काठमाडौं, ७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमणको नियन्त्रण तथा रोकथामका सम्बन्धमा राष्ट्रको नाममा सम्बोधन गरेका छन् ।
काठमाडौं, ७ चैत । नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले भारतका सबै शहरमा गरिरहेको उडान रोकेको छ । अब भारतको नयाँदिल्ली, मुम्बई र बैंगलोरमा गर्दै आएको नियमित उडान चैत्र ९ (मार्च २२,२०२०) गतेदेखि लागु हुने गरी स्थगित गरेको छ ।
काठमाडौं, ७ चैत । वैश्विक महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण साप्ताहिक पत्रिकाहरुको प्रकशन स्थगन भएको छ ।
काठमाडौं, ७ कार्तिक । भारतले ‘जनता कर्फ्यु’ घोषणा गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशवासीका नाममा सम्बोधन गर्दै आइतबार बिहान ७ बजेदेखि साँझ ९ बजेसम्म १४ घण्टा अत्यावश्यक काममा बाहेक घरबाहिर ननिस्किएर जनता कर्फ्यु पालना गर्न आग्रह गरेका छन् ।
नयाँदिल्ली, ७ चैत । नेपालले गरेको आग्रहअनुरूप मानिसको आउजाउ रोक्ने गरी सीमा बन्द गर्ने सम्बन्धमा कुनै निर्णय नभएको भारतले बताएको छ ।
काठमाडौं, ७ चैत । महाकाली सन्धि भएको अढाई दशकपछि भारतले महाकाली सिँचाइ आयोजनामा तेस्रो चरणअन्तर्गत भारतीय भूभागमा नहर निर्माण सुरु भएको छ । टनकपुर ब्यारेजदेखि नेपाल–भारत सीमासम्म नहर निर्माणको काम सुरु गरिएको हो ।
रौतहट, ७ चैत । कोरोना भाइरसको महामारीका कारण रौतहट जिल्लामा हुने विभिन्न खेलको नियमित प्रशिक्षणसमेत प्रभावित बनेको छ ।
नेपालगन्ज, ७ चैत । जिल्ला हुलाक कार्यालय बाँकेले जिल्लाका सार्वजनिक निकायहरुमा सूचनाको हकसम्बन्धी ऐन २०६४ का प्रावधानहरुको कार्यान्वयन अवस्थाका बारेमा स्थलगत अनुगमन सुरु गरेको छ ।
कपिलवस्तु, ७ चैत । भारतीय भूमि हुँदै सीमा क्षेत्र कपिलवस्तुको मर्यादपुरबाट नेपाल प्रवेश गरेका दुई जनामा उच्च ज्वरो देखिएपछि क्वारेन्टाईन पठाउने तयारी गरेको छ ।
कैलाली, ७ चैत । सुदुर पश्चिम पृतना हेडक्वार्टरका पृतनापति उपरथी बालकृष्ण कार्कीले उक्त पृतना हेडक्वार्टर अन्तरगत नं.५ बाहिनी अड्डा, तेघरी व्यारेक, धनगढीमा पाँचदिने रक्षा संवाददाता अभिमुखिकरण कार्यक्रमको बाहिनी अड्डाका बाहिनीपति सहायक रथी होमनाथ दवाडीले एक कार्यक्रम बीच समापन गरेका छन् ।
काठमाडौं, ७ चैत । हाल विश्वमा फैलिइरहेको कोरोना भाइरस (कोभिड–१९) को जोखिमलाई मध्यनजर राखि जंगी अड्डा परिसरमा नेपाली सेनाका विभिन्न युनिटहरुमा कार्यरत सकलदर्जालाई सहभागी गराई संचालन गरिएको कोरोना भाइरस (कोभिड–१९) सम्बन्धी दुई दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
काठमाडौं, ६ चैत । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालसँग भारतीय राजदूत विनयमोहन क्वात्राले शिष्टाचार भेट गरेका छन् ।
काठमाडौं, ६ चैत । श्री एयरलाइन्सले सिमरा उडान सुरु गर्ने भएको छ । श्रीले आगामी सोमबारदेखि सिमरामा टर्वोपर्प जहाजबाट सेवा सुरु गर्न लागेको हो ।
महोत्तरी, ६ चैत । महोत्तरी सदरमुकाम जलेश्वरमा लोकल खुला मदिरा बेचबिखनमा प्रतिबन्ध लगाइएको छ ।
सर्लाही, ६ चैत । सर्लाहीको हरिवनमा रहेको इन्दु शङ्कर चिनी उद्योग लिमिटेड यस ‘सिजन’को उखु क्रसिङ सकेर चैतको पहिलो साता नै बन्द हुने भएको छ ।
काठमाडौँ, ६ चैत । सरकारले भारतसँग जोडिएका सीमा नाकामा आवतजावतमा थप कडाइ गर्ने निर्णय गरेको छ ।
जनकपुरधाम, ६ चैत । पत्रकारलाई एक करोडसम्म जरिवाना तोकिएको सञ्चार सम्बन्धी विधेयक जस्ताको तस्तै छलफलका लागि टेबल भएको भन्दै नेपाल पत्रकार महासंघ प्रदेश २ ले आपत्ति जनाएको छ ।
काठमाडौं, ६ चैत । सरकारले नेपाल–भारतबीच हुँदै आएको लामो दूरीका यात्रुबाहक सार्वजनिक सवारीसाधन सञ्चालनलाई स्थगित गरेको छ ।
काठमाडौं, ६ चैत । नेपालका स्थानीय तहमा सोझै सहयोग दिने कार्यक्रम ‘साना विकास परियोजना’ भारतले पुनः सुरु गरेको छ ।
काठमाडौं, ६ चैत । भारतको प्रमुख प्रकाशन टाइम्स अफ इन्डिया ग्रुपले भारतको नयाँ दिल्लीमा आयोजना गरेको विश्व व्यापार सम्मेलनका नेपाल उद्योग परिसंघ सहभागी भएको छ ।
पर्सा, ६ चैत । विश्व महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड(१९) को कारण पर्साको रक्त संचार केन्द्रमा रगतको अभाव हुन थालेको छ ।
जनकपुरधाम, ६ चैत । कोरोना संक्रमणको आशंकामा सर्वसाधारणमा त्रास बढ्न थालेपछि जनकपुरमा क्लोथ बैंक धनुषाले निःशुल्क मास्क वितरण गरेको छ ।