काठमाडौं, १५ चैत । भारतको चेन्नईमा अलपत्र १४ नेपाली तीर्थयात्रीको उद्धार गरिएको छ । कोभिड–१९ को संक्रमणका कारण भारतको चेन्नईस्थित नोलाम्बोमा अलपत्र उनीहरुको उद्धार गरिएको हो ।
काठमाडौं, १५ चैत । स्पेनको राजधानी म्याड्रिडमा चिनियाँ कम्पनीले निर्माण गरेको कोरोना भाइरस (कोभिड–१९) परीक्षण गर्ने किट्सको प्रयोगमा रोक लगाइएको छ ।
काठमाडौं, १५ चैत । कोभिड–१९ विरुद्ध लड्न दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सदस्य राष्ट्रबीच साझा रणनीति बनेपनि पाकिस्तानका कारण त्यस अनुरुप सहकार्य अन्यौलमा परेको छ ।
काठमाडौं, १५ चैत । कोरोना (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि भारतले नेपालमा टोली पठाउने भएको छ ।
काठमाडौं, १५ चेत ।चौधरी फाउन्डेसनले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई कोरोनाभाइरस (कोभिड–१९)को रोकथाम र उपचारका लागि आवश्यक व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) हस्तान्तरण गरेको छ ।
नवलपरासी पश्चिम, १५ चैत । नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका वडा नं ४ नर्सही नारायणी नदीको ठोकर नं १२ मा हातहतियारसहित दुई जना पक्राउ परेका छन् ।
रौतहट, १५ चैत । भारतको विभिन्न ठाउँबाट चोरबाटो हँंदै अधिकांश मानिस रौतहट भित्रिन थालेपछि स्थानीवासीले आफ्नो गाउँ छिर्ने बाटो बन्द गर्न थालेको छ ।
काठमाडौं, १५ चैत । काठमाडौं उपत्यकामा लक डाउन उल्लंघन गर्नेलाई प्रविधिको प्रयोग गरी प्रहरीले नियन्त्रणमा लिन थालेको छ ।
काठमाडौं, १४ चैत । वीरगन्ज हुँदै शुक्रबार ३० बुलेट ग्यास आयात भएको छ । नेपाल आयल निगमका अनुसार यो नाका हुँदै सो परिमाणको बुलेट ग्यास नेपाल आएको हो ।
काठमाडौं, १४ चैत । सनराईज बैंकले ६५ थान पिपिई (Personal Protection Equipment ) नेपाल प्रहरीलाई हस्तान्तरण गरेको छ ।
काठमाडौं, १४ चैत । चीनले सूचना लुकाउँदा कोरोना भाइरस (कोभिड–१९) को महामारी फैलिएको पाइएको छ ।
कपिलवस्तु, १४ चैत । कपिलवस्तु जिल्लाको मुख्य भन्सार नाका कृष्णनगर रहेकाले भारतबाट आउने नेपालीको चाप यसै नाकामा बढी हुने सम्भावना रहेकाले कृष्णनगर नगरपालिका सक्रियता देखाएको छ ।
कपिलवस्तु, १४ चैत । विश्वमा फैलिएको कोरोना भाइरसको कारण नेपालमा लकडाउन लम्बिएको खण्डमा गरिब विपन्नलाई जिवन निर्वाह गर्न समस्या पर्ने भन्दै बुद्धभूमि नगरपालिकाले लगत सकलन सुरु गरेको छ ।
वीरगञ्ज, १४ चैत । विश्वभरि फैलिएका महामारीको रुपमा कोरोना भाइरसलाई मध्यनजर गर्दै पर्सागढी नगरपालिका वडा नं ५ का वडा अध्यक्ष असलम आलमको नेतृत्वमा घर–घरमा पुगी हात धुने डिटोल साबुन, सेनिटाइजर, माक्स, गल्फस वितरण गरिएको छ ।
काठमाडौं, १३ चैत । दक्षिण एसियाली मुलुकहरुको संगठन (सार्क) का सदस्य राष्ट्रका स्वास्थ्य अधिकारीहरुले भिडियो कन्फ्रेन्स गरी एउटा साझा स्वास्थ्य डोमेन सञ्चालनमा ल्याउने सहमति गरेका छन् ।
काठमाडौं, १३ चैत । चीनले चेक गणतन्त्रलाई अनुदानमा दिएको कोरोना भाइरस जाँच गर्ने कीट ८० प्रतिशत नक्कली पाइएको हो ।
काठमाडौं, १३ चैत । ‘लकडाउन’को गम्भीर समयलाई मध्यनजर गर्दै विश्व रङ्गमञ्च दिवसको अवसर पारेर भर्चुअल ‘रङ्गमञ्च महोत्सव’ हुने भएको छ ।
जनकपुरधाम, १३ चैत । विश्वलाई त्राहीमाम बनाएको कोराना भाइरस (कोभिड १९)को नियन्त्रण तथा यसबाट प्रभावित भएकाहरुलाई राहत उपलब्ध गराउन प्रदेश सरकारले २५ करोडको राहत कोषको स्थापना गरेको छ ।
महोत्तरी, १३ चैत । कोरोना सङ्क्रमण रोक्न महोत्तरीमा धमाधम क्वारेन्टाइन बनाइँदैछन् । जिल्लामा भारत र अन्य मुलुकबाट घर फर्कनेहरु थपिदै जाँदा उनीहरुलाई सुरक्षित राख्न क्वारेन्टाइन बनाउन थालिएको हो ।
विराटनगर, १३ चैत । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले कोरोना भाइरसको रोकथाम र उपचारका लागि सरकारले कुनै कसर बाँकी नराख्ने बताए ।
परासी, १३ चैत । उद्योगी व्यवसायीको तर्फबाट नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश नं. ५ ले प्रदेश सरकारले स्थापना गरेको कोरोना नियन्त्रण तथा उपचार कोषमा रु दुई लाख ५१ हजार प्रदान गरेको छ ।
वीरगंज, १३ चैत । सरकारले घोषणा गरेको लकडाउनलाई अझ प्रभावकारी बनाउन आपूर्तिलाई सर्वसाधारणको घरसम्म पुर्याउनबारे वीरगन्जमा सरोकारवाला बिच छलफल भएको छ ।
रौतहट, १३ चैत । रौतहटको बृन्दावन नगरपालिकाका मेयर रामस्नेही यादवले कोरोना भाइरसबाट बच्न आफ्नो नगर क्षेत्रअन्तर्गतका प्रत्येक वाडको टोल टोल र घर घरमा माक्स, सेनिटाइजर र साबुन वितरण तथा सबुन पानीको व्यवस्था गरेका छन् ।
काठमाडौं, १२ चैत । दक्षिण एसियाली देशहरू मध्ये नोवल कोरोना (कोभिड–१९) भाइरसको संक्रमण पाकिस्तानमा सबैभन्दा बढी देखिएको छ ।