/2020

जनकपुरधाम, २८ चैत । लकडाउनकै बीच प्रदेश २ का नाका प्रयोग गरेर भारतबाट आउने क्रम नरोकिएपछि प्रहरीले सीमा नाकामा थप चेकपोस्ट खडा गरेको छ ।

4/10/2020

काठमाडौं, २८ चैत । निर्माण व्यवसाय विकास परिषद्ले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सातै प्रदेशलाई १३ लाखको दरले रकम उपलब्ध गराउने भएको छ ।

4/9/2020

काठमाडौं, २७ चैत । भारतको रक्सौलस्थित क्वारेन्टाइनमा रहेका नेपालीसँग भेट गरेका समाजवादी पार्टीका सांसद प्रदीप यादवलाई क्वारेन्टाइनमा राख्न गृह मन्त्रालयले पर्साको स्थानीय प्रशासनलाई निर्देशन दिएको छ ।

4/9/2020

काठमाडौं, २७ चैत । दक्षिण एसियाली सहयोग संगठन (सार्क) सदस्य मुलुकबीच अनलाइनबाट उत्पत्ति प्रमाणपत्र वा पछि कागजात पेस गर्ने सर्तमा व्यापार गर्न सकिने भएको छ ।

4/9/2020

कपिलवस्तु, २७ चैत । कपिलवस्तुको विजयनगर गाउँपालिकाले स्वयंसेविकाहरुलाई ५ हजार रुपैयाँ प्रोत्साहन भत्ता दिने भएको छ ।

4/9/2020

रौतहट, २७ चैत । रौतहटको परोहा नगरपालिकाले गरुडास्थित वंशीराम जयसवाल अनाथालयको अक्षयकोषमा साढे दुई लाख रुपैयाँ सहयोग गरेको छ । नगर परिषदको निर्णयअनुसार अनाथालयको उपचार कोषमा साढे दुई लाख रुपैयाँ सहयोग गरेको हो ।

ट्रेन्डिङ