रौतहट, १० चैत । रौतहट जिल्लाको सदरमुकाम गौर नगरपालिकाभित्र रहेका गौर नर्सिंग इन्स्टीच्यूट गौरमा आइतबारदेखि ५० सैय्याको क्वारेन्टाइन स्थापना गर्ने कार्य शुरू गरिएको छ ।
रौतहट, १० चैत । भारत सरकारले घोषणा गरेको जनता कर्फयुको असर सीमावर्ती मुलुक नेपालमा पनि परेको थियो ।
काठमाडौं, ९ चैत । गृहमन्त्री रामबहादुर थापा बादलसँग नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले भेटवार्ता गरेका छन् ।
विराटनगर, ९ चैत । प्रदेश १ले छिमेकी मुलुक भारतसँग जोडिएका सबै नाका तत्काल बन्द गर्न केन्द्र सरकारसँग आग्रह गर्ने निर्णय गरेको छ ।
लहान, ९ चैत । कोभिड– १९ सङ्क्रमणको सम्भावित खतरालाई दृष्टिगत गरी भारतसँग जोडिएका दुई नाकाबाहेक सिरहाका सबै नाका आज बिहानदेखि बन्द गरिएको छ ।
भद्रपुर, ९ चैत । भारतले ‘जनता कफ्र्यु’ लगाएका कारण पूर्वको प्रमुख नाका काँकडभिट्टा ठप्प भएको छ । सीमा पूरै सुनसान बनेको छ भने यात्रु नभएर छोटो दूरीका यातायातसमेत ठप्प भएका छन् ।
काठमाडौँ, ९ चैत । कोभिड–१९को विश्वव्यापी सङ्क्रमणलाई ध्यानमा राखी सरकारले आज मध्यरातिदेखि लागू हुनेगरी नौ दिनसम्म नेपाल भित्रिने सबै अन्तरराष्ट्रिय हवाई उडान बन्द गरेको छ ।
रौतहट, ९ चैत । जिल्लाका बजारमा भिडभाड कम हुँदै गएको छ । स्थानीय तह तथा नेपाल सरकारले भिडभाड नगर्न आग्रह गरेपछि र्रौतहटका बजारमा चहल पहल समेत कम देखिन थालेको छ ।
काठमाडौं, ९ चैत । विश्वमा महामारीको रूपमा फैलिएको नोबेल कोरोना भाइरस कोभिड–१९ रोकथामका लागि महानगरीय प्रहरी कार्यालय रानीपोखरीले काठमाडौं उपत्यकाको बढी भिडभाड हुने र जोखिम बढि हुने १६ स्थानमा सर्वसाधरणहरूलाई हात धुनका लागि साबुनसहित पानी ट्याङकी राखेको छ ।
काठमाडौं, ९ चैत । भारतमा आइतबार बिहानैदेखि ‘जनता कर्फ्यू’ लागेको छ । बिहान ७ बजेदेखि राति ९ बजेसम्म ‘जनता कर्फ्यू’को आदेश पालना गर्न भारत सरकारले आग्रह गरेको छ ।
काठमाडौं, ९ चैत । नेपाली सेनासहितको हेल्थ डेस्कले भारत र चीनबाट नेपाल प्रवेश गर्ने ४१ नाकामा स्वास्थ्य जाँच र निगरानी सुरु गरेको छ ।
वीरगञ्ज, ९ चैत । वीरगञ्ज नाकामा ५० बेडको क्वारेन्टाइन तयार गरिने भएको छ । वीरगञ्ज १६ मा रहेको नेपाल आयुर्वेद मेडिकल कलेज एण्ड टिचिंग हस्पिटल वीरगञ्जमा क्वारेन्टाइन बनाउन लागिएको हो ।
महोत्तरी, ९ चैत । विश्वव्यापीरुपमा फैलिरहेको महामारी कोरोना भाइरस संक्रमणलाई ध्यान दिँदै महोत्तरीको अधिकांश पालिकाले बजार बन्द गर्ने निर्णय गरेको छ ।
रौतहट, ९ चैत । जिल्ला सुरक्षा समिति रौतहटको शनिबार बसेको बैठकबाट नेपाल–भारतको मुख्य नाका बाहेकका अन्य खुला नाकाहरुमा अतिआवश्यक कार्य र प्रयोजन बाहेक आवत जावतमा पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।
वीरगंज, ९ चैत । आफ्नो सामाजिक उत्तरदायित्वलाई मन्न गर्दै जी.पी.कोईराला फाउण्डेशन पर्साले आफ्नो कार्य निर्वाह गर्दै आएको छ ।
रौतहट, ९ चैत । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रौतहटले महामारीको रूप लिएका कोभिड १९ को प्रकोप न्यूनीकरण गर्ने उद्देश्यले गौरमा अस्थायी हेल्प डेस्क स्थापना गरी मिडिकेटेड मास्क वितरण गरेको छ ।
काठमाडौं, ८ चैत । कैलालीको टीकापुरमा उत्पादन भएको मास्क भारतीय बजारमा बिक्री हुन थालेको छ ।
काठमाडौं, ८ चैत । विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९)को सन्त्रास बढिरहेका बेला नेपाल–भारत सीमा नाकाबाट भित्रिने व्यक्तिको स्वास्थ्य परीक्षणका लागि सेनाको टोली परिचालन भएको छ ।
वीरगञ्ज, ८ चैत । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भित्रिन नदिन वीरगञ्ज महानगरपालिकाले ५ लाख रुपैयाँ खर्च गर्ने भएको छ ।
काठमाडौं, ८ चैत । कोरोना भाइरस (कोभिड १९) सार्क आपतकालीन कोषमा १० करोड रुपैयाँ जम्मा गर्ने नेपाल सरकारको निर्णयको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वागत गरेका छन् ।
काठमाडौं, ८ चैत । भारतले नेपालमा कोरोना भाइरस रोक्नका लागि चिकित्सक तथा विशेषज्ञहरुको टिम पठाउने प्रस्ताव गरेको छ ।
काठमाडौं, ८ चैत । कोरोना भाइरस संक्रमण रोक्न भारतसँग खुला सीमा बन्द नहुँदा दक्षिणी सीमबाट नेपालमा सो रोग प्रवेश गरी संक्रमण फैलिन सक्ने व्यापक त्रास भइरहेका बेला दुई देशका परराष्ट्र मन्त्रीबीच छलफल भएको छ।
बैतडी, ८ चैत । कोरोना भाइरसको संक्रमणको डरमा बैतडीको तल्लोसोराडमा भारतसँग जोडिएका सबै नाका (घाट) बन्द गरिएका छन् ।